मनोज अधिकारी, पोखरा, साउन १०- पश्चिम क्षेत्रीय प्रहरी प्रमुख डीआईजी राजेन्द्रसिंह भण्डारीको मान्छे भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। लाइसेन्स बनाउन आउनेहरुबाट आफ्नो डीआइजी भण्डारीसम्म राम्रो पहुँच रहेको भन्दै ठगी गर्ने गोरखाको ताप्ले गाविसका टोपप्रसाद भट्टलाई प्रहरीले पक्राउ गरेको हो।
डीआइजी भण्डारी र यातायात व्यवस्था कार्यालय गण्डकीका कर्मचारीसँग राम्रो सम्बन्ध रहेको भन्दै लाइसेन्सको ट्रायल दिन आउने व्यक्तिहरुलाई ठगेको उजुरीका आधारमा प्रहरीले भट्टलाई पक्राउ गरि थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ। उनले डीआइजीको मान्छे हुँ सजिलै लाइसेन्स बनाई दिन्छु भनेर धेरैजनासँग पैसा उठाएर ठगेका थिए।
सोमबार पक्राउ परेका उनलाई मंगलबार जिल्ला प्रशासन कार्यालयमार्फत् म्याद थप लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी शैलेश थापा क्षेत्रीले जानकारी दिए। भट्टले ट्रायल दिने ठाउँमा खटिएका कर्मचारीलाई डीआईजीको मान्छे हो पास गरिदिनुपर्छ भन्दै गलत सूचना दिएर प्रभावित पार्दै आएका थिए। जिल्ला प्रहरीका प्रवक्ता रवीन्द्र पौडेलले उनको साथबाट ५ वटा सिमकार्ड, ११ जनाका लाइसेन्स निकाल्न प्रयोग गरिने कागजात (नागरिकता र लाइसेन्सका प्रतिलिपीहरु तथा फोटोहरु) बरामद गरिएको जानकारी दिए।
यसैबीच प्रहरीले मोटरसाइकल चोरी गर्ने दुई जनालाई पनि प्रक्राउ गरेको छ। चोरीको मोटरसाइकलसहित गोरखा आँपपिपलका जम्मादिन मिया र कास्की लेखनाथका इस्लाम बक्स मियालाई प्रहरीले प्रक्राउ गरेको हो। उनीहरुले हालै पोखरा-१० अस्पतालचोकबाट देवप्रसाद गुरुङको ग ६ प ९४५६ नम्बरको मोटरसाइकल चोरेका थिए। दुवै जनालाई चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।