दिलीप पौडेल, बाग्लुङ, साउन १९- अविरल वर्षासँगै आएको बाढीले बगाउँदा बाग्लुङमा एक महिलको मृत्यु भएको छ। बाग्लुङमा दुई जना र म्याग्दीमा एक गरी तीन जना बेपत्ता भएका छन्।
बाग्लुङ र म्याग्दीको सीमा नजिकैको अर्जम खोलाले बगाएर बाग्लुङ नगरपालिका-९ लमगाउँकी डिलमाया थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत शैलेन्द्र खड्काले बताए। उनीसँगै रहेका ठाकुर सापकोटा खोला तरेपनि थापालाई खोला तर्ने क्रममा बगाएको थियो। शुक्रवार विहान खोलाले बगाएकी महिलाको शव दिउँसो बाग्लुङ वेनी सडक भन्दा करिब दुई मिटर जिल्ला प्रहरी कार्यलयले जनाएको छ।
त्यसैगरी बेपत्ता हुनेमा बाग्लुङको भकुण्डे-७ आरुपाटाका ६४ जित बहादुर क्षेत्री, बोवाङ-७ का होमबहादुर विक र म्याग्दी दरवाङका अमर छन्त्याल रहेका छन्। तीनै जना शुक्रबार आएको बाढीले बगाएर बेपत्ता भएको प्रहरीले जनाएको छ। क्षेत्रीलाई भकुण्डेको रिठे खोला, वि.क.लार्य उत्तरगंगा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकृत खड्काले बताए। 'खोला तर्ने क्रममा बगाएकोले खोजि कार्य भैरहेको छ,' उनले भने, 'जीवितै पाइने सम्भावना निकै कम छ।' दरवाङका छन्त्याललाई दाउरा छोप्ने क्रममा बगाएको हो।