पर्सा (वीरगन्ज), साउन १४- पर्साको छुट्टाछुट्टै दुई स्थानमा गएराति भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्।
वीरगन्ज बाइपास सडकखण्डको नगवाचोकमा ज१ह ६१ नम्बरको टेम्पोले रिक्सालाई ठक्कर दिँदा रिक्सामा सवार नगवा नयाँबस्ती निवासी ३० वर्षीया रेजीमा सहनीको मृत्यु भएको छ भने उनका हजुरबुबा जालिम सहनी गम्भीर घाइते भएका छन्। निजको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।
त्यसैगरी, रामगढवामा मोटरसाइकलले ठक्कर दिँदा रामप्रकाश पटेल गम्भीर घाइते भएका छन्। घाइते पटेलको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ठक्कर दिने मोटरसाइकल चालक भने फरार रहेको हुँदा खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ। रासस