सिटभरि यात्रु, छैन सुरक्षा
०४ साउन २०७७
•
२ मिनेट पाठ
सिटभरि यात्रु, छैन सुरक्षा
उपत्यकाका सडकमा सार्वजनिक यातायातका सवारीका साधन फाट्टफुट्ट गुड्न थालेका छन् । सिट क्षमताभन्दा आधामात्र यात्रु राखी कोरोना भाइरसको सङ्क्रमणबाट बच्न त्यस्ता सवारीमा सेनिटाइजरसमेत राखेर चलाउन सकिने निर्णय भए पनि सही रुपमा कार्यान्वयन हुन सकेको छैन ।




सरकारले गत असार २६ गतेदेखि नै सुरक्षा विधि अपनाएर दुई जनाको सिटमध्येमा एक सिटमा एकजना यात्रु राखेर सवारी चलाउन सकिने निर्णय गरेको थियो । सुरुका दिनमा नचलेका सार्वजनिक यातायात हाल फाट्टफुट्ट चल्न थाले पनि सरकारले कोरोनाबाट बच्न बनाएका नियम भने लागू हुन सकेको छैन । यातायात व्यवसायीले सिट क्षमताभन्दा आधामात्र यात्रु राख्न पाउने नियम पालना नगर्दा दूरी कायम हुन नसक्ने देखिएको यात्रु मङ्गले तामाङले गुनासो गरे ।

'बौद्धबाट डिल्लीबजारका लागि आज यात्रा गर्दा बा३ख १९२२ नं सार्वजनिक यातायातमा अगाडिका सबै सिटमा यात्रु बसेका थिए, जानैपर्ने काम भएकाले पछाडिपट्टिको सिटमा गएर बसेँ, डिल्लीबजारमा झर्ने बेलामा परिचालकले भाडा साबिककामा ५० प्रतिशतभन्दा बढी नै लिए तर यात्रु राख्न पाउने नियमको भने बेवास्ता गरे, मैले यात्रा गरेको दूरीमा कतै पनि सवारीमा अनुगमन भएको देखिनँ', उनले भने ।

विगतदेखि नै यातायात व्यवस्था विभागले बनाएका नियम नमान्ने गरेका सार्वजनिक यातायातले यसपटक पनि त्यस्तै गर्न थालेको यात्रुको गुनासो छ । सामाजिक दूरी कायम नगरी यात्रु सवारीमा राख्दा कोरोनाको सङ्क्रमण फैलन सक्ने भए पनि अनुगमन नहुँदा चालक, परिचालकले पुरानो बानी नसुध्रने देखिएको यात्रुको भनाइ छ । सिट क्षमताभन्दा आधा कम यात्रु राखेकैले लिन पाउने ५० प्रतिशत भाडा भने सिटभर यात्रु राखेर पनि असुल गर्न थालिएको छ । विभागमा हालका लागि तोकिएभन्दा बढी यात्रु राख्न थालेको गुनासो आउन थालिसकेको महानिर्देशक गोगनबहादुर हमालले बताए । सिट क्षमताको आधाभन्दा बढी यात्रु राख्नेलाई स्थलगत रुपमै कारवाही गर्न ट्राफिक प्रहरीलाई भनिएको विभागले जनाएको छ ।

'सडकमा खटिने ट्राफिकले सिट क्षमताभन्दा बढी यात्रु राखे/नराखेको अनुगमन गर्छन्, सार्वजनिक सवारीमा चढ्ने यात्रुले पनि आफूसँगैको सिटमा अर्को यात्रु बसेमा ट्राफिक प्रहरीको १०३ नं मा फोन गरेर जानकारी गराउन सक्छ, सिट क्षमताको आधामात्र यात्रु राख्नकै लागि ५० प्रतिशत भाडा बढाइएको हो', उनले भने ।

हाल आएका गुनासो सम्बोधनका लागि प्रक्रिया अघि बढाइसकिएको छ । सिट क्षमताभन्दा आधा कम यात्रु राख्ने विषय जनताको स्वास्थ्यसँग सम्बन्धित रहेकाले अनिवार्य रुपमा अक्षरशः पालना गर्न विभागले आह्वान गरेको छ । विसं २०७५ फागुन मसान्तसम्म ३५ लाख ३९ हजार ५१९ सवारी साधन दर्ता भएको विभागको वेभसाइटमा उल्लेख छ । जसमा बस ४९ हजार ३१८, मिनिबस/मिनिट्रक २५ हजार ५९५, माइक्रो सात हजार ६५८, टेम्पो ४५ हजार ६७२ दर्ता भएको छ । 

यसैगरी क्रेन/डोजर/एस्काभेटर/ट्रक ९० हजार ४११, कार/जिप/भ्यान दुई लाख ३७ हजार ६५८, पिक अप ५५ हजार ९७३, मोटरसाइकल २५ लाख ३० हजार ७२२, ट्रैक्टर पावरलेटर एक लाख ४३ हजार ९६२, ई रिक्सा २६ हजार ४६६ र अन्य सात हजार ६०७ दर्ता भएको जनाइएको छ ।
अर्को समाचार
फरक क्षमताकाहरु भन्छन्: ‘सार्वजनिक यातायात पहुँच युक्त बनाइदिनु’
०६ असोज २०८०
•
३ मिनेट पाठ
फरक क्षमताकाहरु भन्छन्: ‘सार्वजनिक यातायात पहुँच युक्त बनाइदिनु’
पोखराका सार्वजनिक यातायातका साधन आफुहरुको पहुँचमा नरहेको फरक क्षमता भएका व्यक्तीहरुले गुनासो गरेका छन्। संविधान र कानुनले सार्वजनिक यातायात सबैको पहुँचयुक्त हुनुपर्ने भने पनि त्यस अनुसार हुन नसकेको उनीहरुको भनाई छ।




ऋपांगता स्वावलम्वन विकास संघ (डिडा) नेपालको आयोजना तथा आईएनएफ नेपाल हरियो खर्क अस्पताल पोखरा र ह्यूमिडियासँगको सहकार्यमा पोखरामा आयोजित ‘सबैका लागि पहुँचयुक्त यातायात’ सम्बन्धी कार्यक्रममा बोल्दै उनीहरुले अपांगता भएका, दृष्टिविहीन, सुन्ने शक्ती कम भएका लगायतले सार्वजनिक यातायात चढेर यात्रा गर्ने वातावरण नभएको गुनासो गरे।

उनीहरुले संविधान र कानुन अनुसार सार्वजनिक यातायात सबैको पहुँच युक्त बनाउनुपर्नेमा जोड दिए। कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय अपाङ्गता महासंघ गण्डकी प्रदेशका अध्यक्ष खोमराज सुवेदीले अपांगता भएकाहरुले सार्वजनिक यातायात प्रयोग गर्दा हरेक सेकेण्ड चुनौतिको सामना गर्न बाध्य हुने बताए।

उनले भने, ‘देशमा संविधान छ, कानुन छ, नियमावली छ तर हामी अपाङ्गता भएकाहरु त्यही संविधान, कानुन र नियमावली कार्यान्वयन नहुँदा सडकमा सुरक्षित हिँड्न र सार्वजनिक यातायातमा सुरक्षित रुपमा यात्रा गर्न नसक्ने अवस्था छ।’ उनले यातायात अहिले पनि व्यक्तिगत स्वतन्त्रता हनन गर्ने खालका भएको बताए।

उनले अपांगता भएकालाई सार्वजनिक यातायातमा ५० प्रतिशत छुट हुने प्रावधान भएपनि त्यो व्यवहारिक रुपमा कार्यान्वयन नभएको बताए। ‘हामी जहाजमा चढ्ने हो भने तपाईँले यति छुट पाउनुहुन्छ भनेर पहिल्यै छुट दिन्छन्, तर गाडीमा चढ्दा त्यसरी सूचना दिएर छुट दिनुको सट्टा माग्दा पनि छुट नदिने गरेको यथार्थ औँल्याए।

जिफण्ट गण्डकीका अध्यक्ष रुद्र खत्रीले अपाङ्गमैत्री पूर्वाधार निर्माण नहुँदा अपाङ्गता भएकाहरु सेवाबाट वञ्चित हुनुपरेको बताए। ‘सरकारले नै पूर्वाधार निर्माण गरेको छैन, हामीले कसरी सेवा दिन सकिन्छ’, उनले थपे, ‘यातायात क्षेत्रमा नीति नियम राज्यले बनाओस् हामी कार्यान्वयन गर्न तयार छौं ।’ आईएनएफ नेपाल हरियो खर्क अस्पतालका प्रमुख ताराहाङ तावाले अवरोधमुक्त सडक पेटीसँगै सार्वजनिक यातायातलाई ह्वीलचेयर चढाउन मिल्ने, दृष्टिविहीनले समेत प्रयोग गर्न सक्ने बनाउनुपर्ने बताए।

अपाङ्गता स्वावलम्बन विकास संघ (डिडा) नेपालका अध्यक्ष दीपक तिमिल्सिनाले अपांगतामैत्री पूर्वाधार बनाउनु राज्यको दायित्व भएको बताए। साथै सार्वजनिक यातायात अपाङ्गमैत्री भए मात्रै सञ्चालन अनुमति दिने व्यवस्था हुनुपर्ने उनले बताए। अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) गण्डकी प्रदेश प्रमुख शिव खकुरेलले संविधानले ग्यारेन्टी गरेको अधिकार कार्यान्वयनमा सबै जिम्मेवार बन्नुपर्ने बताए।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशम जुग्जालीले अब बन्ने संरचना अपाङ्गमैत्री बनाउने प्रतिबद्धता जनाए। ‘हिजो अपाङ्गमात्र होइन सपांगको पनि अधिकार खोसिएको थियो,’ उनले भने, ‘तर हामीले लडेर नयाँ व्यवस्था ल्याएका छौं। यो व्यवस्थामा सबैको पहुँचयुक्त पूर्वाधार, यातायात बनाउन हामी प्रतिबद्ध छौं।’

प्रदेश ट्राफिक कार्यालय गण्डकीका प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिमिल्सिनाले पूर्वाधार निर्माण भएमा सार्वजनिक यातायात सबैको पहुँचयुक्त बनाउने व्यवहारिक पाटो आफूहरुले कार्यान्वयन गर्न दबाब दिने बताए। कार्यक्रममा डिडा नेपालका महासचिव गिरधारी सुवेदी, पोखरेली ट्याक्सी प्रालिका अध्यक्ष प्रकाश तिवारीलगायतलेपनि सार्वजनिक यातायात सबैको पहुँचयुक्त बनाउनका लागि सबै जिम्मेवार र संवेदनशील हुनुपर्नेमा जोड दिए।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३३ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस