लिदी पहिरोमा दुई शव फेला, मृतक २४ पुगे
०२ भदौ २०७७
•
१ मिनेट पाठ
लिदी पहिरोमा दुई शव फेला, मृतक २४ पुगे
लिदी पहिरोमा मंगलबार थप दुई शव भेटिएको छ। पहिरोमा बेपत्ताको खाजी गर्ने क्रममा दुई वृद्धा मृत फेला परेका हुन्।  




७२ वर्षीया शिरमाइ दोङ र ८७ वर्षीया धनलक्ष्मी श्रेष्ठको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए। योसँगै लिदी पहिरोमा ज्यान गुमाउनेको संख्या २४ पुगेको छ। पहिरोमा अझै १५ हराइरहेका छन्। 

जुगल गाउँपालिका–२ गोल्चे लिदीमा शुक्रबार बस्ती माथिबाट पहिरो खस्दा ३७ पुरिएका थिए। पहिरोमा घरसँगै ३९ स्थानीय बेपत्ता भएका थिए। बेपत्तामध्ये २४ मृत भेटएका हुन्। पहिरोले सबैभन्दा बढी बालबालिकाको ज्यान लियो। नौ बालक र पाँच बालिकाले पहिरोमा ज्यान गुमाएका छन्। त्यस्तै हालसम्म ६ महिला र चार पुरुषको शव भेटिएको छ। 

बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित डेढ सय संख्यामा रहेका सुरक्षाकर्मी बेपत्ताको खोजीमा परिचालित छन्। 
अर्को समाचार
लिदी पहिरो : थप पाँच शव भेटियो, मृतक १६ पुगे
३१ साउन २०७७
•
१ मिनेट पाठ
लिदी पहिरो : थप पाँच शव भेटियो, मृतक १६ पुगे
लिदी पहिरोमा शनिबार थप पाँच शव फेला परेको छ । योसमेत लिदी पहिरोमा ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । पहिरोमा अझै २३ हराइरहेका छन् ।  




पहिरोमा बेपत्ताको खोजीमा जुटिरहेका सुरक्षाकर्मी टोलीले चार बालबालिकासहित थप पाँच शव फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । उनीहरुको सनाखतसमेत भइसेको उनले जानकारी दिए ।  

स्थानीय माइलापराङ दोङ (१६), च्यामा दोङ (११), बिमला दोङ (७) सात महिने कबीर दोङ र मेकमाइ दोङ (३७) को शब पहिरोमा पुरिएको अवस्थामा भेटिएको हो । जुगल गाउँपालिका–२, गोल्चे लिदीमा शुक्रबार बिहान पहिरो खस्दा ३७ घर पुरेको थियो । घरसँगै ३९ स्थानीय बेपत्ता भएका थिए । शुक्रबार ११ शव फेला परेका थिए । सनाखतपछि ती शवको शनिबार अन्तिम संस्कारसमेत सकिएको छ ।  

थप फेला परेका शबको सनाखत भएकाले सम्बन्धित परिवारलाई जिम्मा लगाउने प्रक्रिया सुरु भएको डिएसपी काफ्लेले जानकारी दिए । शनिबारै गम्भिर घाइते दावाग्याल्वो दोङलाई उपचारका लागि चौतारा अस्पताल ल्याइएको छ । यसअघिको उद्धारको क्रममा उनी छुटेका थिए । योसमेत गम्भिर घाइतेको संख्या ६ पुगेको छ । चारको चौतारा र एकको राजधानीको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।  

पहिरोमा बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको टोली बेपत्ताको खोजीमा जुटेको छ । पहिरोमा धेरै बालबालिका परेको देखिन्छ । फेला परेका शवमध्ये ११ बालबालिकाका छन् । तीन महिला र दुई पुरुषको शव भेटिएको हो । 
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५८ सेकेन्ड अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २५ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस