६ हजार बढि लाभग्राहीलाई तेश्रो किस्ता
३१ असार २०७७
•
२ मिनेट पाठ
६ हजार बढि लाभग्राहीलाई तेश्रो किस्ता
अनुदान लिएर आवास निर्माण गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका स्थानीय । तस्बिर : दमन/नागरिक
भूकम्पका कारण घरविहीन बनेका खोटाङका ६ हजार भन्दा बढि परिवारले तेश्रो किस्ता वापतको अनुदान बुझेका छन् । आर्थिक वर्ष २०६७/०७७ को मसान्तसम्ममा ६ हजार ९७८ परिवारले निजी आवास अनुदान वापत तेश्रो किस्ता बुझेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)को कार्यालयका खोटाङले जनाएको छ । पुनर्निर्माणतर्फ ८ हजार ४६६ घर र प्रवलीकरणतर्फ ३६१ लाभग्राही रहेको जिल्लामा हालसम्म ७ हजार ८७७ परिवारले दोश्रो किस्ता र ८ हजार ३३२ परिवारले पहिलो किस्ता बुझेका छन् ।

यस्तै, प्रवलीकरणतर्फका लाभग्राहीमध्ये २३३ परिवारले पहिलो किस्ता वापतको अनुदान पाइसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)को कार्यालयका नासु मणीराम ढकालले बताए । 

आर्थिक वर्ष २०७६/०७७ मा निजी आवास अनुदान वापत ५४ करोड ६७ लाख ५० हजार अनुदान वितरण गरिएको कार्यालयले जनाएको छ । खोटाङमा २०७४ साल बैसाख ३ गतेदेखि सम्झौता सुरु गरेको पुनर्निर्माण प्राधिकरणले २०७४ साल जेठ १९ गतेदेखि पहिलो किस्ता, २०७५ साल बैसाख ३० गतेदेखि दोश्रो किस्ता र २०७५ साल असोजदेखि तेश्रो किस्ता वितरण थालेको थियो । किस्ता बुझेर अझै आवास निर्माणको काममा ढिलासुस्ती गर्ने लाभग्राही पनि उत्तिकै छन् । भूकम्पका कारण खोटाङमा १३ हजार ७९९ घरमा क्षति पुगेको तथ्यांक थियो । भूकम्पका कारण जिल्ला १८ सरकारी भवन पूर्ण र ५५ भवनमा आंशिक रुपमा क्षति पुगेको थियो ।

यस्तै, आर्थिक वर्ष २०७५/०७६ मा जिल्लामा गुनासो सर्बेक्षण गरिएका ८ हजार ६०२ मध्ये १ हजार ४४५ लाभग्राही कायम भएको नासु ढकालले बताए । गुनासो सर्बेक्षणकाक्रममा प्रवलीकरणमा छानिएका ६०१ जना र पुनर्निर्माणमा परेका ८४४ जनामध्ये ७३४ लाभग्राहीले पहिलो किस्ता बुझिसकेको कार्यालयले जनाएको छ । 

भूमिहीन सुकुम्बासीका रुपमा रहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका दुर्गाकुमारी दर्जी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका काजी दमाई, कमला दमाई परिवार र दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका कृष्णकुमार श्रेष्ठलाई जग्गा खरिद वापत थप २ लाख दिइएको जनाइएको छ । 

आठ गुम्बाको पुनर्निर्माण एबं मर्मतसम्भार
जिल्लामा १८ वटा गुम्बा पुनर्निर्माण एबं मर्मतसम्भारमा परेकामा आठ वटाको मात्र पुनर्निर्माण र मर्मतसम्भारको काम भएको छ । ऐसेलुखर्क गाउँपालिकाका ३ वटा, केपीलासगढी गाउँपालिकाका ३ वटा र साकेला गाउँपालिकाका २ वटाको पुनर्निर्माण र मर्मतसम्भारको काम भएको हो । गुम्बा पुनर्निर्माण र मर्मतसम्भारका क्रममा ५ लाखदेखि बढिमा २५ लाखका दरले ६२ लाख खर्च भएको नासु ढकालले बताए । दाताबाट रकम नआएपछि आठ वटा गुम्बाको पुनर्निर्माण र मर्मतसम्भारको काम भने रोकिएको छ ।

यस्तै, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको २१ करोड १ लाख ८८ हजार (भ्याटसहित)को खर्चमा निर्माण सुरु गरिएको दिक्तेल–खानीडाँडा–आहाले सडक (१०.७९ किलोमिटर) कालोपत्रेको काममा हालसम्म ३२ प्रतिशत मात्र वित्तीय प्रगती भएको जनाइएको छ । सो सडक २०७५ साल मंसिर १ गते शिलान्यास गरिएको थियो ।
अर्को समाचार
पचास लाखको लागतमा तनहुँको खड्गकालिका मन्दिर पुनर्निर्माण
०१ वैशाख २०८१
•
१ मिनेट पाठ
पचास लाखको लागतमा तनहुँको खड्गकालिका मन्दिर पुनर्निर्माण
तनहुँको व्यास नगरपालिका– ११  तनहुँसुरमा रहेको खड्गकालिका मन्दिर  ५० लाखको लागतमा पुनर्निर्माण भएको छ। पुरातत्व विभागको आर्थिक सहयोगमा पुनर्निर्माण भएको हो।

यही वैशाख ३ गते राष्ट्रपति रामचन्द्र पौडेलले पुननिर्मित मन्दिर उद्घाटन गर्ने कार्यक्रम रहेको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए। मन्दिरको मौलिकता कायम गरेर पुनर्निर्माण पूरा भएको उनले जानकारी दिए।

तनहुँसुर धार्मिक पर्यटकीयस्थलका रुपमा क्रमशः विकास भइरहेको स्थानीयवासी सञ्जय श्रेष्ठ बताउँछन्। यहाँ सामुदायिक घरबास पनि सञ्चालनमा  छन्।

पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना जेठा छोरा भृङ्गीसेनलाई सन् १६१० मा तनहुँमा राज्य गर्न पठाएको र उनीपछिका आठ सेनवंशी राजाले दुई सय ३० वर्ष तनहुँसुरबाट राज्य सञ्चालन गरेको जनश्रुति छ।

तनहुँसुर दरबारका अवशेष, राजपरिवारले प्रयोग गरेका किल्ला र गढीहरु, धारा, तोप तथा अन्य हातहतियार, बारुदीखाना, गद्दीचौतारा, साउने कुवा, कुँडापानी, बाइससिँढी चौतारी, ढुङ्गेसाँगु, फूलपाती ढुङ्गा, रानीपोखरी, धर्मशाला, रानीबगैँचा र भगवतीपानी मन्दिर यहाँका पर्यटकीय सम्पदा हुन्। –रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस