कोरोना संक्रमण समुदायस्तरमै फैलिएपछि कपिलवस्तुमा फेरी एक साताका लागि लकडाउन थपिएको छ। आइतबार राति १२ बजेसम्मका लागि लकडाउन गरिएकोमा आगामी भदौ ७ गतेसम्मका लागि लकडाउन थपिएको हो।
जिल्लामा अहिले १ सय ४० जना सकृय संक्रमित छन्। त्यसमध्ये सदरमुकाम तौलिहवामा मात्र १ सय ८ जना छन्। समुदायस्तरमा तीव्र रुपमा संक्रमण फैलिएपछि त्यसको नियन्त्रणका लागि एक साताका लागि लकडाउन थपिएको प्रजिअ दीर्घ नारापण पौडेलले बताए। यसअघि गत साउन २२ गतेदेखि साउन ३२ सम्मका लागि अर्ध लकडाउन गरिएको थियो। साउन २६ देखि ३२ गतेसम्मका लागि पुनः लकडाउन गरिएको थियो।
सो निर्णयपछि अत्यावश्यक सेवा बाहेक सबै सेवाहरु बन्द छन्। सरकारी कार्यालय, बैंकिङ संस्था, बजार, पसल निजी र सार्वजनिक सवारी साधन बन्द गर्ने निर्णय गरिएको छ। कोरोना फैलने उच्च जोखिम बढेकोे र बढी जन सम्पर्क हुने स्वास्थ्यकर्मी, ब्यापारी, बैंक तथा बित्तीय संस्थाका कर्मचारीहरु समेत धमाधम संक्रमित हुन थालेपछि लकडाउन गरिएको हो।
प्रजिअ दीर्घ नारायण पौडेलको अध्यक्षतामा जिल्ला कोरोना विपद ब्यवस्थापन समितिको प्रशासन कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो। स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३ ) तथा संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिम सो निर्णय गरिएको प्रजिअ दीर्घ नारायण पौडेलले बताए। सजगता अपनाई संक्रमणको बिस्तारलाई रोक्न सो निर्णय गरिएको प्रजिअ पौडेलले बताए। उद्योग कलकारखानाको हकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको मापदण्ड अनुसार संचालन गर्न पाईने छ।
खाद्यान्न तथा तरकारी किन्नका लागि बिहान ८ बजेदेखि १० बजेसम्मको समय तोकिएको छ। लकडाउन पालना उल्लंघन गर्नेलाई कडा कारबाही गरिने प्रशासनले जनाएको छ।