प्रदेश न. ५ सरकारले सञ्चार माध्यम सम्बन्धी ल्याउन लागेको एकीकृत ऐनका बारेमा सरोकारवालासँग छलफल सुरु गरेको छ । आन्तरिक मामिला मन्त्रालयले तयार पारेको प्रदेश सञ्चार सम्बन्धी ऐनको मस्यौदामाथि शुक्रबार बुटवलमा छलफल गरिएको छ । आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले आमसञ्चार माध्यमको एकीकृत ऐन बनाउने गरि मस्यौदा तयार भएकाले सञ्चार क्षेत्रकै व्यक्तिहरुको सुझावका आधारमा यसलाई अन्तिम रुप दिने बताए ।
उनले कानुनको सिद्धान्त अनुसार कतिपय नियमन र अंकुश लगाउने प्रावधान मस्यौदामा राखिएको स्पष्ट पार्दै मस्यौदामाथि छलफल भएकाले त्यसमा पनि आएका सुझावलाई ग्रहण गरिने बताए । कानुन धेरै बनाएर नियमन हुने र कार्यान्वयन हुने नभई थोरै तर प्रभावकारी रुपमा कानुन कार्यान्वयन गर्ने गरि आफूहरु लागि परेको मन्त्रीको भनाई छ । उनले स्वतन्त्रताका नाममा स्वच्छन्दता हुन भने नहुने उनको तर्क छ ।
मस्यौदामा सञ्चार परिषद स्थापना गर्ने, सञ्चार रजिष्टार, पत्रकार कल्याण कोषको स्थापना तथा प्रदेश तहमा रेडियो, टेलिभिजन र पत्रपत्रिका दर्ता र नविकरण गर्ने व्यवस्था गरेको छ । एक सय वाटदेखि ५ सय वाटसम्मका एफएम रेडियोको दर्ता र नबीकरण प्रदेशमा गर्नुपर्ने, स्याटेलाईट बाहेकका टेलिभिजनको दर्ता प्रदेशमा तहमा गर्ने गरि मस्यौदा तयार पारिएको छ ।
यसैगरि चाडपर्व वा विशेष अवसरमा छोटो अवधिको लागि प्रदेश भ्रमणमा आउने पत्रकारहरुको लागि रजिष्टारले अस्थायी प्रेस प्रतिनिधि प्रमाणपत्र दिने व्यवस्था समेत मस्यौदामा गरिएको छ । मस्यौदामाथिको छलफलमा सहभागी सञ्चारसम्बद्ध व्यक्तिहरुले भने सरकारले सञ्चार माध्यमलाई प्रतिबन्ध लगाउने विषयलाई बढि नै जोड दिएकाले त्यसलाई सुधार गर्न सुझाव दिएका छन् ।
कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघका पूर्व केन्द्रीय अध्यक्ष मोहन चापागाईले मूलुक गणतन्त्रको युगमा आइपुग्दा पनि कानुन निर्माणमा भने राणाकालिन र पञ्चायतकालिन ऐन कानुनलाई श्रोत मान्दा बदलिएको संरचना अनुसार सञ्चार सम्बन्धी कानुन बन्न नसकेको बताए । उनले मस्यौदामा एफएम रेडियोले कुल आम्दानीको २ प्रतिशत कर तिर्ने व्यवस्था गराएकोमा आपत्ति जनाउँदै समुदाय तहमा सञ्चालित रेडियोको घाटी निमोठ्ने काम गरिएको बताए । उनले सूर्ती, मदिरा उद्योगले नाफाको कर तिरे पुग्ने तर समुदायलाई सूचना पस्कने सञ्चार माध्यमले राजालाई जस्तै गरि दस्तुर बुुझाउने गरि आम्दानीमा कर लगाउने कुरा व्यवहारिक नभएकाले सच्चाउन माग गरे ।
नेपाल पत्रकार महासंघ, प्रदेश ५ का अध्यक्ष भरत केसीले मस्यौदामा प्रतिबन्धात्मक विषयलाई बढि जोड दिएकाले त्यसलाई सुधार गर्न आग्रह गरे । नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसिले मन्त्रीकै अध्यक्षतामा सञ्चार परिषद गठन कुरा व्यवहारिक नहुने भएकाले त्यसलाई सुधार गर्न माग गरे । प्रकाशन तथा प्रशारण समाज रुपन्देहीका सचिव माधव नेपालले रजिष्टारलाई न्यायधिश बनाउने गरि सञ्चार माध्यमलाई बन्द गराउन सक्नेसम्मको अधिकार दिइएको बताए ।
उक्त अवसरमा नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे, महासंघ रुपन्देहीका पूर्व अध्यक्ष दीपक ज्ञवाली, प्रकाशन तथा प्रशारण समाज रुपन्देहीका अध्यक्ष नवराज कुँवर, सामुदायिक रेडियो प्रशारक संघ प्रदेश ५ का अध्यक्ष केपी घिमिरे, सञ्चारीका समूह प्रदेश ५ का महासचिव अमृता अनमोल, पत्रकारहरु भेषराज पाण्डे, रवि पाण्डे लगायतले सञ्चार ऐनले सामाजिक समावेशिकरण ख्याल गर्नुपर्ने, साना लगानीका मिडियालाई संरक्षण, पूर्ण स्वतन्त्रताको ग्यारेन्टी गर्ने गरि तयार पार्न सुझाव दिएका थिए ।
सञ्चारसम्बद्ध व्यक्तिहरुको सुझावपछि आन्तरीक मामिला मन्त्रालयका सचिव रविलाल पन्थले प्राप्त भएका सुझावलाई ग्रहण गर्दै छुटेका विषयलाई समावेश गरेर कानुनलाई अन्तिम रुप दिने बताए । उक्त अवसरमा प्रदेश न्याधिवक्ता ठाकुर डिसि, मुख्यमन्त्री कार्यालयका कानुन सचिव राजेन्द्र थापा, अधिवक्ता खुमाकान्त पौडेलले सञ्चार क्षेत्रले नागरिकका अधिकारलाई संरक्षण गर्ने भएकाले त्यसलाई सुनिश्चित गर्न आफूहरु सचेत रहेको बताए ।