दैलेख, साउन १७- पहिरोले पुरिएर मृत्यु भएका रानीवन गाविस-८ का गोपाल शाहीको मलामी गएका ३८ वर्षीय टोपबहादुर सिंहको खोलाले बगाएर मृत्यु भएको छ।
बिहीबार राति १ बजेतिर आएको पहिरोले घर पुरिएर मृत्यु भएको शाहीको दाहसंस्कार गर्न लगिएको बेला मलामी गएका सिंह खोलामा पौडी खेल्दै गर्दा खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए। रासस