प्यूठानमा बिषालु च्याउ खाँदा दुईजनाको मृत्यु भएको छ। प्यूठानको नौ बहिनी गाउँपालिका वडा नम्बर ६ धारखोलाका बिष्णु घर्तीका दुई छोरा सुगम र सुरेशको च्याउ खाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ। उनीहरुले ३१ साउनमा जंगलबाट ल्याएर च्याउ खाएका थिए।
त्यसयता बिरामी परेका घरका पाँच जना मध्ये सुगम र सुरेशको सोमबार राति घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख, डिएसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए। उनका अनुसार बिष्णु उनकी श्रीमती र एक छोरा पनि बिरामी रहेको र उनीहरुको प्यूठान जिल्ला अस्पतालमा उपचार भैरहेको छ।
‘३१ गते जंगलबाट ल्याएर च्याउ खाएपछि घरमा रहेका पाँचै जना बिरामी परेका रहेछन्, तर यो कुरा उनीहरुले जानकारी गराएनन्,’ डिएसपी कार्कीले भने ‘तर सोमबार राती बिष्णुका दुई छोराको मृत्यु भएपछि हामीहरुले जानकारी पायौँ, र बिरामी रहेका अन्य तीन जनालाई उपचारका लागि जिल्ला अस्पताल ल्याएका हौँ।’ बिरामी परेका बिष्णुसहित उनकी श्रीमती र एक छोराको स्वास्थ्य अवस्था भने सुधारोन्मुख भएको डिएसपी कार्कीले जानकारी दिए।