सुरेश यादव, जनकपुर, साउन २४- चालकबिनै जनकपुर रेलको इन्जिन जयनगरबाट गुडेर जनकपुर आइपुगेको घटना सम्बन्धी जाँचबुझ गर्न भौतिक योजना तथा निर्माण मन्त्रालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।
नेपाल रेलवे तथा मेट्रो आयोजनाका प्रमुख टेकराज बोहराको नेतृत्वमा गठित छानबिन समितिमा धनुषाका प्रमुख जिल्ला अधिकारीले तोकेको जिल्ला प्रशासन कार्यालयका एक जना प्रशासकीय अधिकृत र नेपाल रेलवे कम्पनी जनकपुर कार्यालयका निमित्त महाप्रबन्धक रामेश्वर यादव सदस्य छन्। उक्त समितिले घटनाबारे सत्यतथ्य पत्ता लगाएर १० दिनभित्र मन्त्रालयमा प्रतिवेदन बुझाउनुपर्ने प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमले जानकारी दिए।
समिति गठन हुँदा मंगलबार काठमाडौंमै रहेका बोहरा आइतबारसम्म जनकपुर आइपुग्ने बताएका छन्। रेल चलाएर जयनगर गएका चालकले बताएको आधारमा घटना वारे केही भन्न नसकिने बताउँदै बोहराले नागरिकसँग फोनमा भने 'सुनेको भरमा घटना रहस्यमय देखिन्छ। चालक, सहचालक समेतको उपस्थितिमा घटना स्थल अनुगमन गरेपछि मात्र केही आउने हो।'
चालकले गर्नु पर्ने काम सहचालकले गरेपछि सोमबारको घटना भएको जनकपुर रेलवेका इन्जिनियर सरोजकुमार हाथीले बताए। चालक रफिक कवारीको अनुपस्थितिमा सहचालक जगदीश खत्वेले रेल चलाएर लगेपछि आवश्यक प्राविधिक ज्ञानको अभावमा उक्त घटना हुन गएको हाथीको भनाई छ। कवारीले भने रेलमा कुन कर्मचारीलाई पठाउने/नपठाउने निर्णय इन्जिनियरले लिनुपर्ने हुँदा घटनाको जिम्मेवार हाथी नै रहेको दावी गरे।