व्यवसायीलाई घरभाडा छुट
०३ साउन २०७७
•
२ मिनेट पाठ
व्यवसायीलाई घरभाडा छुट
कोरोनाका कारण चैत ११ गतेदेखि बन्दाबन्दी भएको नेपालमा घर भाडामा बसेकाहरु र घर भाडामा लिएर व्यवसाय सञ्चालन गरेकाहरुलाई मार्का परेको छ । लगातारको बन्दाबन्दीले आर्थिक स्रोत कमजोर भएको भन्दै मनकारी घरबेटीले सहुलियत गर्दै आएका छन् ।  

धनगढी बसपार्ककी फूलमाया लामाले दुई महिनाको घर भाडा छुट दिएकी छिन् । उनको धनगढी बसपार्क स्थित तीन तले घरमा होटेल सञ्चालन गर्दै आएका मनोज देउवालाई दुई महिनाको भाडा छुट दिएकी हुन् । मासिक ४६ हजार रुपैयाँ भाडा तिर्दै आएका शुभारम्भ होटेलका सञ्चालक देउवाका अनुसार दुई महिनाको घर भाडा छुट दिइएको छ । 

‘चैतदेखि होटेल बन्द छन्, यस्तोमा आम्दानी नहुँदा घरभाडा कसरी तिर्ने भन्ने चिन्ता थपिएको थियो,’ देउवाले भने,‘मनकारी घरबेटी आमैले अस्ती होटेलमै आएर दुई महिनाको घरभाडा छुट दिएको सुनाउनु भयो ।’ लकडाउनका कारण व्यवसाय नै बन्द गर्ने मनस्थितिमा पुगेका बेला घरबेटीले गरेको सहयोगले व्यवसायलाई निरन्तरता दिने आत्मबल पुगेको उनले सुनाए । उनले भने,‘घरधनीले झै बैंकहरुले पनि केही महिना ताकेता नगरेर सावाँ र व्याज बुझाउने मिति पछाडि धकेलिदिए व्यवसाय गर्नेहरुलाई सहयोग पुग्ने थियो ।’  

यस्तै धनगढी हसनपुरका भोजबहादुर बमले पनि कैलालीको मसुरियामा रहेको ६ वटा सटरमा व्यवसाय गर्दै आएका व्यापारीलाई एक महिनाको भाडा छुट गरेका छन् । उनले आफ्नो जन्म दिनको अवसर पारेर केही दिन अघि मात्रै ६ वटा सटरमा व्यवसाय गर्दै आएकाहरुलाई एक महिनाको भाडा छुट गर्ने खबर पठाएका थिए ।  

लामा र बम जस्तै आफ्नो घरमा १४ परिवार भाडामा बस्दै आएकाहरुलाई एक महिनाको भाडा छुट दिएको बताउँदै धनगढी बसपार्कका तिलकबहादुर बोहराले भने,‘कोरोनाले सबै त्रासमा बसेका बेला मैले मेरो घरमा बसेका १४ परिवारलाई एक महिनाको भाडा छुट गरेको छु ।’ मानवियताका हिसावले आफूले भाडामा बसेकाहरुलाई सहुलियत गरेको बताउँदै उनले भने,‘बन्दा बन्दीले सबैको आम्दानी ठप्प छ, यस्तो बेला केही राहत होस् भनेरै भाडा छुट गरेको हुँ ।’ उनले १४ परिवारको करिब ५० हजार रुपैयाँ छुट दिएका छन् । उनको घरमा विद्यार्थी र दैनिक ज्यालादारी गरेर गुजारा गर्ने मजदुरहरु भाडामा बस्दै आएका छन् ।  

पछिल्ला दिनहरुमा घर भाडामा बस्दै आएकाहरुलाई बन्दाबन्दीको समयमा भाडा छुट दिने क्रम बढ्दै गएको कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले बताए । उनले भने,‘यस्तो विपद्का बेला व्यवसायीलाई सबैतिरबाट घर भाडामा सहुलियत आउन थालेको छ ।’ उद्योग वाणिज्य संघले मनकारी घरबेटीको नामावली संकलन गर्ने काम गरिरहेको बताउँदै उनले भने,‘कोरोनाले थलिएका व्यवसायीलाई घरभाडामा सहुलियत गरेर मल्हम लगाएको भन्दै हामीले उहाँहरुलाई सम्मान गर्ने सोच बनाएका छौँ ।’ 

निजी घरधनीसँगै पछिल्लो समयमा सरकारी तथा गैरसरकारी संघसंस्थाले पनि भाडामा दिएका घर तथा व्यापारिक सटरहरुमा छुट दिन थालेको उनले बताए । ‘धनगढी उपमहानगरपालिका र नगरविकास समितिले पनि धनगढीमा रहेका आप्mना मातहतका कम्प्लेक्स तथा व्यापारिक सटरहरुमा छुट दिने घोषणा गरेको छ,’ उनले भने । 
अर्को समाचार
व्यवसायीलाई घरभाडा छुट
०६ साउन २०७७
•
२ मिनेट पाठ
व्यवसायीलाई घरभाडा छुट
कोरोनाका कारण चैत ११ गतेदेखि बन्दाबन्दी भएको नेपालमा घर भाडामा बसेकाहरू र घर भाडामा लिएर व्यवसाय सञ्चालन गरेकाहरूलाई मार्का परेको छ । लगातारको बन्दाबन्दीले आर्थिक स्रोत कमजोर भएको भन्दै मनकारी घरबेटीले सहुलियत गर्दै आएका छन् ।  

धनगढी बसपार्ककी फूलमाया लामाले दुई महिनाको घर भाडा छुट दिएकी छिन् । उनको धनगढी बसपार्कस्थित तीनतले घरमा होटेल सञ्चालन गर्दै आएका मनोज देउवालाई दुई महिनाको भाडा छुट दिएकी हुन् । मासिक ४६ हजार रूपैयाँ भाडा तिर्दै आएका शुभारम्भ होटेलका सञ्चालक देउवाका अनुसार दुई महिनाको घरभाडा छुट दिइएको छ । ‘चैतदेखि होटेल बन्द छन्, यस्तोमा आम्दानी नहुँदा घरभाडा कसरी तिर्ने भन्ने चिन्ता थपिएको थियो,’ देउवाले भने, ‘मनकारी घरबेटी आमैले अस्ती होटेलमै आएर दुई महिनाको घरभाडा छुट दिएको सुनाउनुभयो ।’ लकडाउनका कारण व्यवसाय नै बन्द गर्ने मनस्थितिमा पुगेका बेला घरबेटीले गरेको सहयोगले व्यवसायलाई निरन्तरता दिने आत्मबल पुगेको उनले सुनाए । उनले भने, ‘घरधनीले झै बैंकहरूले पनि केही महिना ताकेता नगरेर सावाँ र ब्याज बुझाउने मिति पछाडि धकेलिदिए व्यवसाय गर्नेहरूलाई सहयोग पुग्ने थियो ।’  

यस्तै धनगढी हसनपुरका भोजबहादुर बमले पनि कैलालीको मसुरियामा रहेको ६ वटा सटरमा व्यवसाय गर्दै आएका व्यापारीलाई एक महिनाको भाडा छुट गरेका छन् । उनले आफ्नो जन्म दिनको अवसर पारेर केही दिनअघि मात्रै ६ वटा सटरमा व्यवसाय गर्दै आएकाहरूलाई एक महिनाको भाडा छुट गर्ने खबर पठाएका थिए । लामा र बम जस्तै आफ्नो घरमा १४ परिवार भाडामा बस्दै आएकाहरूलाई एक महिनाको भाडा छुट दिएको बताउँदै धनगढी बसपार्कका तिलकबहादुर बोहराले भने, ‘कोरोनाले सबै त्रासमा बसेका बेला मैले मेरो घरमा बसेका १४ परिवारलाई एक महिनाको भाडा छुट गरेको छु ।’ मानवियताका हिसाबले आफूले भाडामा बसेकाहरूलाई सहुलियत गरेको बताउँदै उनले भने, ‘बन्दाबन्दीले सबैको आम्दानी ठप्प छ, यस्तो बेला केही राहत होस् भनेरै भाडा छुट गरेको हुँ ।’ उनले १४ परिवारको करिब ५० हजार रूपैयाँ छुट दिएका छन् । उनको घरमा विद्यार्थी र दैनिक ज्यालादारी गरेर गुजारा गर्ने मजदुर भाडामा बस्दै आएका छन् ।  

पछिल्ला दिनमा घर भाडामा बस्दै आएकाहरूलाई बन्दाबन्दीको समयमा भाडा छुट दिने क्रम बढ्दै गएको कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले बताए । उनले भने, ‘यस्तो विपद्का बेला व्यवसायीलाई सबैतिरबाट घर भाडामा सहुलियत आउन थालेको छ ।’ उद्योग वाणिज्य संघले मनकारी घरबेटीको नामावली संकलन गर्ने काम गरिरहेको बताउँदै उनले भने, ‘कोरोनाले थलिएका व्यवसायीलाई घरभाडामा सहुलियत गरेर मल्हम लगाएको भन्दै हामीले उहाँहरूलाई सम्मान गर्ने सोच बनाएका छौं ।’ निजी घरधनीसँगै पछिल्लो समयमा सरकारी तथा गैरसरकारी संघसंस्थाले पनि भाडामा दिएका घर तथा व्यापारिक सटरहरूमा छुट दिन थालेको उनले बताए । ‘धनगढी उपमहानगरपालिका र नगरविकास समितिले पनि धनगढीमा रहेका आफ्ना मातहतका कम्प्लेक्स तथा व्यापारिक सटरहरूमा छुट दिने घोषणा गरेको छ,’ उनले भने ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस