प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीकी नेतृ उमा भूजेलसहित दुई जनालाई अदालतको आदेशमा रिहा भएलगत्तै मंगलबार सुनसरी प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत सुनसरीले नेतृ भूजेल र झापाका सुमनसिंह पौडेललाई साधारण तारेखमा रिहागरेलत्तै प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई राखिएको स्थान भने प्रहरीले गोप्य राखेको छ।
‘दुवै जनालाई तीनवटा मुद्दामा साधारण तारेखमा रिहा गर्ने आदेश भएको हो,’ अदालतका श्रेष्तेदार नगेन्द्रकेशरी पोखरेलले भने। अदालतमा भूजेल र पौडलविरुद्ध धरानको दिल्ली पब्लिक स्कुल र इटहरीको गोदावरी कलेजमा बम विस्फोट गरेको र धरानको पानवारीमा बम विस्फोट गरेको घटनामा राज्यविरुद्धको कसुर, विस्फोटक पदार्थ र संगठित अपराध ऐन अन्तर्गत मुद्दा दायर भएको थियो।
तीनवटा मुद्दामध्ये दुईवटा मुद्दामा धुव्रकुमार उप्रेती र एउटा मुद्दामा धर्मराज पौडेलको आदेश गरेका थिए। माओवादी जनयुद्दमा गोरखाको जेल ब्रेक गरेर चर्चामा आएकी भूजेल पटकपटक गरिफतारमा पर्दै आएकी छन्।