प्रदेश १ मा थपिए १ सय २३ जना संक्रमित
०३ भदौ २०७७
•
१ मिनेट पाठ
प्रदेश १ मा थपिए १ सय २३ जना संक्रमित
प्रदेश १ मा बुधबार १ सय २३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। संक्रमण पुष्टि भएकामा ३३ महिला र ९० पुरुष छन्। मोरङमा ६७, सुनसरीमा ३७, झापामा १६, पाँचथरमा १ र २ जना भारतका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।




विराटनगरमा बुधबार ५२ जना संक्रमित थपिएका छन्। संक्रमितमध्ये ३२ पुरुष र २० महिला छन्। मोरङको रंगेलीमा ५ महिला ४ पुरुष, बुढीगंगामा १ महिला १ पुरुष, कटहरीमा १ महिला, धनपालथान, कानेपोखरी र मिक्लाजुङमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।  

सुनसरीको हरिनगरमा १२ पुरुष १ महिला, दुहबीमा ८ पुरुष ३ महिला, बर्जुमा ४ पुरुष १ महिला, इटहरीमा ४ पुरुष, धरान र रामधुनीमा २–२ पुरुष, झापाको दमकमा ८, भद्रपुरमा ३, विर्तामोड, कचनकवल र कमल गाउँपालिकामा १–१ पुरुषको रिपोर्ट पाजेटिभ आएको छ। झापाका २ र पाँचथरका १ पुरुषको स्थानीय तह नखुलेको मन्त्रालयले जनाएको छ। आज संक्रमण पुष्टि भएकामा भारतका १ महिला र १ पुरुष रहेका छन्। प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ५५ पुगेको छ।  

प्रदेश १ मा बुधबार २ जना डिस्चार्ज भएका छन्। मेची अञ्चल अस्पताल धाईजन आइसोलेसन केन्द्रबाट झापाका २ जना डिस्चार्ज भएका छन्। प्रदेश १ बाट १ हजार १ सय ३५ जना डिस्चार्ज भएका छन्।  

प्रदेश १ मा बुधबार १ हजार ९ सय ४१ जनाको पिसिआर परीक्षण गरिएको छ। हालसम्म ७२ हजार ४६ जनाको पिसिआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
अर्को समाचार
प्रदेश ५ मा २३ जना संक्रमित थपिए, संक्रमित संख्या ९३ पुग्यो
३१ वैशाख २०७७
•
१० मिनेट पाठ
प्रदेश ५ मा २३ जना संक्रमित थपिए, संक्रमित संख्या ९३ पुग्यो
प्रदेश न. ५ का ४ जिल्लामा बुधबार कोरोनाका २३ जना नयाँ संक्रमित थपिएका छन् । ४ र १० बर्षका बालिका सहित महिला र सुरक्षाकर्मीलाइ समेत कोरोना संक्रमण देखिएको छ । बुधबार रुपन्देहीमा दुइ बालिका सहित १२ जना, कपिलवस्तुमा चार जना सुरक्षाकर्मी सहित ९ जना र बाँके र नवलपरासीमा एक/एक जना संक्रमित फेला परेका हुन् ।  




रुपन्देहीमा तीन महिला सहित १२ जनामा कोरोना संक्रमण देखिएको हो । रुपन्देहीको गैडहवा गाँउपालिकाको क्वारेन्टाइनमा राखिएका १० जनामा कोरोना पोजेटिभ देखिएको छ । ती मध्ये दुइ जना ४ र १० बर्षका बालिका छन । एक जना २८ बर्षे महिला छन । बाँकी ९ जना पुरुष २२ बर्षदेखि ४१ बर्ष उमेर समुहका छन । केही दिन अघि भारतबाट फर्केर क्वारेन्टाइनमा बसेका उनीहरूको स्वाव राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पिसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको हो । बालिकाहरू पनि आफ्ना आमाबुवा संगै भारतबाट फर्किएको बताइए पनि पुष्टि भइसकेको छैन् ।  

भिम अस्पताल भैरहवाको आइसोलेसनमा उपचार गराइरहेका दुई जनामा पनि कोरोना पोजेटिभ देखिएको छ । ती मध्ये एक जना ३२ बर्षे पुरुष कपिलवस्तुको बिजयनगरका हुन भने अर्का २८ बर्षे पुरुष भारतको गोण्डाका हुन् । उनीहरु दुवै जना तीन दिन अघि ज्वरो आएपछि भैरहवा स्थित भिम अस्पतालमा ल्याइएको थियो । 

अहिले उनीहरूको स्वास्थ्य अवस्था स्थिर रहेको असपतालका सुचना अधिकारी गोपाल उपाध्यायले बताए । नेपालमै कार्यरत ती भारतीय युवक भैरहवाको निमा स्मृति प्रतिष्ठानमा क्वारेन्टाइनमा थिए । सो क्वारेन्टाइनमा भारतीयहरुलाइ राखीएको छ । यससगै रुपन्देहीका संक्रमितको संख्या २८ पुगेको छ ।  

नवलपरासीमा भने पहिलो पटक एक जनामा कोरोना पोजेटिभ देखिएको छ । जिल्लाको प्रतापपुर गाँउपालिकाको त्रिभुवन उच्च मावि बेलाटारीको क्वारेन्टिनमा बसेका ३६ बर्षे पुरुषमा कोरोना देखिएको हो । उनी प्रतापपुरको ५ नम्बर वडाका बासिन्दा हुन् । उनीपनि केही अघि भारतबाटै फर्केका हुन् । 
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस