कर्णाली भित्रिन पिसिआर अनिवार्य
२९ साउन २०७७
•
३ मिनेट पाठ
कर्णाली भित्रिन पिसिआर अनिवार्य
कोरोना संक्रमण न्यूनीकरणका लागि भदौ एक गतेदेखि कर्णाली भित्रिने नागरिकहरुको पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ। प्रदेश विपद् व्यवस्थन समितिको बैठकले रातिको समयमा कर्णाली पूर्णरुपमा बन्द गर्ने र दिउँसो बाहिरी प्रदेशबाट आउने नागरिकहरुले कम्तिमा तीन दिन अघिको पिसिआर रिपोर्ट अनिवार्य देखाउनुपर्ने निर्णय गरेको छ।




यस्तै कर्णाली प्रवेश गर्ने मुख्य नाकाहरु सल्यानको कपुरकोट र सुर्खेतका बबई तथा कुइनेमा नागरिकहरुलाई प्रवेशमा कडाई गर्नका लागि सामाजिक विकास मन्त्रालयलाई स्थानीय प्रशासनसँग समन्वय गर्ने जिम्मेवारी दिइएको छ। ‘कर्णालीमा पनि लक्षणसहितका कारोना संक्रमित देखिन थालेका छन्, समुदायमा फैलन रोक्नका लागि सीमा नाकामा कडाई गर्ने निर्णय भएको छ,’ मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने, ‘कर्णालीमा भित्रिनका लागि पीसीआर रिपोर्ट अनिवार्य गरेका छौं, रातको समयमा कर्णाली पूर्ण बन्द गछौं।’ समितिको बैठकले सर्वसाधारणलाई अन्तर जिल्ला आवत–जावतमा पनि कडाई गरेको छ। कर्मचारीहरुका हकमा पीसीआर टेष्ट गराएर मात्रै एक जिल्लाबाट अर्को जिल्लामा जाने व्यवस्था मिलाइएको छ।

प्रदेश सरकारले भारतबाट आउने नागरिकहरुलाई अनिवार्य सीमा नाकाका क्वारेन्टिनमा राख्ने र सीमाका क्वारेन्टिनले थेग्न नसक्ने भएमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको भवनलाई क्वारेन्टिनका रुपमा विकास गर्ने भएको छ। यस्तै प्रदेश सरकारले एक पालिका, एक क्वारेन्टिन बनाउन स्थानीय तहहरुलाई निर्देशन दिएको छ।

प्रदेश सरकारले मास्क प्रयोग नगरेर हिँड्नेहरुलाई अनिवार्य जरिवाना गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ। प्रदेश सरकारले समुदायस्तरमा मास्क वितरण गर्ने व्यवस्था मिलाउन स्थानीय सरकारलाई पनि निर्देशन दिएको छ।

यस्तै कर्णालीमा संक्रमितको संख्या बढ्दै गएकाले कुनै पनि धार्मिक र सांस्कृतिक जात्रा, मेला नाचगान, बैठक, गोष्ठी, सेमिनार, छलफल, भेला जस्ता सामूहिक जमघट निषेध गर्ने निर्णय पनि प्रदेश सरकारले गरेको छ। 

यस्तै प्रदेशभित्र हुने विकास निर्माणका काममा बाहिरका कामदार ल्याउँदा उनीहरुको पनि अनिवार्य रुपमा पीसीआर टेष्ट गराउनुपर्ने भएको छ। ‘सकभर प्रदेशभित्रका विकास–निर्माणका कामहरुमा दूरी कायम गरेर स्थानीय कामदारबाटै गराउने, बाहिरबाट ल्याउनु पर्ने भए पीसीआर टेष्ट अनिवार्य रुपमा गर्नुपर्ने निर्णय भएको छ,’ सामाजिक विकास मन्त्री दल रावलले भने, ‘यसका साथै बाहिरबाट आउने कामदारहरुका लागि छुट्टै आचारसंहिता बनाएर निर्देशनको रुपमा जारी गछौं।

यस्तै होटल, रेष्टुरेन्ट पूर्णरुपमा बन्द गर्ने, सुर्खेतको पर्यटकीय क्षेत्र गोठीकाँडामा शुक्रबार र शनिबार ठूलो संख्यामा मानिसहरु जाने भएकाले त्यसलाई नियन्त्रण गर्ने, कालिकोट, दैलेख र सल्यानमा आइसीयू कक्षको संख्या बढाउनेलगायतका निर्णय पनि बैठकले गरेको छ। 

पाँच दिन वीरेन्द्रनगरमा निषेधाज्ञा
जिल्ला प्रशासन कार्यालय र वीरेन्द्रनगर नगरपालिकाले पाँच दिन कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतमा बिहीबार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बैठकले पाँच दिन वीरेन्द्रनगर नगरपालिका बजार क्षेत्रको चार किल्ला तोक्दै निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो। भदौ एक गतेदेखि पाँच गते राति १२ बजेसम्म वीरेन्द्रनगरमा निषेधाज्ञा जारी गरिएको हो। 
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
२१ मिनेट अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४२ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस