जिल्ला प्रशासन कार्यालय जुम्लाले समुदाय स्तरमा कोराना संक्रमणको फैलिन सक्ने भन्दै साउन ३२ गते राति १२ बजेदेखि निषेधाज्ञा जारी गरेको छ । चन्दननाथ नगरपालिका क्षेत्रका विभिन्न स्थानमा स्वाब संकलन गरी परीक्षण गर्ने क्रममा समुदाय स्तरमा कोराना संक्रमण फैलने खतरा देखिएकोले निषेधाज्ञा जारी गरेको हो ।
चन्दननाथ नगपालिकाको पुर्वमा दानसाँघु,पश्चिममा उमगाड,उत्तरमा कर्णाली प्राविधिक शिक्षालय तथा दक्षिणमा तिला नदिको चारकिल्ला भित्रका औषधि पसल र स्वास्थ्य सेवा बाहेकका सबै क्रियाकलाप बन्द गर्ने जिल्ला गरि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए ।
जिल्लाका अन्य क्षेत्रहरु तातोपानी,तिला,गुठिचौर, हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिकामा समेत अर्को सुचना नआए सम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए । भिडभाड,जमघट,भेला,पर्व,जात्रा तथा आसन्न चाँडपर्वहरु नगर्न नगराउन समेत निर्देशन गरिएको छ । कुनै पसल, संघ संस्था खोल्न समेत यो अवधिमा पाइनेछैन् ।
प्रमुख जिल्ला अधिकारी थापाले संक्रामक ऐन २०२० को २(२)तथा स्थानीय प्रशासन ऐन २०२८ दफा ६ (३) बमोजिम निषेधाज्ञा गरिएको जानकारी दिएका छन् । प्रमुख जिल्ला अधिकारी थापाले सामाजिक तथा ब्यक्तिगत दुरी कायम गर्दै मास्क, सेनिटाईजरको प्रयोग गर्न र साबुनपानीले नियमित रुपमा हात धुनको लागि आग्रह गरे । उनले भने,‘स्वास्थ्य तथा सुरक्षा मापदण्डको पुर्ण पालना गर्न आग्रह गर्दछौँ । ’
जुम्लामा कोरोना भाइरस संक्रमणको परीक्षणमा संक्रमितको दर ९० प्रतिशत भन्दा बढि पुष्टि भएकोले जिल्ला प्रशासन कार्यालय जुम्लाले निषेधाज्ञा जारी गरेको छ। बुधवार राति १२ बजेदेखि लागु हुने गरि निषेधाज्ञा जारी गरिएको हो। नोबेल कोरोना भाइरस कोभिड –१९ नया भेरियन्ट सहितको दोस्रो लहरको संक्रमण तथा रोगका कारण मुलुकमा मृत्यु हुने संख्या दिनानुदिन तीव्ररुपमा बढिरहेकोले जुम्लामा वैशाख ३१ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।
कोभिड १९ संकट व्यवस्थापन केन्द्रको वैशाख २१ गते बसेको बैठकले निषेधाज्ञा गर्न सिफारीस गरेपछि जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गरेको हो। संक्रामक रोग ऐन, २०२० को दफा २(२) र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ५(३) बमोजिम वैैशाख २२ गते राति १२ बजे देखि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए । निषेधाज्ञा उल्लंघन गर्ने व्यक्तिलाई प्रचलित कानून बमोजिम कारबाही गरिने चेतावनी समेत दिएको छ।
अनिर्वाय रूपमा मास्क लगाउने, बेला बेलामा साबुन पानी वा सेनिटाइजर प्रयोग गर्ने र कम्तिमा २ मिटर सामाजिक दुरी कायम गर्ने, अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कन जुम्लाबासीलाई आग्रह गरिएको छ। अनुमति प्राप्त सवारी साधन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ।
जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड अपनाई जिल्ला भित्रका औषधी, उपकरण र उपचारका सामाग्री उत्पादन, बिक्री वितरण तथा दुवानी सेवा,खाद्यवस्तु होम डेलिभरी गर्ने सेवा, बैकिङ, दरसञ्चार, विद्युत सेवा, फोहोर मैला व्यवस्थापन सेवा, एम्बुलेन्स सेवा लगायतका अत्यावश्यक सेवाहरू नियमित रूपमा तथा खाद्यवस्तु, ईन्धन (म्यास, पेट्रोल, डिजेल,मट्टितेल), खानेपानी, दुध फलफूल तरकारी लगायतका अत्यावश्यक व्यवसायहरू दिनमा १ पटक बिहान ६ बजे देखि १ बजेसम्म सुरक्षाका मापदण्ड पालना गरि मात्र खुला गर्ने र अन्य पसल, व्यवसाय, सेवाहरु पूर्णरूपमा बन्द गर्ने गरि निषेधाज्ञा गरिएको छ। जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड भित्र रही बढीमा १० जनासम्म कामदार परिचालन गरी कामदारहरूलाई परियोजना निमार्ण स्थलभित्र बसोबासको व्यवस्था मिलाएर विकास निर्माण कार्य संचालन गर्ने, गराउने, व्यवसायीहरुले औषधी र औषधीजन्य सामाग्रीहरुको नियमित आपूर्तिको व्यवस्था गर्ने ।
कृत्रिम अभाव देखाई मूल्य बृद्धि गर्ने वा कालोबजारी,जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानुन बमोजिम नियन्त्रणमा लिने, सामाग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गर्ने जिल्ला सुरक्षा समितिले निर्णय गरेको छ। अत्यावश्यक सेवा प्रदान गर्ने कार्यालयहरूले कार्यालयको काम बाधा नपर्ने गरी आवश्यक संख्यामा कर्मचारीहरुलाई मात्र बोलाई कार्य संचालनगर्ने व्यवस्था मिलाउने,सामाजिक परम्पराका कार्यक्रमहरू विवाह, पुजापाठ गर्दा जनस्वास्थ्य तथा सुरक्षाको मापदण्ड पूर्ण पालना गरी बढीमा १० जना पर परिवार भित्रका मात्र उपस्थितमा मात्र संचालन गर्ने, गराउने, जिल्ला भित्रका कुनैपनि स्थानमा कुनैपनि किसिमको सभा , समारोह, भेला कार्यक्रम जमघट भई भिडभाड हुने गतिविधि संचालन गर्ने गराउन नपाइने भएको छ।
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...