चार दिनपछि खुल्यो कर्णाली राजमार्ग
०२ भदौ २०७७
•
२ मिनेट पाठ
चार दिनपछि खुल्यो कर्णाली राजमार्ग
अबिरल वर्षासंगै गएको पहिरोका कारण बन्द कर्णाली राजमार्ग पाँच दिनपछि खुलेको छ। वर्षाले कर्णाली राजमार्गको कालिकोट खण्डमा दर्जनौ स्थानमा पहिरो गएको थियो। सडक डिभिजन कार्यालय जुम्ला र कालिकोट प्रहरीको सक्रियतामा कर्णाली राजमार्ग पुर्णरुपमा खुलेको डिएसपी श्यामबाबु ओलियाले जानकारी दिए। उनले भने,‘पहिरोले चार दिनसम्म कर्णाली सडक ठप्प बन्यो। सयौँ सवारीसाधन बीचैमा अलपत्र परे। यात्रुहरु हिडेर गन्तब्यमा पुगे। चार दिनपछि बल्ल सडक खुल्यो। अब सवारीसाधन सञ्चालन नियमित रुपमा सञ्चालनमा आउनेछन्।’




निरन्तरको भारी वर्षासँगै शुभकालिका गाउँपालिका १ स्थित गगने खोला, काले खोला, जिते, शेरिघाट, मान्म, गल्ली, सिम्लेगाड लगायतका दर्जनौ ठाउँमा पहिरो खसेको थियो। कालिकोट र दैलेखको सिमाना दहीखोलादेखि जुम्ला कालिकोटको सिमाना नाग्मसम्म दर्जनौं ठाउँमा पहिरो खसेका कारण राजमार्ग ठप्प थियो। राजमार्ग पुर्ण रुपमा बन्द हुँदा बाटोमा खानेकुरादेखि बस्ने ठाउँसम्मको सकस भोग्नु परिरहेको यात्रुहरु बताउँछन्। उनीहरुले वर्षा नभएपनि सुख्खा पहिरो खस्नाले यात्रा गर्न निकै जोखिम बढेको गुनासो गरेका हुन्।

कर्णाली राजमार्गको दैहिखोला र एसमोडको बीचमा पर्ने गगने खोलामा ठूलो पहिरो खसेको थियो। डिभिजन सडक कार्यालय जुम्लाको डोजर कालिकोट जिल्ला सदरमुकाम मान्मदेखि दैलेखतिरको सडकमा पहिरो पन्छाउँदै गएपछि सडक खुलेको हो। गगने खोलामा निकै ठूलो चट्टाने पहिरो खस्यो। दैनिक रुपमा गगने खोलामा पहिरो खस्दा यातायात सेवा अवरुद्ध हुने गरेका छन्। गगने खोलाको पहिरोका कारण कर्णाली राजमार्गमा संचालन हुने यात्रुबाहक तथा मालबाहक सवारी साधन र यात्रुहरुले निकै सास्ती खेप्नु परेको छ।

यात्रुहरुले पहिरो क्षेत्रमा जोखिम मोल्दै हिडेर वारपार गर्ने गरेका थिए। कतिपय सवारी तथा यात्रु बाटोमै अलपत्र परेका भेटिन्छन्। राजमार्ग अवरुद्ध हुँदा जुम्लाबाट सवारी फेर्दै पाँच दिन लगाएर सुर्खेत पुगेका खगेन्द्र खत्रीले कोरोनाको त्रास फैलिएको बेला राजमार्गका कारण त्यहाँका होटलहरुले निकै महंगी बढाएको बताए। कालिकोटको तिलागुफा नगरपालिका ५, खाँडाचक्र नगरपालिकामा ५ र शुभकालिका गाउँपालिकामा चारपाँच वटा पहिरो गएको थियो। सडक डिभिजन कार्यालय जुम्लाको टोली सडक खुलाउन राजमार्गमा अहोरात्र खटिएको छ। दुई वटा जेसिभि राजमार्गमै राखेर काम गरिरहेको छ।  

कालिकोट प्रहरी प्रमुख डिएसपी श्यामबाबु ओलिया भन्छन्,‘अहिले सडक पुर्णरुपमा खुलेको छ। तर पहिरो खस्ने नखस्ने एकीन छैन। सामान्य वर्षा हुनेवित्तिकै पहिरो गइहाल्छ।’ कर्णाली राजमार्गमा वर्षायाममा पहिरो र हिउँदमा धुलोले सताउने गर्छ।
अर्को समाचार
दुई दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग खुल्यो
२८ भदौ २०८१
•
१ मिनेट पाठ
दुई दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग खुल्यो
पहिरोले बन्द भएको कर्णाली राजमार्ग दुई दिनपछि सुचारु भएको छ।




बुधबार बेलुकीको अविरल वर्षापछि कर्णाली राजमार्गमा पर्ने कालिकोटको गंगनेखोला एसमोड र हुल्ममा माथिबाट खसेको पहिरो दुई दिन लगाएर हटाएपछि सडक खुलेको हो।

पहिरोले शुभकालिका–१ मा पर्ने गगने खोला, एस मोड, काले खोला हुल्मलगायतका ठाउँमा सडक अवरुद्ध भएको थियो।

गगने खोला लगायतको पहिरो हटाएर गाडीहरूको आवतजावत सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज टोपबहादुर महताराले बताए। वर्षा रोकिएपछि  सडक डिभिजन कार्यालय जुम्लाको मेसिनले पहिरो हटाएको छ।
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १३ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस