समुदायस्तर मै कोरोना फैलिएको भन्दै प्रशासनले कपिलवस्तु सिल गरेको छ । प्रशासनले सूचना जारी गर्दै आगामी साउन ३२ सम्मका लागि अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरु सिल गरेको हो । जिल्लामा तीव्र रुपले संक्रमित फेला परेका छन् ।
यस्तै, विद्युत कर्मचारी समेत कोरोना संक्रमित भएपछि नेपाल विद्युत प्राधिकरण तौलिहाव वितरण केन्द्र पनि सिल गरिएको छ । प्राधिकरणले सूचना जारी गर्दै आगामी साउन ३२ गतेसम्मका लागि प्राधिकरण सिल गरिएको हो । बिहीबार प्राधिकरणको मिटर शाखामा कार्यरत हेल्पर संक्रमित भएको पुष्टी भएपछि प्राधिरकरण सिल गरिएको केन्द्रका प्रमुख जयकुमार यादवले बताए ।
आफ्ना कर्मचारी कोरोना संक्रमित भएको र जनतासंग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्नु परेकोले प्राधिकरणका कर्मचारी कोरोनाको उच्च जोखिममा रहेको उनले बताए । संक्रमित हेप्पर आफ्नै निवासमा बसेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रमुख यादवले बताए । उता बुधबार संक्रमित भएका लक्ष्मी बैंकका कर्मचारी दिनहुँ प्राधिकरणमा संकलित रकम लिन आउने गरेका थिए ।
प्राधिकरणमा काम गर्ने सबै कर्मचारीको पिसिआर परीक्षणका लागि जिल्ला स्वास्थ्य कार्यालयलाई आग्रह गरिएको प्रमुख यादवले बताए । जिल्लामा ८ बैंकका १६ कर्मचारी समेत कोरोना संक्रमित भएपछि जिल्लाभरका बैंकिङ संस्थाहरु समेत बन्द गरिएका छन् ।
जिल्लामा ८ सय ४० संक्रमित छन् । त्यसमध्ये ७ सय ५५ जना निको भई घर फर्कका छन् । जिल्लामा अहिले समुदायस्तरको कोरोना अवस्था पत्ता लगाउन द्रुत गति नमुना संकलन जारी छ । बिहीबार कृषि विकास बैंक तौलिहवामा कार्यरत नासुस्तरका कर्मचारी समेत कोरोना संक्रमित पुष्टी भएको थियो ।
संक्रमित भएको खबर बाहिर आउदा यशोधरा गाउँपालिकाको सोमडीह घर भएका नासु बिरामी भएर उपचारका लागि भारतको नौगढ गएका थिए । उपचारपछि अहिले भने उनी घर फर्केको कृषि विकास बैंक श्रोतले जनाएको छ ।