सुदूरपश्चिममा मंगलवार रातिदेखि आएको अबिरल बर्षाका कारण आएको पहिरो र बाढीले ठूलो क्षति गरेको छ। पहाडी जिल्लामा पहिरोले र तराईमा बाढीले जनजिवन अस्तव्यस्त बनाएको छ।
पहिरो र बाढीमा परेर ४ जना वेपत्ता भएका छन। भने एक जनाको मृत्यु भएको छ। बेपत्ता हुनेमा कैलाली भजनी वडा न ८ का ४० बर्षिय ईश्वर शाह, ३३ बर्षिय चक्र बि.क. र ११ बर्षिय स्केल चौधरी रहेका छन्। घर डुवानमा परेपछि सुरक्षित स्थान कालिका मन्दिर जाने क्रममा घर नजिकैको कुलोमा डुवेर ती वालक वेपत्ता भएका हुन।
हेलमेट सहित बगेर बेपत्ता भएका ४० बर्षिय बलराम चौधरी भने घाइते अवस्थामा फेला परेका छन्। भने वडा नम्वर ८ कै हेमन्ती शाही र बिक्की शाही पनि बगेर वेपत्ता भएकोमा उद्धार गरिएको छ। यसैगरी बाजुरा बुढीगंगा नगरपालिका १ अम्कोटका गोरु चराउन गएका वेला जंगलमा माथीवाट आएको पहिरोमा परेर २२ बर्षिय धर्मराज तिमिल्सेना वेपत्ता भएको प्रहरीले जनाएको छ। पहिरोमा परेर दुई जना भने घाइते भएका छन्। १७ बर्षिय ज्ञानु प्रसाद उपाध्याय र हरेन्द्र उपाध्याय घाइते छन्।
कैलालीको भजनी गाउँपालिका, जोशीपुर गाउँपालिका, टीकापुृर नगरपालिका, जानकी गाउँपालिका लगायतमा गरेर बाढीले ६ हजार २ सय ७० घर डुवानमा परेको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज वोहराले बताएका छन्।
डुवानमा परेका मध्य २ हजार परिवार विस्थापित भएर हुलाकी सडकमा पाल टागेर , बिद्यालय लगायतका ठाउँमा आश्रय लिइरहेको उनले बताए। बाढी पसेका भजनीका १८ सय ८० परिवार पुरै विस्थापित भएको उनले बताए। बिस्थापित हरु उच्चो स्थानमा पाल टाँगेर , बिद्यालय, सामुदायिक भवन लगायतका ठाउँमा आश्रय लिएका छन। नेपाली सेना, शसस्त्र प्रहरी , नेपाल प्रहरी र स्थानिय युवाहरुले उद्धार गरेका थिए।
भजनीको वडा नम्वर ८ मा मात्र १ हजार घर डुवानमा परेको वडा अध्यक्ष पंकज चौधरीले बताएका छन। पथरैया नदीले तठबन्द भत्काएर गाउँमा पसेको थियो। दैलेखी टोल,कुसमघाट,कृष्णनगर, गोरचौडा,खैरा, जनकपुर, बहादुरपुर, काडाढिक र सोनाहफाटा गाउँ डुवानमा परेका छन। घर डृुवान परेपछि सवैजना बिद्यालयमा गएर आश्रय लिएको उनले बताए। बिद्यालयको तल कोठामा पानी पसेकोले माथिल्लो तलामा उनीहरु बसेका छन्।
यसैगरि वडा नम्वर ३ का काडाँ नदीले ढुसीमा तठबन्द भत्काएर नदी वस्तीमा पसेको छ। पकरिया डाडा,ढुसी गाउँ,कन्हैयापुर गाउँ डुवानमा छन्।
भजनी नगरपालिकाको वडा नम्वर २, ३, ५ र ८ मा बाढी पसेर घर डुवानमा परेका छन। पुरै वस्ती जलमग्न भएका छन। यसैगरि बर्दगोरिया वडानम्वर २ र ५,जानकी गाउँपालिका वडा नम्वर १,बर्दगोरिया गाउँपालिका वडा नम्वर २ र ५, कैलाली गाउँपालिका, जोशीपुर गाउँपालिका र टीकापुर नगरपालिकामा बाढीले सयौ घर डुवानमा परेका छन्।
कैलारी गाउँपालिका वडा नम्वर ७ का ३२ बर्षिय वलराम चौधरीको कच्ची घरमा सालको रुख ढलेर घर पुर्ण रुपमा क्षती भएको छ। उनी, उनको श्रीमती २८ कि सावित्री चौधरी, १३ बर्षको वसन्त चौधरी समान्य घाइते भएका छन्।
धनगढी उपमहानगरपालिकामा पनि खोला अतिक्रमण भएकाले बर्षातले दर्जनौ घर डुवानमा परेका थिए। वर्षाका कारण टीकापुर नगरपालिकाका ९ वटै वडा डुबानमा परेको टीकापुर नगरपालिकाकी विपद सम्पर्क व्यक्ति निर्मला चौधरीले बताइन्।
टीकापुर–१ स्थित जमरा नदीमा पानीको सतह बढेर बजार क्षेत्र पुरै डुबान भएको छ। त्यस्तै शिवनगर, चमेलीपुर, विजयनगर शिविरमा बाढी बस्ती पसेपछि ५० घर भत्किएका छन्। यस्तै वडा नम्बर २ मा १२, वडा नम्बर ६ मा ३ घर भत्कीएका नगरपालिकाले जनाएको छ।
कैलालीको चिसापानीमा लगातार सर्तकता तह पार गरेको छ। बढी वर्षासंगै नदीको सतह १० दशमलब चार मिटर पुगेको छ। कर्णाली नदीको सतह १० दशमलब चार मिटर पुगेको छ। कर्णालीको सतह १० मिटर पुगे सर्तकता तह र १० दशमलब ८ मिटरलाइ खतरा मानिएको छ।
महाकाली नदीमा पानीको बहाव बढेको छ। चुरेलगायत कञ्चनपुरमा भएको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको हो।
यसैगरि अछाम, बाजुरा,दार्चुला,डोटी, बझाङ, डडेल्धुरा बर्षातका कारण र पहिरो आएर करिव १ दर्जन बढी घर भत्केका छन। भने बाख्रा लगायत घर दर्जनौ घर पालुवा जनावरको मृत्यु भएको नेपाल प्रहरी सुदूरपश्चिम प्रदेश कार्यालयले जनाएको छ।
बुधबार दिउ“सो २ः३० बजेको मापन अनुसार महाकाली नदीमा पानीको बहाव २ लाख २८ हजार क्यूसेक पुगेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र कञ्चनपुरले जनाएको छ। नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका स्थानीयलाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ।
कञ्चनपुरमा नदिमा डुबेर बालिकाको मृत्यु
कञ्चनपुरमा नदिमा डुबेर १८ महिने बालिकाको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका वाणी भएर बग्ने बन्दा नदिमा डुबेर कृष्णपुर– २ की अमृता थापाको मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ। बालिकाका आमाबुवा सुतिरहेका बेला घर नजिकै रहेको बन्दा नदीमा खेल्न गई खेल्दा खेल्दै नदीमा डुबेको हुनसक्ने ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलले बताए।
सडक अवरुद्ध
लगातारको वर्षाका कारण बाजुराको सदरमुकाम मार्तडी जोड्ने साँफे–मार्तडी सडकअन्तर्गत बार्जुगाड प्रहरी चौकी नजिकै पहिरो गएको छ। सोमबार रातिदेखि आएको अविरल वर्षाका कारण पहिरो गएको प्रहरीले जनाएको छ। तराई क्षेत्रबाट आएका यातायातका साधान बार्जुगाडपारि रोकिएका छन् भने २० भन्दा बढी मालवाहक ट्रक मार्तडीबाट बल्देसम्मको सडक क्षेत्रमा रोकिएका छन्।
त्यस्तै बाजुराको बूढीगंगा नगरपालिकै डाव भन्ने ठाउ“मा पनि सा“फे–मार्तडी सडकमै माथिबाट ठूलो पहिरो आएर सडक अवरुद्ध भएको स्थानीयवासीले जानकारी दिएका छन्। लगातार वर्षा भइरहेका कारण सा“फे–मार्तडी सडक सञ्चालनमा समस्या देखिएको छ। लगातारको वर्षास“गै विभिन्न स्थानमा गएको पहिरोले भासिएको सडक पुनःनिर्माणमा भइरहेको ढिलाइका कारण सडक सञ्चालनमा समस्या देखिएको हो।
यही असार १ र २ गते पूर्वमा आएको बाढीपहिराेका कारण जलविद्युत् क्षेत्रमा आठ अर्ब ८४ करोडको क्षति पुगेको छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) नेपालले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर ताप्लेजुङ, सङ्खुवासभा, पाँचथर र भोजपुरमा असार १ र २ गते आएको बाढीबाट जलविद्युत् गृह बगाउँदा रु आठ अर्ब ८४ करोडको क्षति पुगेको बताएको हो।
इपानका अध्यक्ष गणेश कार्कीले पूर्वमा आएको बाढिपहिराबाट सञ्चालनमा रहेका १३ र निर्माणाधीन १७ गरी ३० जलविद्युत् आयोजनामा क्षति पुग्दा लगानीकर्ता ठूलो मारमा पर्नाका साथै अर्बौं लगानी जोखिममा परेको बताए।
त्यसका कारण एक सय ३३ मेगावाट उत्पादन ठप्प हुन पुगेको छ। तीस जलविद्युत् आयोजनामा क्षति पुग्दा २० लाख सर्वसाधारण तथा स्थानीय लगानीकर्ताको लगानी जोखिममा परेको अध्यक्ष कार्कीले बताए।
इपानको टोलीले क्षतिग्रस्त आयोजना पुनर्निर्माणका लागि नेपाल राष्ट्र बैँकबाट पुनर्कर्जा उपलब्ध गराउन, निर्माणाधीन आयोजनामा उत्पादन सुरु गर्नुपर्ने मिति दुई वर्ष थप गर्न, सञ्चालनमा रहेका आयोजनाको पुनः विद्युत् उत्पादन नभएसम्म रोयल्टी मिनाहा गर्न, पुनर्निर्माणका लागि आवश्यक पाटपुर्जा आयातमा भन्सार तथा भ्याट छुट दिन प्रधानमन्त्रीसमक्ष आग्रह गरेको छ।
यस्तै क्षतिग्रस्त आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्रको अवधि बढाएर ५० वर्ष कायम गर्न, आयोजना पुनर्निर्माणका लागि लिने कर्जा २० वर्षसम्म पुनर्तालिका गर्न समेत माग गरिएको छ। प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्नेसम्बन्धी सम्झौताले नेपालको ऊर्जा क्षेत्रमा सकारात्मक सञ्चार भएको इपानले जनाएको छ।
सरकारले विद्युत्को विकासमा तीव्र गति लिनका लागि ऊर्जा विकास दशक घोषणा गर्नुपर्ने, ऊर्जा क्षेत्रमा बैंकको लगानी १० वर्षमा २५ प्रतिशत बनाउनुपर्ने, नेपाल विद्युत् प्राधिकरणमा आवेदन गरेका सम्पूर्ण आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता तत्काल गरिदिन, निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न एक नियमावली बनाई तत्काल कार्यान्वयन गर्नुपर्ने, वन क्षेत्रको जग्गा उपयोग र रूख कटानमा नियमावली बनाई तत्काल सहजीकरण गर्ने, विस्फोटक पदार्थको अभावलाई तत्काल सहजीकरण गर्ने, विद्युत् ऐन तत्काल पारित गर्न इपानले माग गरेको छ।
भेटका क्रममा प्रधानमन्त्री दाहालले इपानले राखेका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताए। 'तपाइँहरुले गम्भीर प्रकृतिका उचित विषय उठाउनुभएको छ, सम्बन्धित निकायसँग बसेर जलविद्युत् क्षेत्रका समस्या समाधान गर्न सरकार लाग्नेछ', प्रधानमन्त्री दाहालले भने।
उनले असाधारण ढङ्गले आएको विपद्का बारेमा गम्भीर अध्ययन गरी आगामी दिनमा हुनसक्ने क्षतिबारे चनाखो हुनुपर्ने बताए। प्रधानमन्त्री दाहालले आगामी दिनमा निर्माण गरिने जलविद्युत् आयोजनाका संरचनाबारे गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको उल्लेख गरे। उनले इपानको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरेका थिए।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...