आज मंगलबार रातिबाट ठूलो वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले मंगलबार बिहान जारी गरेको मौमस पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशका अधिकांश भूभागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भने भारी (ठूलो) वर्षाको समेत सम्भावना छ ।
रातिबाट भने वर्षाको मात्र अझ बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । ‘राति देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,’ महाशाखाले जारी गरको बुलेटिनमा उल्लेख छ,‘ प्रदेश १, प्रदेश २, बागमती प्रदेश , गण्डकी प्रदेश र प्रदेश नं ५ का थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।’
जसका कारण बाढीपहिरोको जोखिम देखिएकाले सतर्कता अपनाउन भन्दै महाशाखाले आगामी २४ घण्टा (बुधबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गरेको छ ।
‘देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं ५ , कर्णाली प्रदेश, गण्डकी प्रदेश, र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना देखिएका उक्त स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,’ चेतावनीमा भनिएको छ ।
विस्तृत जानकारी तलकाे सूचनामा-
बाढीको सम्भावना यस्तो छ
बाढी पूर्वानुमान महाशाखाका अनुसार आज मंगलबार नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने तर सतर्कता तह आसपास नै हुने सम्भावना छ ।
यस्तै कन्काई, बागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबईका केही ससाना सहायक नदीमा आकस्मिक बहाब भई सतर्कता आसपास पुग्न सक्ने सम्भावना रहेकाले साना नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
महाकालीमा बाढी बढ्दै, सतर्कता अपनाउन आग्रह
महाकाली नदीअन्तर्गत डडेलधुरास्थित पारिगाउँ मापनकेन्द्रमा बिहान साढे ११ बजे नै जलसतह सतर्कता तह पार गरेको र बढ्दो रहेकाले डडेलधुरा र
र कञ्चनपुरको नदीतटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा रहेकाहरूले बेलुकासम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
तीन दिनसम्मकाे बाढी सम्भावनाबारे जानकारी याे सूचनामा :
काठमाडौं उपत्यकाका केही स्थानमा बिहानैदेखि पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंका केही स्थानमा बिहानैदेखि छिटफुट वर्षा भइरहेको छ।
महाशाखाका अनुसार बिहानैदेखि काठमाडौं उपत्यकामा बादल लागिरहेको छ भने आज दिनभर जसो घाम लाग्ने सम्भावना न्यून छ।
महाशाखाका मौसमविद् गंगा नगरकोटीले आज दिनभर जसो बादल लाग्ने हुँदा घाम राम्रोसँग लाग्ने सम्भावना कम रहेको बताइन्।
उनले आज दिउँसो १२÷१ बजेपछि काठमाडौँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि बताइन्।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...