संघीय निजामती सेवा विद्येयक अमान्य : कार्यबाहक अध्यक्ष
२० साउन २०७७
•
२ मिनेट पाठ
संघीय निजामती सेवा विद्येयक अमान्य : कार्यबाहक अध्यक्ष
दिक्तेलमा आयोजित कार्यक्रममा बोल्दै निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनका कार्यबाहक अध्यक्ष भोलानाथ पोखरेल । तस्बिर : दमन राई/नागरिक
निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनका कार्यबाहक अध्यक्ष भोलानाथ पोखरेलले संघीय निजामती सेवा विद्येयक मान्य नहुने बताएका छन् । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियन जिल्ला कार्यसमिति खोटाङले मंगलबार दिक्तेलमा आयोजना गरेको ‘संघीय निजामती सेवा विद्येयक विषयक छलफल तथा अन्तरक्रीया’ कार्यक्रमलाई प्रमुख अतिथिकारुपमा सम्बोधन गर्दै ट्रेड यूनियनका कार्यबाहक अध्यक्ष पोखरेलले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयकमा भएको गलत व्यवस्था सच्याउनु पर्ने धारणा राखेका छन् ।  




आधिकारिक ट्रेड यूनियनका कार्यबाहक अध्यक्ष पोखरेलले पुर्ववत् प्रावधान सहितको राष्ट्रियस्तरको ट्रेड युनियन र आधिकारिक ट्रेड युनियन यथावत राखेर संघ, प्रदेश र स्थानीय तहबीच अन्तर सम्बन्ध कायम हुने व्यबस्था गर्न, निजामती कर्मचारीको परिभाषाभित्र संघीय कानून बमोजिम प्रदेश र स्थानिय तहमा समायोजन भएका राष्ट्रिय कितावखानाबाट संकेत नम्बर प्राप्त गरेका कर्मचारीलाई समेट्न सरकारको ध्यानाकर्षण गराए । 

विद्येयकमा निजामती कर्मचारीले खाईपाई आएको सेवा सुविधालाई सुनिश्चित गरिनुपर्छ,’ कार्यबाहक अध्यक्ष पोखरेलले भने, ‘राज्य व्यवस्था तथा सुशासन समितिबाट असार १५ गते पारित संघीय निजामती सेवा ऐनको मस्यौदा हामीलाई मान्य छैन । कर्मचारीमैत्री भए मात्र मान्य हुन्छ ।’  

कार्यक्रममा सहभागी निजामती कर्मचारीले हाल भइरहेका सेवा सुविधा कटौती गर्न नहुने, खुला तथा आन्तरिक प्रतिष्पर्धाको प्रावधान नहटाउन, माथिल्लो पदमा पदोन्नती हुँदा सुरुदेखिको सेवा अवधि नजोडिने व्यवस्था हटाएर कर्मचारीलाई ‘प्रोडक्टिभ’ काम गर्ने र कर्मचारीलाई उपयोग गर्ने विद्येयक ल्याउनका लागि पहल गर्न सुझाव दिएका छन् । यस्तै, समायोजनमा परेका कर्मचारीलाई ‘ओरिन्टेसन’को व्यवस्था गर्न, तल्लो पददेखि माथिल्लो पदमा कार्यरत कर्मचारीका लागि न्यायीक सेवा सुविधाको व्यवस्था मिलाउन, प्रदेश र स्थानीय तहमा सम्वन्धित तहकै कर्मचारी प्रमुख हुने व्यवस्थाका लागि कार्यबाहक अध्यक्ष पोखरेलले ध्यानाकर्षण गराएका छन् । 

सहभागी कर्मचारीले सरुवा प्रणालीलाई स्वचालित, चक्रिय र पुर्वानुमानयोग्य वनाउन, ‘आफ्नो मान्छे, भनसुनको मान्छे, चाकडी, चाप्लुसि, हजुरियाको मान्छे, डर त्रास धम्कीको मान्छे’लाई प्राथमिकतामा राखेर काम गर्ने प्रचलनको अन्त्याको माग गरेका छन् ।  

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल लगायतले पनि बोलेका थिए । कार्यक्रम निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियन जिल्ला कार्यसमितिका अध्यक्ष ध्रुबकुमार कार्कीको सभापतित्वमा भएको थियो ।
अर्को समाचार
मदिरा सेवन गरी कार्यालय गएमा निलम्बन
२७ फागुन २०८०
•
३ मिनेट पाठ
मदिरा सेवन गरी कार्यालय गएमा निलम्बन
फाइल तस्वीर
सरकारले ल्याउन लागेको प्रशासन कानुनमा सरकारी कर्मचारी मादकपदार्थ सेवन गरी कार्यालयमा उपस्थित भएमा वा कार्यालय समयमा कार्यालयमै मादक पदार्थ सेवन गरेमा त्यस्ता कर्मचारीलाई नसियत दिने व्यवस्था गरिएको छ। र, यस्तो नसिहत दिने अधिकार सम्बन्धित कार्यालयका विभागीय प्रमुखलाई दिइएको छ।




मादक पदार्थ सेवन गरी कार्यालय गएका कर्मचारीलाई नसिहत नदिएमा सम्बन्धित विभागको विभागीय प्रमुखलाई समेत कारबाही हुने व्यवस्था प्रशासन कानुनको मस्यौदामा राखिएको छ।

सरकारले गत फागुन २१ गते संसद्मा दर्ता गरेको संघीय निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा बनेको विधेयकको ९८ बुँदामा कर्मचारीले कुनै सार्वजनिक पदाधिकारी, अन्य कर्मचारी वा सेवाग्राहीमाथि गाली गलौज वा दुव्र्यवहार गर्न नहुने भन्दै त्यसरी दुव्र्यवहार गरेमा सजाय दिने व्यवस्था गरिएको छ।

नसियतमा बढुवा, ग्रेड, तलब वृद्धि रोक्का, नकारात्मक सूचीमा राख्नेदेखि निलम्बनसम्मको व्यवस्था गरिएको छ। विधेयकमा कर्मचारीले पालना गर्नुपर्ने नैतिक आचारणको विषयमा छुट्टै व्याख्या गरिएको छ। साथै, गम्भीर प्रकृतिको गल्ती गरेमा कर्मचारीलाई सेवाबाट बर्खास्त गर्न सक्ने व्यवस्था गरिएको छ।

गल्तीको प्रकृति हेरेर सामान्य नसियत, निलम्बन तथा बर्खास्तीसम्मको व्यवस्था गरिएको छ। पूर्वस्वीकृति नलिई एक महिनामा दुई पटकभन्दा बढी कार्यालयमा अनुपस्थित रहेमा, अख्तियारप्राप्त अधिकारीको स्वीकृतिविना अध्ययन वा तालिमका लागि वैदेशिक भ्रमण गरेमा, वा कार्य सम्पादन गर्ने सन्दर्भमा अनावश्यक ढिलासुस्ती गरेमा वा नियतवश गलत सूचना पेस गरेमा सजाय दिने व्यवस्था गरिएको छ।

मस्यौदामा राम्रो काम नगरेका, आचरण शुद्ध नभएका, कार्य सम्पादन कमजोर भएका कर्मचरीलाई नकारात्मक सूचीमा राख्ने व्यवस्था गरिएको छ। निलम्बन भएकोमा निलम्बन भएको अवधिभर, नसियत पाएकोमा नसिहत पाएको मितिले एक वर्षसम्म, बढुवा रोक्का भएकोमा बढुवा रोक्का भएको अवधिभर, तलब वृद्धि रोक्का भएकोमा तलब वृद्धि रोक्का भएको अवधिभर, कुनै आर्थिक वर्षको कार्यसम्पादन मूल्यांकनमा पचहत्तर प्रतिशतभन्दा कम अंक प्राप्त भएकोमा अर्को एक आर्थिक वर्षसम्म, कुनै कर्मचारीको नाममा लेखा परीक्षणबाट व्यक्तिगत पेस्की रहेको पाइएमा सो को फरफारक नगरेसम्म नकारात्मक सूचीमा राख्ने व्यवस्था गरिएको छ। नकारात्मक सूचीमा परेका कर्मचारीले सूचीमा रहेको अवधिभर अध्ययन, तालिमको लागि मनोनयन गर्न नपाउने व्यवस्था पनि मस्यौदामा गरिएको छ।

विधेकमा कर्मचारीले बहुविवाह गरेमा, राजनीतिक दल, राजनीतिक दलको भ्रातृ संगठन, राजनीतिक दलको जनवर्गीय संगठन वा राजनीतिक दलसँग आबद्ध पेसागत संगठनको सदस्यता लिन नपाउने व्यवस्था गरिएको छ। पार्टीको सदस्यता लिएको पाइएकामा सेवाबाट हटाउने वा बर्खास्त गर्न सक्ने व्यवस्था गरिएको छ।

यसैगरी, बिदा स्वीकृत नगराई लगातार ३० दिनसम्म कार्यालयमा अनुपस्थित रहेमा, बिदा स्वीकृत गराएकोमा बाहेक वैदेशिक अध्ययन, तालिम वा अध्ययन भ्रमणमा गएको निजामती कर्मचारी त्यस्तो अध्ययन, तालिम वा अध्ययन भ्रमण पूरा गरेको मितिले सात दिनभित्र सम्बन्धित कार्यालयमा हाजिर नभएमा सेवाबाट हटाउन सकिनेछ।

यसैगरी, भ्रष्टाचार, सरकारी वा सार्वजनिक लिखत किर्ते राष्ट्रहितविरुद्वको अपराध, लागुऔषध कारोबार, सम्पत्ति शुद्धीकरण, पुरातात्विक वस्तु बेचबिखन, मानव बेचबिखन, अपहरण, शरीर बन्धक, जबरजस्ती करणी, बहुविवाह वा नैतिक पतन देखिने अन्य फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएमा, अन्य मुलुकको स्थायी आवासीय अनुमति लिएको वा सोका लागि आवेदन दिएको प्रमाणित भएमा सेवाबाट हटाउन सक्ने व्यवस्था विधेयकमा गरिएको छ। मस्यौदामा १४ तहको प्रस्ताव गरिएको छ।

राजपत्रांकित विशिष्ट अधिकृत पदमा १४औं र १३औं तह, राजपत्रांकित प्रथममा १२औं र ११औ, राजपत्रांकित तहमा ८औं, ७औं र ६औं तह राख्न प्रस्ताव गरिएको छ। यसैगरी, विधेयका राजपत्र अनकिंकतमा पहिलोदेखि पाचौं तहसम्मको व्यवस्था गरिएको छ।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १५ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस