तौलिहवामा कोरोना संक्रमण तीव्र रुपमा समुदायमा फैलिरहेको छ। निदानुदिन संक्रमितको संख्या बढेसंगै तौलिहवा कोरोनाको केन्द्र बन्न पुगेको छ। प्रदेश नम्बर ५ कै सबैभन्दा बढी कोरोना संक्रमति भेटिएको कपिलस्तुको तौलिहवामा दुई सातायता समुदायस्तरमा कोरोना संक्रमण फैलिदै गएको हो।
योसंगै जिल्लामा संक्रमितको संख्या ९ सय ६७ पुगेको छ। मंगलबार एकै पटक जिल्लामा २० जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये १९ जना तौलिहवा र एक जना बाणगंगा नगरपालिकाका भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। तौलिहवामा थपिएका संक्रमित मध्ये एक जना शिक्षक, चार जना विद्यार्थी, चार गृहणी, एक जना प्रहरी, गौरी हेल्थ पौस्टका हेल्पर, किराना पसले एक जना रहेका छन्।
यस्तै सुसारे एक र उनकी छोरी, एम्बुलेन्स चालक एक जना, मर्यापुरका कोल्ड स्टोर संचालक एक जना, कस्मेटिक पसलका एक जना तथा नगरपालिकाको वडा नम्बर ३ का समुदायस्तरका २ जना छन्। यस्तै बाणगंगा नगरपालिका–१ का गल्ला ब्यापारी समेत कोरोना संक्रमित भएका हुन्।
सीमा नाकामाा अझै पनि आउजाउ
कोरोना संक्रमण फैलिएपछि गत बैशाख दोश्रो सातादेखि सीमा नाकामा मालबाहक सवारी साधन बाहेक आउजाउ बन्द छन्। नाकामा कडाइ गर्न सशस्त्र प्रहरी पनि खटिएका छन्। त्यस बेला नाकाबाट छिेरेकाहरु र क्वारेन्टिनमा बसेकाहरु नै बढी संक्रमित भएका थिए। भारत तथा तेश्रो मुलुकबाट आएका ७ सय ७५ जना कोरोना संक्रमित भएका थिए। हाल उनीहरु सबै निको भएर घर फर्किसकेका छन्।
चोर नाकाबाट अझै पनि निर्वाध आउजाउ गर्नेको भिड नाकामा देख्न सकिन्छ। भारतको शोहरतगढ, बढनी लगायतका सीमा नाका बजारमा कोरोना संक्रमित बढेका छन्। कपिलवस्तु नगरपालिकाका स्वास्थ्य संयोजक उमेश गुप्ताले सीमा नाकामा आउजाउ नरोकिदा अहिले तौलिहवाको समुदायस्तरमा कोरोना संक्रमित बढेको बताए। सबैभन्दा बढी ब्यापारी र बैंकिङ संस्थाका कर्मचारी संक्रमित भएका छन्। सीमा नाकामा काडाइ नगरिएसम्म कपिलवस्तमा कोरोना संक्रमणको समस्या नरोकिने दाबी उनले गरे।
यस्तै भारतबाट नेपाल छिर्ने मालबाहक सवारी साधन, त्यसमा रहेको सामान र गाडी चालक र सहचालकबाट समेत कोरोना फैलिरहेको उनले बताए। जिल्लाको कृष्णनगर र सुठौली नाकाबाट सेनिटाइज नगरी मालबाहक सवारी साधानलाई छिर्न दिइदा त्यसले पनि कोरोना संक्रमणको जोखिम बढाएको उनले बताए। जिल्लामा समुदायमै कोरोना देखिएपछि यहि भदौ ७ गतेसम्म लकडाउन जारी गरिएको छ। जिल्लामा १ सय ९७ जना सकृय संक्रमित रहेका छन्।