वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा रहेको जग्गा व्यापारीलाई दिने गरि सिनेट बैठकमा प्रस्तुत हुन लागेको एजेण्डा स्वीकार्य नहुने प्रतिष्ठानस्थित कर्मचारी कल्याण समाजले जनाएको छ।
समाजका कार्यवाहक अध्यक्ष उमेश थापाले बिहीबार प्रेश विज्ञप्ती जारी गर्दै ४४ औं सिनेट बैठकमा निर्णायर्थ प्रस्तुत हुन लागेको एजेण्डाहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। साथै, बैठकको एजेण्डाहरुमा प्रतिष्ठानका सम्बद्ध पक्ष तथा सरोकारवालाहरुसँग व्यवस्थापन पक्षले छलफल नगरेको भन्दै विज्ञप्तीमा घोर भत्र्सना पनि गरिएको छ।
विज्ञप्तीमा भनिएको छ,‘प्रतिष्ठानका कर्मचारी, शिक्षक तथा सरोकारवालाहरुसँग छलफल नगरी पेश गरिने नियमावली, चल अचल सम्पत्तिलगायत कुनै पनि दीर्घकालिन महत्व राख्ने निर्णय यस समाजलाई स्वीकार्य छैन।’ प्रतिष्ठानको सिनेट बैठक साउन ३० गते(शुक्रबार) काठमाडौंमा बस्दैछ। बुधबार प्रतिष्ठानको कार्यकारिणी समितिले सिनेट बैठकमा निर्णयार्थ प्रस्तुत हुने एजेण्डाहरुमा सैद्धान्तिक सहमति दिइसकेको छ।
महामानव वीपी कोइरालाको स्मरणमा स्थापित प्रतिष्ठानको सुन्दर हरैचास्थित जग्गामा जननेता मदन भण्डारीको नाममा ट्रमा सेन्टर बनाउने प्रस्तावले राजनैतिक द्धन्द निम्त्याउने पदाधिकारीको वद्नियत रहेको पनि समाजले जनाएको छ। उक्त प्रस्ताव तत्काल फिर्ता लिन पनि समाजले सबै सम्बन्धित पक्षसँग जोडदार माग पनि गरेको छ। पदाधिकारीको आन्तरिक द्धन्द र अनावश्यक शक्ति संघर्षले कोरोना अस्पताल संचालन तथा समग्र अस्पताल व्यवस्थापनमा देखिएको अव्यवस्थालाई तत्काल अन्त्य गर्न र तीनै तहको सरकारसँग समन्वय गरि पुर्णक्षमताको कोरोना अस्पताल सञ्चालन गर्न पनि समाजले माग गरेको छ।
‘सञ्चालक परिषदले निर्णय गर्नुपर्ने प्रकृतिका कर्मचारीका हकहित सम्बन्धी मुद्दाहरु सम्बोधन नगरिए समाज सशक्त आन्दोलनमा उत्रन बाध्य हुनेछ,’विज्ञप्तीमा भनिएको छ,‘राजनैतिक तथा आर्थिक अभीष्टसहित प्रतिष्ठान धरासायी बनाउने प्रकारका प्रस्तावहरु सम्बन्धित सबै पक्षहरुसँग गम्भीर छलफल नगरी एकपक्षीय ढंगले स्वीकृति गरिएमा सो परिस्थितिबाट उत्पन्न हुने परिणामको जिम्मेवारी प्रतिष्ठान आफै हुने जानकारी गराउदछौं।’
कांग्रेस भातृ संगठनद्वारा पनि विरोध
वीपी प्रतिष्ठानको नाममा रहेको जग्गा व्यापारीलाई दिने तथा नेकपा नेताको नाममा अस्पताल चलाउने प्रस्ताव सिनेट बैठकमा लगिन लागेको प्रति नेपाली कांग्रेसको भातृ संगठन तरुण दल र नेवि संघले घोर विरोध जनाएको छ।
दुवै संगठनले बिहीबारमा पत्रकार सम्मेलन गर्दै उपकुलपित र स्वास्थ्य मन्त्रीको स्वार्थमा सम्बन्धित सरोकारवाला पक्षसँग पनि समन्वय नगरी भएको यो षडयन्त्र तत्काल रोक्न पनि माग गरेका छन्। संगठनहरुले धरानको छाताचोकस्थित पुरानो अस्पतालको जग्गा निजी व्यापारीलाई दिन लागेको भन्दै भत्र्सना पनि गरेको छ। मोरङको सुन्दर हरैचास्थित वीपी प्रतिष्ठानको नाममा रहेको जग्गामा नेकपा नेताको नाममा ट्रमा सेन्टर बनाउन लागेकोमा पनि दुवै संगठनले असन्तुष्टी जनाउदै तत्काल रोक्न माग गरेको छ।
तरुण दलको नगर अध्यक्ष हिमाल श्रेष्ठले सुन्दर हरैचाको वीपीको जग्गामा मदन भण्डारी ट्रमा सेन्टर बनाउने प्रस्ताव कार्यकारिणी समितिबाट पास गरिसकेको भन्ने जानकारी पाएकोले यो कार्य तत्काल रोक्न माग गरे। उनले निर्णय गरेमा कडा आन्दोनलमा उत्रने पनि चेतावनी दिए। ‘महान नेता वीपी कोइरालाको नाममा स्थापना भएको वीपी प्रतिष्ठानको जग्गालाई अर्को सम्मानित नेताको नाम जोडेर असहज परिस्थिति सृर्जना गर्न खोजिएको छ, यो राम्रो होइन। हामी सचेत गराउछौं र कडा निन्दा गछौं,’उनले भने,‘सम्बन्धित पक्ष सचेत नभए कडारुपमा उत्रन्छौं।’
दुवै संगठनले स्वार्थ पूर्तिको लागि बोलाइएको सिनेट बैठक तत्काल स्थगित गर्नुपर्ने पनि माग गरेकोछ । यस्तै, मुख्यमन्त्री शेरधन राईबाट निरीक्षण, अनुगमन गरिएको कोभिड अस्पताल ३ महिना बितिसक्दा पनि सञ्चालन नभएको कारण खोजेर दोषीलाई कारबाही गर्न, घरमा बस्नु परेका धरानका कोरोना पोजेटिभहरुलाई तत्काल आइसोलेसनमा भर्ना गर्न, कोभिड अस्पताल आवश्यक कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाको प्रत्याभूतिसहित पुर्णसुविधा र क्षमतामा जनप्रतिनिधि, सांसद र विज्ञहरुको अनुगमन पश्चात तत्काल सञ्चालन गर्नलगायत विभिन्न १५ बुँदे माग पनि दुवै संगठनले अघि सारेको छ।
दुवै संगठनहरुले माग पुरा नभएसम्म आन्दोलन निरन्तर रहने पनि जनाएको छ। बिहीबार पनि उनीहरुले वीपी प्रतिष्ठानअघि शान्तिपुर्ण प्रर्दशन गरेका थिए। प्रतिष्ठानका पदाधिकारीहरु माफियाको चंगुलमा फसेको र प्रतिष्ठानको चलअचल सम्पत्ति नै बेच्न लागेकोले जोगाउनको लागि शान्तिपुर्ण आन्दोलनलाई निरन्तरता दिइएको नेवि संघका नेता दोर्ची शेर्पाले बताए।