रौतहटमा बाढी, डुबान र कटानको समस्या निम्त्याउने मुख्य नदीहरू बागमती र बकैयाको संयुक्त निरीक्षण गरिएको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको नेतृत्वमा सुरक्षा प्रमुखहरूले बागमती र बकैया नदीको निरीक्षण गरेका हुन् ।
पछिल्लो समयमा बागमती नदीले विभिन्न स्थानमा कटान गरिरहेको क्षेत्रमा कटानस्थलमै पुगेर समस्या बुझ्ने काम सुरक्षा प्रमुखहरूका साथै नदी नियन्त्रण कार्यालय प्रमुखले गरेका छन् ।
टोलीले राजदेवी नगरपालिकाको ब्रम्हपुरी, बसतपुर, दुर्गा भगवती गाउँपालिकाको बडहर्वा, मत्सरी, गंगापिपरा, माधवनारायण नगरपालिकाको पिपरा रजवाडामा बागमती नदीले स्परलाई क्षति पुर्याएर बाँध कटान गरी ठूलो क्षति पुर्याएको र अहिले पनि अवस्था जोखिमपूर्ण रहेको स्थलगत निरीक्षणको क्रममा देखिएको छ । नदीले कटान गरेर समस्या बढाएको देखिएकोले तत्काल नियन्त्रण गर्न प्राविधिकहरूलाई प्रजिअ यादवले निर्देशन दिएका छन् ।
निरीक्षण टोलीमा प्रमुख जिल्ला अधिकारी यादव, प्रहरी उपरिक्षक रबीराज खड्का, सशस्त्र प्रहरी उपरिक्षक सुर्यबहादुर सेन ओली, राष्ट्रिय अनुसन्धानको एसपी अभिनय सिंह, वागमती लाल बकैया नदी नियन्त्रण कार्यालयको प्रमुख राजकुमार श्रीवास्तव सहित प्राविधिकहरूको सहभागिता रहेको थियो ।
निरीक्षणकै क्रममा वागमती तथा लाल बकैया नदी नियन्त्रण कार्यालयको प्रमुख श्रीवास्तवलाई प्रजिअ यादवले वागमती नदीले बर्षेनी बाँध कटान र त्यसबाट हुने सम्भावित खतराबाट त्रसित बनेका स्थानीय बासिन्दाहरूको चिन्तालाई समाप्त पार्ने दिशामा काम हुनु पर्ने निर्देशन दिएका छन् । नदीको वहावलाई वास्तविक अवस्थाको पहिचान र तत्काल नियन्त्रण गर्नुपर्ने कार्य अनिवार्य रुपमा गरेर असोज पछि दिर्घकालिन रुपमा स्परलाई मर्मत गरेर बाँध कटानको समस्यालाई समाधान गर्नपर्नेमा नदी नियन्त्रण कार्यालयको ध्यान जानुपर्ने प्रजिअ यादवले बताएका छन् ।
‘वर्षा र बाढीको समयमा आपतकालिन काम मात्रै गर्ने हिउद याममा सुतर बस्ने काम अब हुदैन, पहिला जे भयो अब जनताको जिवन रक्षाको साथै राज्यको अर्बौ लगानी भएको संरचनालाई सुरक्षित राख्ने कार्य सम्बन्धित कार्यालयको रहेको हुँदा गुणस्तरिय रुपमा एक पटक मर्मत भएमा आउदो १० बर्ष सम्म केही गर्नु नपर्ने देखिन्छ” निर्देशनको क्रममा प्रजिअ यादवले बताए ।
‘हिउद याममा बाँधलाई मर्मत गर्नुको साथै स्परको लन्चींगलाई व्यवस्थित बनाएमा १५/२० बर्ष सम्म केही गर्नु पर्दैन तर त्यसो नभएको कारण नै बर्षेणी बाढी र कटानको समस्या रौतहटका जनताहरू झेल्नु परेको छ’, ‘उक्त समस्याहरूलाई पहिचान गरेर समाधान गर्नमा आवश्यक पर्ने प्रशासनीक सहयोग गर्न जिल्ला प्रशासन कार्यालय तयार रहेको समेत प्रजिअ यादवले प्रष्ट परे ।’
रौतहट जिल्लामा बाढी, डुबान र कटानको समस्या समाधान हुनुपर्ने स्थानीयको माग रहेको छ ।
गृहमन्त्री बालकृष्ण खाँणले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीको बाढीपहिरो प्रभावित क्षेत्रको आज निरीक्षण गरेका छन्। गत असार १ र १६ गतेको वर्षाको कारण सो क्षेत्रमा बाढीपहिराले ठूलो धनजनको क्षति भएको थियो।
गृहमन्त्री खाँणसहितको टोलीले मेलम्ची नगरपालिकाको मेलम्ची बजार र सो वरपरका क्षेत्र तथा हेलम्बु गाउँपालिकाको वडा नम्बर–२ गणेशबजार क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो। सो अवसरमा गृहमन्त्री खाँणले भत्केका सडक, पुल, घर, कार्यालयलगायतका संरचना निर्माण तथा बाढीपहिरो प्रभावितको उचित व्यवस्थापन गर्न निर्देशन दिएका थिए। साथै टोलीले सो क्षेत्रमा बाढीपहिराबाट भएको क्षति तथा पहिरो प्रभावितको अवस्थाबाको बारेमा जानकारी लिएको थियो।
गृहमन्त्रीसहितको सो टोलीमा सांसद शेरबहादुर तामाङ, पूर्वमन्त्री मोहनबहादुर बस्नेत, योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेल, प्रदेशसभा सदस्य युवराज दुलाल र निमा लामा, गृहसचिव टेकनारायण पाण्डे, सडक विभागका महानिर्देशक अर्जुन थापा, सिँचाइ विभागका उपमहानिर्देशक प्रदीप थापा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक अनिल पोखरेल र हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा सहभागी थिए। सो टोलीले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत र हवाई अवलोकन गरेको जनाइएको छ।
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...