एआइजी बढुवापछि प्रहरीमा सुधारको अपेक्षा
०२ साउन २०७७
•
५ मिनेट पाठ
एआइजी बढुवापछि प्रहरीमा सुधारको अपेक्षा
नवनियुक्त नेपाल प्रहरी प्रमुख शैलेश थापा क्षेत्रीले संगठनभित्र सुधारको पहिलो संकेत दिएका छन्। प्रहरी महानिरीक्षक (आइजिपी) को जिम्मेवारी सम्हालेको एक सातापछि प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को बढुवा वरिष्ठताका आधारमा गरेर उनले संगठन सुधारमा सकारात्मक संकेत देखाएका हुन्। बुधबार निरजबहादुर शाही, प्रधुम्न कार्कीलाई वरिष्ठताका आधारमा एआइजीमा बढुवा गरिएको हो।  

बढुवाको स्वाभाविक प्रक्रियामा रहेका तीन डिआइजीमध्ये दुईलाई सिफारिस गर्न उनी राजनीतिक नेतृत्व र प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत सहमत गराउन सफल भए।  प्रधानमन्त्रीलाई संगठन नेतृत्वले पहिलोपटक चित्त बुझाउन सफल भएको छ।  

एआइजी बढुवामा गृहमन्त्री प्रहरी महानिरीक्षकसँग सहमत भए पनि गृहसचिव महेश्वर न्यौपानेले प्रधानमन्त्री ओलीको असहमति देखाउँदै बढुवाको प्रतिस्पर्धामा रहेका निरजबहादुर शाही, प्रधुम्न कार्की र विश्वराज पोखरेलमध्ये पोखरेललाई छुटाउनै नहुने दबाब दिएका थिए। तर क्षेत्रीले प्रधानमन्त्री ओलीसँग आफंै भेटेर स्वाभाविक बढुवा प्रक्रियाका लागि सहमत गराएका हुन्।  

‘प्रहरी संगठन सञ्चालन गर्ने संगठन प्रमुखले हो। सरकारले त्यसलाई सहयोग गर्ने र गल्ती भए नियमसँग छानबिन गर्नेछ, त्यसकारण तपाईं निधक्क भएर अघि बढ्नुस्,’ प्रधानमन्त्री ओलीले आइजिपी क्षेत्रीलाई भनेका थिए। प्रधानमन्त्री ओलीको निर्देशनपछि गृह मन्त्रालयमा सचिव न्यौपानेकै अध्यक्षतामा बसेको बोर्ड बैठकले शाही र कार्कीलाई बुधबार एआइजीमा बढुवा सिफारिस गरेको थियो। आइजिपी क्षेत्रीले पद बहाली गरेको एक हप्तामै आफ्नो कुशल व्यवस्थापन देखाएको र विगतमा जस्तो बढुवाका लागि राजनीतिक पहुँच खोज्दै नेताका घरघर धाउने प्रवृत्ति अन्त्य गरिदिएको सरोकारवालाहरू बताउँछन्।  

२०४६ पछि राजनीतिक नेतृत्वको चलखेलबिनै क्षेत्रीले आइजिपी बन्ने मौका पाएका छन्। थापालाई सरकारले वरिष्ठताका आधारमा आइजिपी नियुक्त गरेपछि नेपाल प्रहरीमा हुँदै आएको राजनीतिक हस्तक्षेपको शृंखलामा पनि रोकिएको छ।  

शाही र कार्कीभन्दा ७ महिनापछि डिआएजी भएका  विश्वराज पोखरेल पनि यसपटकको एआइजी बढुवाका लागि स्वाभाविक दाबेदार  थिए। दुई पदमा तीनजनाको प्रतिस्पर्धा स्वाभाविक हुने भए पनि अहिलेसम्म अब्बल रहेका शाही र कार्कीमध्ये एक एआइजी नहँुदा अन्याय हुने महसुस संगठनभित्रै गरिँदै थियो। अहिलेको बढुवाले तीनैजनालाई न्याय भएको छ। पोखरेल आफ्नो ब्याचमा पहिलो नम्बरमै छन् साथै छोटो समयका लागि भए पनि उनी  आइजिपी बन्नसक्ने बाटो यथावत नै छ।  

सुरक्षा निकाय मामिलाका जानकार पूर्वडिआइजी हेमन्त मल्लले अहिलेको बढुवाबाट नेपाल प्रहरी सही बाटोमा हिँड्ने धारणा व्यक्त गरेका छन्। विगतमा अब्बल प्रहरीलाई पछाडि राखेर राजनीतिक पहुँचका आधारमा बढुवा हुने चलन केही हदसम्म रोकिने पनि उनको धारणा छ।

‘सरकारी अंगमा नेतृत्व गर्ने व्यक्तिले माथिल्लो तहमा रहेका व्यक्तिलाई संगठनको मर्म र भावना बुझाउन सकेको खण्डमा संगठन राम्रोसँग सञ्चालन गराउन सकिन्छ भन्ने एउटा उदाहरण हो,’ पूर्वडिआइजी मल्लले भने। विगतमा आइजिपीहरूले प्रधानमन्त्री वा उनका सहयोगीले जे भने त्यही मात्रै मान्ने तर सही र गलत  बुझाउन नसक्दा गलत निर्णय हुने गरेको उनले बताए।  

डिआइजीमा पनि संघर्ष  

त्यसैगरी, आइजीपी क्षेत्रीले साउनको पहिलो साताभित्रै डिआइजीमा बढुवा गर्नुपर्नेछ। विगतमा विभिन्न कारणले छुटेका र अन्यायमा परेका एसएसपीलाई पनि डिआइजीमा बढुवा गर्न उनीमाथि चर्को दबाब छ। शाही, कार्की र सूर्यप्रसाद उपाध्यायको स्थामा तीन डिआइजीको बढुवा पनि चाँडै हुनेछ। ‘पहिलो परीक्षामा उहाँ सफल हुनुभएको छ। डिआइजी बढुवा उहाँका लागि कठिन विषय हो। त्यसपछि सरुवामा उहाँले देखाउने कुशलताले नै प्रहरी संगठन सुधारतर्फ उन्मुख हुनेछ,’ एक प्रहरी अधिकारीले भने। उनका अनुसार संगठनका लागि हुने खरिद प्रक्रिया पारदर्शी र गुणस्तीय सामग्री आपूर्तिमा पनि उत्तिकै ध्यान दिनुपर्ने भएकाले प्रहरी संगठनमा सुधार उनका लागि निकै चुनौतीपूर्ण छ।  

पछिल्लो समय संगठनलाई राम्रोसँग सञ्चालन गर्ने हो भने संगठन तथा व्यवस्था (ओएनएम) सर्भेबिना रिक्त गरिएका डिआइजीको दरबन्दी पुनः कायम गर्नुपर्ने देखिएको छ। संगठनमा कम्तीमा ४ स्थानमा डिआइजीको दरबन्दी आवश्यक रहेको प्रहरीले जनाएको छ। त्यसको प्रस्ताव गृह मन्त्रालयमा गरे पनि प्रधानमन्त्रीलाई सोध्नुपर्ने भन्दै गृहसचिवले त्यसलाई पनि अड्काएका छन्। यसअघि दरबन्दी कटौतीमा पनि गृहसचिव न्यौपानेको हात रहेको प्रहरीले जनाएको छ। गृहमन्त्री रामबहादुर थापालाई समेत छलेर न्यौपानेले प्रधानमन्त्रीलाई देखाउँदै दरबन्दी कटौती गरेका थिए। सोहीकारण २६ दरबन्दी रहेकोमा १३ मा झारिएको थियो। प्रहरीले कम्तीमा १७ वटा दरबन्दी आवश्यक रहेको जनाएको थियो। सो विषयमा तत्कालीन आइजीपी ठाकुर ज्ञवालीले असहमति नै प्रकट गरे पनि गृहसचिव न्यौपानेले जबजस्ती पेलेका थिए।  

प्रहरीका अनुसार कार्य विभाग, सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय, अपराध अनुसन्धान विभाग मानव श्रोत विकास विभाग  र लागुऔषध नियन्त्रण ब्युरोमा डिआइजी दरबन्दी आवश्यक रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।  त्यसैगरी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय, आपतकालीन उद्धार कोष सञ्चालक समिति, महिला तथा बालबालिका निर्देशनालयलागयत हेर्ने डिआइजी पद खाली रहेको छ।

देशभर हुने प्रहरी कारबाहीको रिपोर्टिङ लिने र आदेश निर्देशन समन्वय गर्ने कार्यालय, ट्राफिक व्यवस्थापन संघीय संरचनामा समेत नेपाल प्रहरीले नै हेर्नुपर्ने अवस्था छ। संघीय संसद् सुरक्षा कार्य, विशिष्ट व्यक्तिको सुरक्षासमेत यहीअन्तर्गत हुने गरेकोमा हाल प्रहरी उपरीक्षकको कमाण्ड छ। हालको दरबन्दी संरचनामा पनि प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयमा प्रहरी उपरीक्षकको दरबन्दी छ। साविकको सुरक्षा महाशाखा स्तरोन्नति भएर प्रहरी वरिष्ठ उपरीक्षक दरबन्दीमा प्रहरी नायब महानिरीक्षकको दरबन्दी आएको तर हाल प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी नायब महानिरीक्षक दुवैको कटौती गरिएको छ। अपराध अनुसन्धान विभाग प्रदेश प्रहरीको अधिकार बाँडफाँटमा समेत महŒवपूर्ण अपराध अनुसन्धानमा नेपाल प्रहरीको भूमिका हुनेगर्छ। समान्य अनुमान लगाउन महानगरीय अपराध अनुसन्धान महाशाखामा पनि एसएसपीले निमित्त डिआइजीको काम गरिहरेको छ। अहिले कर्मचारी प्रशासन, भर्ना छनोट र तालिम हेर्ने डिआइजीको पद नै खारेज भएको छ।  

साइबर ब्युरोमा प्राविधिक एसएसपीको दरबन्दी रहेकोमा अब त्यसउपर नियन्त्रण र रेखदेख गर्न प्रशासनको डिआइजी आवश्यक हुन्छ। यस्ता  विषय तत्काल सम्बोधन नगरेमा चेनअफ कमाण्ड टुट्ने र साउनमा कार्य सम्पादन मूल्यांकनसम्बन्धी कार्य गर्न समस्या हुने भन्दै प्रहरी प्रधान कार्यालयले तालुक मन्त्रालयमा डिआइजीको दरबन्दी थप गर्ने प्रस्ताव गरेको थियो। तर गृह मन्त्रालयका सचिव न्यौपानेले यो विषयलाई पनि प्रधानमन्त्रीलाई सोध्नुपर्ने भन्दै अल्झाउँदै आएका छन्।
अर्को समाचार
जापान पठाइदिने प्रलोभनमा २ सय भन्दा बढीलाई ठगी गर्ने गिरोह पक्राउ
२१ वैशाख २०८१
•
२ मिनेट पाठ
जापान पठाइदिने प्रलोभनमा २ सय भन्दा बढीलाई ठगी गर्ने गिरोह पक्राउ
जापान पठाइदिने प्रलोभनमा २ सय भन्दा बढी मानिसहरुसँग ठगी गर्ने दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

शुक्रवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गर्दै उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो। 

उनीहरुले अर्काको नागरिकताको दुरुपयोग गरी अर्काकै नाममा कन्सलटेन्सी दर्ता गरेर ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा वर्ष ३५ का नारायणबहादुर राई भन्ने राजन श्रेष्ठ र पर्वराज पाण्डे भन्ने वर्ष ४६ का ईश्वरी पाण्डे रहेका छन्। श्रेष्ठ रामेछाप लिखु तामाकोशी गाउँपालिका ७ का हुन् भने पाण्डे झापा गौरीदह नगरपालिका १ का रहेको उपत्यका अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए।

रामेछाप घर भएका राजन श्रेष्ठले नारायणबहादुर राईको नाममा सानिमा बैंक समेतमा खाता खोलेको र खाता खोल्दा केवाइसी फर्ममा आफ्नो फोटो राखेको तर नागरिकता नारायण बहादुर राईको राखेको साथ केवाइसी फर्म र नागरिकतामा रहेको फोटो अलग अलग हुँदा समेत सानिमा बैंकले भेरिफाइ नगरी खाता खोलिदिएको र उक्त खातामा विदेश जान चाहने मानिसहरुबाट रकम जम्मा गर्न लगाई ठगी गरी उक्त रकमहरु निकाली दुरुपयोग गरेको देखिएको बताए।

उनीहरुले दीपबहादुर तामाङमार्फत १३ जनाबाट ३७ लाख रकम लिएको देखिएको, सुनिलकुमार नेपालीमार्फत २० जनाबाट ३२ लाख  रकम लिएको देखिएको, वैदेशिक रोजगार विभागमा अन्य करिव १०० जनाबाट २ करोड ६८ लाख ठगी गरेको उजुरी परेको बुझिएको बताए।

त्यस्तै निज राजन श्रेष्ठलाई मिति २०८१,०१,२० गते काठमाडौं जि. कागेश्वरी मनहरा न.पा. वडा नं. ७ बाट र ईश्वरी पाण्डेलाई काठमाडौं कामनपा २९ बाट  नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको बताए। नारायणबहादुर राई भन्ने राजन श्रेष्ठले मेरो खातामा तपाईंहरुले धेरै रकम हालिसक्नुभयो, बैंक ट्रान्जेक्सन धेरै देखिने हुँदा मेरो पार्टनर पर्वराज भन्ने ईश्वरी पाण्डेको खातामा रकम जम्मा गर्न लगाउने गरेको देखिएको बताए।

वास्तविक नारायणबहादुर राईलाई सम्पर्कमा ल्याई बुझ्दा निजको नागरिकता १५÷१६ वर्ष अगाडी हराएको र विगत ३ वर्षदेखि पठाओ(मो.सा.) चलाई जिविका चलाउने सामान्य व्यक्ति रहेको र निजले  हाल सम्म कुनै कम्पनी वा कन्सल्टेन्सी दर्ता नगरेको  खुल्न आएको बताए।  
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस