मनाङ र मुस्ताङमा सडक सम्पर्क स्थापित गर्न विकास समितिको निर्देशन
१५ साउन २०७७
•
२ मिनेट पाठ
मनाङ र मुस्ताङमा सडक सम्पर्क स्थापित गर्न विकास समितिको निर्देशन
गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिले बाढी, पहिराका कारण सडक सम्पर्क विच्छेद भएका मनाङ र मुस्ताङ जिल्लामा तत्काल सडक सञ्चालन गराउन सरकारलाई निर्देशन दिएको छ । वर्षाले प्रदेशमा भौतिक पूर्वाधारमा पुर्याएको क्षतिबारे समितिको आजको बैठकमा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतसँगको छलफलमा समितिले म्याग्दीको गलेश्वरमा गत असार २६ गतेको बाढीले बेलिब्रिज बगाउँदा मुस्ताङसँगको यातायात सम्पर्क विच्छेद भएको तथा मनाङ जोड्ने सडकसमेत अवरुद्ध रहेकाले अविलम्ब मर्मत गरी सडक सम्पर्क स्थापित गराउन सरकारलाई निर्देशन दिएको हो । 




समितिका सभापति दीपक कोइरालाले स्थानीय तह जोड्ने, प्रादेशिक तथा संघीय सरकारको दायित्वभित्र रहेका सडक समेत तत्काल मर्मत गरी व्यवस्थितरुपमा अघि बढाउन र नहर, कुलो, खानेपानीलगायतमा पुगेको क्षतिबाट जनजीवन प्रभावित भएकाले विपद्का बेला ‘फास्ट ट्रयाक’बाट काम गर्न सरकारलाई आग्रह गरे। 

बैठकमा मन्त्री बस्नेतले सडकलगायत पूर्वाधारमा पुगेको क्षति मर्मत र पुनःनिर्माणका लागि मन्त्रालयमा छुट्टै बजेट नभएको बताउँदै आन्तरिक मामिला मन्त्रालय मातहतको विपद् व्यवस्थापन कोषमा बजेट निकासा गरी तत्कालै काम शुरु गर्ने प्रतिबद्धता व्यक्त गरे। मुस्ताङमा यातायात सञ्चालनका लागि संघीय सरकारका प्राविधिकसँगसमेत समन्वय भइरहेको र हाल बेलिब्रिज राख्ने काम निरन्तर जारी रहेकाले एक/दुई हप्तामा काम सम्पन्न हुने विश्वास मन्त्री बस्नेतको छ । 

चालू आर्थिक वर्षमा बजेटमा परेका सडक, सिँचाइ तथा खानेपानीका योजनाको मर्मतसम्भार तत्काल शुरु गर्ने तयारी गरे पनि निरन्तरको वर्षाका कारणले कठिनाइ भएको बताउँदै मन्त्री बस्नेतले भने, ‘बजेट परेका योजनामा वर्र्षा रोकिएलगत्तै काम हुन्छ, नपरेका ठाउँमा विपद् कोषबाटसमेत आवश्यक बजेट ल्याएर काम गर्छौं, खानेपानी र बत्तीको तत्कालै व्यवस्थापन हुन्छ ।’

समितिका सदस्य चन्द्रमोहन गौचनले तीन सातादेखि सडक सम्पर्क बिच्छेद हुँदा मुस्ताङमा खाद्यसंकट शुरु हुन लागेको र जनजीवन अस्तव्यस्त भएको बताउँदै संकट हल गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । बैठकमा समितिका सदस्य हरिशरण आचार्य, मीनबहादुर गुरुङ, डोबाटे विश्वकर्मा, सरिता गुरुङ लगायतले विपद्को प्रभावकारी सामना गर्दै अवरुद्ध क्षति पुगेका पूर्वाधारका काम अघि बढाउन माग गरेका छन्। 

मन्त्रालयका सचिव इश्वरचन्द्र मरहठ्ठाले वर्षाका कारण प्रादेशिक तथा स्थानीय तहका केन्द्र जोड्ने ३४ सडक, दुई वटा झोलुङ्गे पुल, सिँचाइ नहर ९५ तथा खानेपानीका ५५ आयोजनामा क्षति पुगेको प्रारम्भिक तथ्यांक रहेको जानकारी दिँदै प्राथमिकताका आधारमा मर्मतको काम अघि बढाइने बताए। क्षति पुगेका संरचना सञ्चालन गर्नका लागि मात्र १० करोड बजेट आवश्यकपर्ने उनको भनाइ छ ।
अर्को समाचार
मनाङ र मुस्ताङका किसानलाई उन्नत याक
१८ पौष २०८०
•
१ मिनेट पाठ
मनाङ र मुस्ताङका किसानलाई उन्नत याक
किसानलाई याक हस्तान्तरण गर्दै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे। तस्बिरः नागरिक
गण्डकी प्रदेश सरकारले याक तथा चौरी पालक किसानलाई १९ वटा उन्नत प्रकारको याक वितरण गरेको छ।




गण्डकी प्रदेश सरकार, भूमि व्यवस्था तथा कृषि मन्त्रालय अन्तर्गतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेशले मनाङ र मुस्ताङका किसानहरुलाई १९ वटा याक वितरण गरेको हो। गण्डकी सरकारले किसानलाई उन्नत याक वितरण गरेको यो पहिलो पटक हो।

याकको नश्ल तथा जातीय सुधारका लागि निर्देशनालयले मनाङमा ९ वटा र मुस्ताङमा १० वटा याक वितरण गरेको निर्देशनालयका प्राविधिक अधिकृत सुरेश श्रेष्ठले जानकारी दिए। उनका अनुसार मुस्ताङको हिमालयन चौरी संरक्षण समिति र मनाङको याक तथा चौरी संरक्षण संस्थालाई याक हस्तान्तरण गरिएको छ।

निर्देशनालयमा मंगलबार साँझ आयोजित कार्यक्रममा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले याक हस्तान्तरण गरेका हुन्। समितिले पछि मनाङ र मुस्ताङमै लगेर किसानका समूह तथा संस्थालाई याक हस्तान्तरण गर्ने उनले बताए।

किसानलाई वितरण गरिएको याक निर्देशनालयले २० लाख रुपैयाँ खर्चेर याक अनुवांसिक श्रोत केन्द्र स्याङ्बोचे सोलुखुम्बुबाट खरिद गरेको हो। पुस १२ गते नै स्याङ्बोचेबाट हिंडेको याक सल्लेरीसम्म हिंडाएर ल्याइएको र त्यहाँबाट पोखरासम्म गाडीमा ल्याइएको श्रेष्ठले जानकारी दिए।

मनाङ र मुस्ताङमा स्थानीय याकबाट ब्रिडिङ गर्दा त्यसबाट जन्मिने बच्चा सामान्य खालको मात्रै भएपछि याकको नश्ल तथा जातीय सुधारका लागि सोलुखुम्बुको स्याङ्बोचेमा स्थित याक अनुवांसिक श्रोत केन्द्रबाट याक खरिद गरेर वितरण गरिएको उनको भनाई छ। यसले आगामी दिनमा मनाङ र मुस्ताङमा उन्नत प्रकारको याक तथा चौरी उत्पादन गर्न सघाउने उनले बताए।
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४१ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस