गर्भवतीको उद्वार
१३ साउन २०७७
•
१ मिनेट पाठ
गर्भवतीको उद्वार
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले धनगढी उपमहानगरपालिका –५ की एक गर्भवतीको आज उद्धार गरिएको छ । धनगढीको तारानगर बस्ने वर्ष ३१ की गर्भवती रिता पन्तको अवस्था जटिल भएपछि सेनाको स्काई ट्रकमार्फत उद्वार गरी काठमाडौँ पठाइएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिए । 




गर्भवती पन्तलाई शुरुमा धनगढीको नवजीवन अस्पतालमा तीन दिन भर्ना गराइ उपचार गरी सञ्चो नभएपछि सेती प्रादेशिक अस्पतालमा पठाइएको र त्यहाँ पनि उपचार सम्भव नभएपछि सेनाको स्काई ट्रकमार्फत ललितपुरको मेडिसिटी अस्पतालमा पठाइएको सूचना अधिकारी खड्काले बताए ।
अर्को समाचार
जोखिममा परेकी ताप्लेजुङकी गर्भवतीको हवाई उद्वार
२१ असोज २०७७
•
२ मिनेट पाठ
जोखिममा परेकी ताप्लेजुङकी गर्भवतीको हवाई उद्वार
गर्भमा गम्भीर जटिलताका बीच निरन्तर रक्तश्रावका कारण जीवन जोखिममा परेकी ताप्लेजुङको आठराइ त्रिबेणी गाउँपालिकाकी ३५ वर्षीया महिलालाई सरकारले हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका लागि कोशी अञ्चल अस्पताल बिराटनगर लगेको छ।  




आठराइ त्रिबेणी गाउँपालिका वडा नं ३ हाङ्पाङकी ती गर्भवती चन्द्रकला बिकलाई राष्ट्रपति निःशुल्क हवाइ उद्धार सेवा कार्यक्रममार्फत उद्धार गरी उपचारका लागि लगिएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँईले जानकारी दिए। महिलाको स्वास्थ्य अवस्था जटिल बनेको अवस्थामा आमा र पेटमा रहेको बच्चा समेतको जीवन बचाउनुपर्ने देखेर प्रशासन कार्यालयले उडान उद्धार गर्न नेपाल सरकार, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा अनुरोध पत्र पठाएको थियो। नेपाली सेनाको हेलिकोप्टरले यहाँ स्थित भीमकाली गुल्मको हवाइ मैदानबाट उनलाइ उद्धार गरी लिएर गएको छ।  

‘जोखिममा परेकी महिलाको उद्धारका लागि हाम्रो अनुरोधलाइ स्वीकार गरेर सरकारले औधि राम्रो काम गरेको छ’नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तर्दथ समितिका सदस्य समेत रहेका जिल्ला सभापति इन्द्रबहादुर गुरुङले भने। उनका अनुसार आर्थिक रुपमा अति बिपन्न ति महिलाका श्रीमानको बोली आउँदैन। यो अवस्था बारे रेडक्रसको हाङपाङ उपशाखा तथा जिल्ला शाखाले प्रशासन कार्यालय र ताप्लेजुङ अस्पतालसहितका निकायमा समन्वय गरेको समेत गुरुङले जानकारी दिए। रेडक्रसका जिल्ला मन्त्री विकास गौतमका अनुसार उपचारका लागि अस्पतालमा भर्ना भएकी ती महिलालाई यसअघि नै बिभिन्न दाताहरुमार्फत ४ पोका रगत दिई सकिएको थियो।  

ब्लड बैंक नभएको ताप्लेजुङमा रक्तदाता खोजेर रगतको अभाव टार्ने गरिन्छ। जिल्ला रेडक्रस सोसाइटीले रक्तसमूह अनुसारका व्यक्तिको पहिचान गर्नेगरी नामावली अद्यावधिक कार्य गर्दै आइरहेको छ। स्थानीय बाहेक रक्त समूह मिलेका राष्ट्रसेवक, जंगी, नेपाल प्रहरी र सशस्त्र प्रहरी कर्मचारीले समेत अभावका बेला मिल्दो रगतदान गर्दै आईरहेका छन्। ताप्लेजुङ अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामाका अनुसार पेटमा ३० हप्ताको गर्भ रहेकी ति महिलामा प्लासेन्टा पृभियाको समस्या रहेको छ।  

लामाका अनुसार यो भनेको निकै गम्भीर प्रकृतिको समस्या छ। समस्या जटिल बन्दै गएपछि अस्पतालले आफ्नो फेसबुकपेजमार्फत मनकारीहरुलाइ उद्धारको पहल लिइदिन आग्रह समेत गरेको थियो। ‘त्यो मनकारी काम सरकार आफैंले गर्‍यो’रेडक्रसका जिल्ला सभापति गुरुङले भने। पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जोखिममा परेकी गर्भवती महिलाको उद्धार गरेर सरकारले जनताको पक्षमा रहेको साबित गरिदिएको बताए।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस