तनहुँको देवघाट गाउँपालिकामा समुदायका व्यक्तिलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेललाई कोरोना संक्रमण भएको हो । मंगलबार राति भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा पौडेलको रिपोर्ट पोजिटिभ आएको पौडेलले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।
अध्यक्ष पौडेलले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै आफू कोरोना संक्रमित भएको जानकारी गराएका छन् । पौडेलले आफ्नो स्वास्थ्य अवस्थामा कुनै समस्या नआएको र आफू ठिक अवस्थामा रहेका बताएका छन् । आफ्नो स्वास्थ्यलाई लिएर चिन्ता नलिन आग्रह गर्दै आफूसंग पछिल्ला केहीदिन यता सम्पर्कमा आउनेलाई क्वारेन्टिनमा बसिदिन र कोरोना परीक्षण गराउन आग्रह समेत गरेका छन् ।
देवघाटमा उनीसंगै अर्का ३० वर्षीय पुरुषलाई समेत कोभिड १९ संक्रमण देखिएको देवघाट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रदिपकुमार बुढाथोकी जानकारी दिए । ३० वर्षीय पुरुष भने काठमाडौँबाट देवघाट आएका हुन् । कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ गरेर कोरोना परीक्षणका लागि स्वाब संकलन गरिने बुढाथोकीले बताए ।
तनहुँमा समुदायस्तरमा कोभिड-१९ फैलिएपछि यसले आम सर्वसाधारणलाई चिन्तित बनाएको छ । सोमबार भानु नगरपालिका र बन्दीपुर गाउँपालिकाका समुदायका व्यक्तिमा कोभिड देखेपछि कोभिड-१९ जिल्ला भर समुदायस्तरमा फैलने होकी भन्ने चिन्ता बढेको भानु नगरपालिका–२ का अध्यक्ष अर्जुनबहादुुर केसीले बताए ।
भानु नगरपालिका–१ का ३४ वर्षीय पुरुष र बन्दीपुर गाउँपालिका–५ का ३४ वर्षीय पुरुषमा कोभिड-१९ देखिएको हो । उनीहरु विदेशबाट नआएका र ट्राभल हिष्टी समेत नभएका समुदायका व्यक्तिमा कोरोना देखिएको हो । यसले समुदायमा जोखिम फैलने भन्दै भानु नगरपालिका र वडा कार्यालयहरुको सेवा बन्द गरिएको छ ।
कोभिड संक्रमितको सम्पर्कमा आएका ८५ जना सर्वसाधारण र ३७ जना नगरपालिकाका जनप्रतिनिधि गरि कुल एक सय २२ जनाको कन्ट्याक्ट ट्रेसिङ गरि स्वाब संकलन गरेर पोखरामा परीक्षणको लागि पठाइएको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए ।