आइसोलेसन जान मानेनन् कोरोना संक्रमित
१९ साउन २०७७
•
३ मिनेट पाठ
आइसोलेसन जान मानेनन् कोरोना संक्रमित
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निर्माण गरिएको आइसोलेसन वार्ड । तस्बिर : उमेश पुन/नागरिक
पोखरामा गत बुधबार एक चिकित्सकमा नोभल कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखियो । त्यसलगत्तै उनको परिवारमा पनि संक्रमण भएको आशंकामा स्वाब लिइयो । स्वाब टेस्ट लिएको ५ दिनपछि आइतबार उनको ९४ वर्षीया हजुरआमा र ७२ वर्षीया फूपूमा संक्रमण पुष्टि भयो ।कोरोना संक्रमण देखिएपछि आइतबार साँझ डाक्टरको हजुरआमा र फूपूलाई लिन जनप्रतिनिधि एम्बुलेन्ससहित पोखरा–४ स्थित उनको घर पुग्यो ।




शुरुमा वडाध्यक्ष र सचिवले घरधनी अर्थात चिकित्सकका बुबालाई बोलाए । बुबाको सट्टा उनकी श्रीमती बाहिर निस्किन् । वडाध्यक्ष र सचिवले हजुरआमा र फूपूलाई कोरोना पोजिटिभ देखिएकाले एम्बुलेन्स लिन आएको बताए । बिना काउन्सिलिङ सिधै आइसोलेसनमा लैजान आएको बताएपछि उनले आफ्नो परिवारका सदस्य जान तयार नभएको भन्दै नपठाउने बताइन् । वडाध्यक्ष र सचिवले एम्बुलेन्स आइसकेको भन्दै चाँडै तयार हुन भने । तर ति महिला चुक्कुल लगाएर भित्र पसिन् ।

भित्र पसेको केही बेरपछि बाहिरबाट वडाध्यक्षले फेरि बोलाए । तर भित्रबाट कुनै जवाफ आएन । एकछिनपछि डाक्टरका बुबा देखिए । उनले छोरालाई आइसोलेसनमा लगेकोप्रति गुनासो गर्दै अबफेरि अन्य परिवारका सदस्यलाई आइसोलेसनमा नपठाउने बताए । वडाध्यक्षले तुरुन्त तयार हुन कर गरे । त्यतिञ्जेल कुराकानी गर्दै बसेका डाक्टरका बुवा वरण्डामै ढले । संक्रमित भएपनि आमा र दिदीलाई आइसोलेसन नपठाउने अडान लिएका उनी अचेत अवस्थामा रुँदै, बर्बराउँदै मूल गेट अगाडि लम्पसार परे ।

धेरैबेरसम्म गलफति भएपछिपनि संक्रमित जान तयार नभएपछि जनप्रतिनिधिले प्रहरी बोलाए । प्रहरी आएपछि पनि घरधनी डाक्टरका बुवा उठेनन् । नत उनको परिवारले घरको चुक्कुल नै खोले । बरु डाक्टरका परिवार आइसोलेसन जान नमानेपछि कोरोना संक्रमित लिन आएको एम्बुलेन्स चालक हतारिए । उनले जनप्रतिनिधिलाई चाँडो गर्न दबाब दिदै नत्र आफू रित्तै फर्किने चेतावनी दिए । अन्त्यमा जनप्रतिनिधि र प्रहरीको केही जोर चलेन र रित्तै एम्बुलेन्स फर्काइयो ।

आइतबार साँझ कोरोना संक्रमित लिन आएको टोलि संक्रमितलाई नलिई फर्किएपछि स्थानियमा त्रास फैलिएको छ । संक्रमितलाई आइसोलेसनमा नलैजानुका साथै उनीहरूले घरलाई सिल पनि गरेनन् । नत घरलाई नै आइसोलेसन बनाउनतिर ध्यान दिए । हाल संक्रमित व्यक्तिहरू परिवारका अन्य सदस्यहरुसँग घुलमिल गर्दै बस्ने गरेका छन् । जसका कारण संक्रमण अन्यमा पनि फैलिनसक्ने खतरा बढेको छ । संक्रमित परिवारका छिमेकी एक महिलाले संक्रमितलाई आइसोलेसनमा नलैजानु गम्भीर गल्ती गरेको भन्दै भनिन्, ‘कि आइसोलेसनमा लैजानुपथ्र्यो, कि चाहीँ घर सिल गर्नुपथ्र्यो । दुबै नगर्दा हामीलाई झनै त्रास भएको छ ।’

काउन्सिलिङ बिना कोरोना संक्रमितलाई आइसोलेसनमा लैजान खोज्दा यस्तो समस्या आएको अधिकारकर्मी बिना सिलवाल बताउँछिन् । कोरोना व्यवस्थापन टिमलाई संक्रमितलाई हस्पिटल लैजानुअघि काउन्सिलिङ जरुरी छ भनेर हामीले पटक÷पटक भनेका छौ,‘उनले भनिन्,‘तर उनीहरुले यसको महत्व नै बुझेनन्, यहि कारण समस्या झन् बढ्दो छ ।’

समाजशास्त्री विश्वकल्याण पराजुली कोरोनालाई डरलाग्दो रोगका रुपमा बुझ्दा समस्या आएको बताउँछन् । पहिलो कुरा त रोगकै बारेमा बुझाउन सकिएको छैन,‘उनले भने,‘कोरोना लाग्दैमा मरिदैन, यसको उपचार सम्भव छ, उपचारका लागि आइसोलेसन जानुपर्छ र आइसोलेसन व्यवस्थित छ भनेर काउन्सिलिङ गर्नुपथ्र्यो, त्यसो नगर्दा संक्रमितहरू डराएका हुन सक्छन् ।’

सामाजिक अभियन्ता तथा कवि तीर्थ श्रेष्ठले संक्रमितलाई आइसोलेसनमा लैजानुअघि काउन्सिलिङ अपरिहार्य रहेको बताए । संक्रमितलाई पहिले रोगको बारेमा बुझाउनु पर्यो’,उनले भने, ‘त्यसपछि उनीहरूलाई आइसोलेसनबारे बुझाएर उपचारपश्चात ठीक भइन्छ भनेर आश्वास्त र विश्वस्त पार्नुपर्यो ।’ त्यसपछिपनि नमानेको खण्डमा भने संक्रामक रोग ऐन अन्तर्गत रहेर बाध्यकारी रुपमा बल प्रयोग गरेरपनि लैजान सकिने बताए ।

नागरिक अगुवा रामबहादुर पौडेलपनि बिना काउन्सिलिङ संक्रमितलाई जबरजस्ती आइसोलेसनमा लैजान नहुने बताउँछन् । जबरजस्ती र बेइज्जतीपूर्ण होइन, ‘उनले थपे, ‘सम्झाई, बुझाई गरेर आइसोलेसनको महत्व बुझाउन जरुरी छ, तब मात्र आइसोलेसनमा लैजाँदा सहज हुन्छ ।’
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१ घण्टा अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस