सुनसरीमा भदौं ७ गतेसम्म निषेधित क्षेत्र थप गर्ने निर्णय गरिएको छ। जिल्लाका विशेषगरी शहरी क्षेत्रका समुदायस्तरमा कोरोना संक्रमितको संख्या बढेपछि जिल्ला प्रशासन कार्यालयले आइतबार तेस्रोपटक भदौै ७ गतेसम्म निषेधित क्षेत्र थप गर्ने निर्णय गरेको हो।
पहिलो चरणमा जिल्ला सुरक्षा समितिको बैठकले कोरोनाको रोकथाम र नियन्त्रणका साउन २१ राति १२ बजेदेखि साउन २६ गतेसम्म जिल्लाभर निषेधित क्षेत्र घोषणा गरेको थियो। दोस्रोपटक साउन २६ गतेदेखि ३२ गतेसम्म निषेधित क्षेत्र घोषण गर्ने निर्णय गरेको थियो।
प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलका अनुसार सरकारी कार्यालयको अति आवश्यक काम र बैंक तथा वित्तिय संस्थालाई विद्युतीय सेवा प्रवाह गर्न सर्कुलर गरिएको छ। निषेधित क्षेत्र भर बजार, पसल, यातायातका साधन पूर्णरुपमा बन्द हुनेछन्। सर्वसाधारणलाई समेत घरबाट बाहिर हिँडडुल गर्न पूर्ण रुपमा रोक लगाइने प्रजिअ पोखरेलले बताए।