कर्णाली नदी व्यवस्थापन आयोजनाअन्तर्गत निर्माण भएको तटबन्ध दुई वर्ष नबित्दै नदीले भत्काएको छ। दुई सय मिटर लामो तटबन्ध भत्काएपछि बर्दियाको राजापुर नगरपालिकालगायत आसपासका दर्जनौं गाउँ बाढी र कटानको उच्च जोखिममा परेका छन्।
राजापुरमा बाढी र कटान रोक्न आर्थिक वर्ष २०७२/०७३ मा करिब ८ सय मिटर लामो तटबन्ध रु ६ करोड ८६ लाख ४० हजारको लागतमा निर्माण भएको थियो। तीमध्ये २ सय मिटरभन्दा बढी तटबन्ध नदीले भत्काएको छ।
सरकारको प्राथमिकतामा परेको कर्णाली आयोजनाको काम गुणस्तरहीन भएकाले दुई वर्षमै भत्किएको स्थानीयवासीको गुनासो छ। तटबन्ध बगाएपछि यस क्षेत्रका खेतीयोग्य जमिन कर्णाली नदीले कटान गरिरहेको स्थानीयवासीले बताएका छन्। तटबन्ध बगाएको ठाउँबाट करिब तीन सय मिटर परसम्म कटान भइरहेको बताइएको छ। कटान रोकिएन भने सिङ्गो राजापुर बजार उच्च जोखिममा पर्ने देखिएको छ।’
कर्णाली नदीको बाढीले २०७० सालमा बर्दियाको राजापुर क्षेत्र डुबानमा परेको थियो। त्यसपछि २०७१ सालमा कर्णाली नदी व्यवस्थापन आयोजना स्थापना गरी नदी नियन्त्रणको काम भइरहेको छ। नदी कटान रोक्ने प्रयास भइरहेको आयोजनाले जनाएको छ। आव ०७१/०७२ मा पाँच वर्षभित्रमा करिब ७३ किमी तटबन्ध गर्ने लक्ष्यका साथ आयोजनाले काम शुरु गरेको थियो। हालसम्म करिब १७ किमी तटबन्धको काम सम्पन्न भएको छ।
केही दिनदेखि भइरहेको वर्षाका कारण कर्णाली नदीमा पानीको बहाव उच्च भएपछि तीव्र रुपमा कटान भइरहेको छ। कटानका कारण नदीको बाढी बस्तीमा पस्ने डरले स्थानीयवासी रातभर जागराम बस्दै आएका छन्। अहिले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दा अस्थायी रुपमा तटबन्ध बनाउन व्यस्त छन्।
आयोजना र निर्माण कम्पनीकै कारण राजापुर कटान र बाढीको उच्च जोखिममा रहेको स्थानीय जनप्रतिनिधिको आरोप छ।