कोरोना कहरमा निजी शिक्षक
०२ भदौ २०७७
•
३ मिनेट पाठ
कोरोना कहरमा निजी शिक्षक
जागिर पुर्नवहालीको माग गर्दै ज्ञापन पत्र बुझाउँदै बर्खास्तमा परेका पद्मोदय पब्लिक माविका शिक्षक ।
घोराही उपमहानगरपालिका वडा नम्बर २ स्थित गंगा माध्यामिक बिद्यालयका चार जना शिक्षक गत वैशाखमा निकालिए। कोरोना संक्रमणका कारण विद्यालयको पठनपाठन ठप्प हुँदा आयस्रोत शून्य बनेको कारण विद्यालयले देखायो। आयस्रोत शून्य बनेको भन्दै विद्यालयले नियुक्त गरेका चार निजी शिक्षकहरुलाई तलव दिन नसकिने बहानाबाजी विद्यालय गर्यो। अन्ततः विद्यालय व्यवस्थापन समितिको निर्णयका आधारमा चारैजना निजी शिक्षकहरुलाई बिदाई पत्र थमाईयो।  




‘हामीहरुलाई विद्यालयको आयस्रोत कम भएको र तलव सुविधा दिन नसकिने भनेर कोरोनालाई कारण देखाईयो,’ जागिर मुक्त गरिएका एक शिक्षकले भने ‘तर राजनीतिक पूर्वाग्रहका आधारमा हामीहरुलाई हटाइयो, कोरोना केबल बहाना बनिदिएको मात्रै हो।’ तर विद्यालयले भने उनीहरुलाई राजनीतिक पूर्वाग्रह नभई कठिन परिस्थीतिले निमत्याएको नतिजा भनेर दाबी गर्दै आएको छ।  

रामपुरको यो विद्यालयका चार शिक्षक मात्रै हैनन्। कोरोना प्रभावका कारण शिक्षा क्षेत्र अस्तब्यस्त बन्दा यसको प्रत्यक्ष मारमा निजी शिक्षकहरु परेका छन्। केहि शिक्षकहरुले जागिरबाटै हात धुनु परेको छ भने केहिको जागिर अन्यौलमै छ। विभिन्न विद्यालयहरुले कोरोना प्रभावका कारण विद्यालयको आर्थिक अवस्था धरासायी बनेको जनाउँदै निजी शिक्षकहरुलाई धमाधम बिदाई गर्न थालिएको छ। रामपुरमा रहेको गंगा माध्यामिक विद्यालयका चार शिक्षकपछि दाङकै सबै भन्दा पुरानो सामुदायिक विद्यालय पद्मोदय पब्लिक माबिबाट कोरोना प्रभावका कारण ५४ शिक्षकले जागिरबाट हात धुनु परेको छ।  

यसैगरि २७ जना विद्यालयका अन्य कर्मचारीहरुलाई बिदाई गरिएको छ। कोरोना संक्रमणको जोखिमका कारण विद्यालयको पठनपाठन ठप्प हुँदा आयस्रोत शून्य बनेको भन्दै विद्यालयले ५४ जना निजी शिक्षकहरुलाई बिदाई गरिदिएको छ। उनीहरुले गत चैत यताको सेवा सुवधा समेत पाएका छैनन्। ‘अहिले कोरोना संक्रमणको जोखिमका कारण विद्यालय बन्द हुँदा आयस्रोत ठप्प छ,’ विद्यालयका प्रधानाध्यापक रामप्रसाद जैशीले भने, ‘यस्तो बेलामा उहाँ(निजी शिक्षक) हरुलाई तलव खुवाउन नसकिने भयो, अनि उहाँहरुलाई हाललाई बिदाई जस्तै गरिएको हो।’  

विद्यालयमा नियमित पठनपाठन सुरु भए उनीहरुलाई आवश्यक्ताका आधारमा बोलाईने भन्दै पत्र काटेको छ। तर पत्रमा उल्लेख भए अनुसार सबै शिक्षकहरुलाई पुनः हाजिर गराउने सम्भावना भने धेरै कम रहेको विद्यालयका प्रधानाध्यापक जेशीको भनाईले पुष्टि गर्छ। उनले विद्यार्थीको अनुपातका आधारमा विदाई गरिएका शिक्षकहरुलाई प्राथमिकतामा राखेर पुनः नियुक्ती गरिने बताए।  

‘उहाँहरु सबैलाई पुनः नियुक्ती हुने नहुने भन्ने बारेमा अहिले यसै भन्न सकिने कुरा भएन,’ विद्यालयका प्रधानाध्यापक जैशीले भने ‘तर शिक्षा क्षेत्र सहज भयो भने र विद्यार्थीको संख्याका आधारमा उहाँहरुलाई आवश्यक्ता हेरि पुनः नियुक्ती गरिने छ।’ यता कोरोना संक्रमणको बिषम परिस्थीतिका बेला आफूहरुलाई जागिरबाट निष्काशन गरेर विद्यालयले ठूलो घात गरेको बताएका छन् । उनीहरुले आफूहरुलाई पुनःनियुक्तीका लागि माग गर्दै ज्ञापन पत्र समेत बुझाएका छन्।  

‘यस्तो कोरोना कहरका बेला हामीहरुलाई विद्यालयले थप अपमान गरेको छ,’ एक शिक्षकले भने ‘हामीहरुलाई लकडाउनभर बेतलवी राखेर अहिले बिदाई गरिनु हामी माथिको घोर अन्याय हो।’ जागिर पुर्नवहालीको माग गर्दै ज्ञापन पत्र बुझाएका शिक्षकहरुलाई विद्यालयले पहलका गर्ने आश्वासन दिएको छ। ‘विद्यालय व्यवस्थापन समितिको बैठकमा राखेर यो विषयमा छलफल गर्छौँ,’ विद्यालयका प्रधानाध्यापकको भनाई उदृत गर्दै एक शिक्षकले भने।  

निजी शिक्षकहरुलाई कोरोनको कारण देखाउदै केहि विद्यालयहरुले जागिरबाटै निकालेपछि अन्य विद्यालयमा कार्यरत निजी शिक्षकहरुलाई समेत सन्त्रास फैलन थालेको छ।
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
३० मिनेट अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५२ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस