प्रदेश १ मा मंगलबार १ सय ३९ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा १ सय ५, झापामा २०, सुनसरीमा ६, संखुवासभामा ३, उदयपुरमा २, पाँचथर र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। संक्रमण देखिएकामध्ये ४२ महिला र ९७ जना पुरुष छन्।
मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ९६ जना संक्रमित भएका छन्। जसमा ३१ महिला र ६५ पुरुष छन्। बुढीगंगामा २ महिला ३ पुरुष, सुन्दरहरैँचामा १ महिला १ पुरुष, ग्रामथान र पथरीशनिश्चरेमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ। उता झापाको दमकमा ७ पुरुष, भद्रपुरमा १ महिला ५ पुरुष, झापा गाउँपालिकामा २ पुरुष, कनकाईमा १ महिला र झापाको स्थानीय तह नखुलेका ४ जना पुरुष, सुनसरीको इटहरीमा १ महिला २ पुरुष, धरानमा २ महिला १ पुरुष, संखुवासभाको सभापोखरीका ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार उदयपुरको बेलका र त्रियुगामा १–१ पुरुष, पाँचथरको कुम्मायकमा १ महिला र धनुषाका १ महिला र महोत्तरीका १ महिलामा संक्रमण देखिएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार २ सय ३२ पुगेको छ।
प्रदेश १ बाट मंगलबार ३४ जना डिस्चार्ज भएका छन्। कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट १६ र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १८ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेमा मोरङका २०, सुनसरीका १२ र झापाका २ जना छन्। प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार १ सय ३३ पुगेको छ।
प्रदेश १ मा मंगलबार २ हजार ६ सय ३१ जनाको पिसिआर परीक्षण गरिएको छ। हालसम्म ७० हजार १ सय २ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।