उपचारका लागि भौतारिँदै गयो ज्यान
०४ भदौ २०७७
•
३ मिनेट पाठ
उपचारका लागि भौतारिँदै गयो ज्यान
मंगलबार प्रादेशिक अस्पताल जनकपुरमा छोरा प्रमोदलाई काँधमा बोकेर उपचारका लागि भौतारिँदै योगेन्द्र र रामकुमारी । तस्बिरःनागरिक
अस्पतालले भर्ना लिदिएको भए योगेन्द्र र रामकुमारी छोरा प्रमोदका साथ सवैलास्थित आफ्नो घरमा हाँसिखुसी बसेका हुन्थे। तर त्यसो हुन सकेन। प्रादेशिक अस्पतालले भर्ना नलिदिएपछि बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजादै गर्दा बाटोमै प्रमोदको जिवन गुमेपछि यो परिवारको भरोसाको यात्रा यहीं रोकिएको छ।




धनुषाको सवैला नगरपालिका–२ का योगेन्द्र महतो रुँदैछन्। बुढेसकालको साहारा जवान छोरा गुमाउनुको पीडाले रामुकुमारी मूर्छित छिन्। आफन्तले पिलाएको पानीको सहारामा उनको प्राण त अडिएको छ तर अझै पूर्ण होसमा आउन सकेकी छैनन्। बेलाबेला होस खुल्नेबित्तिकै उनी ‘हमर बाबुके देखादु’ भन्दै चिच्याउँछिन्, एक छिनपछि मूर्छा परिहाल्छिन्।

मंगलबार सिकिस्त बिरामी छोरा प्रमोदालाई उपचारार्थ योगेन्द्र र रामकुमारी एम्बुलेन्समा प्रादेशिक अस्पताल जनकपुर लगेका थिए। प्रमोदलाई एम्बुलेन्सबाट अस्पतालसम्म योगेन्द्र र रामकुमारी काँधमा बोकेर पुर्याएका थिए। अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई भर्ना गर्न इन्कार गरे। योगेन्द्र दम्पती डाक्टरलाई बिन्ती बिसाए। जती गर्दापनि भर्ना लिन मानेनन्।

किड्नीको बिरामी प्रमोदको शिक्षण अस्पताल काठमाडौंमा डायलासिस हुँदै थियो। लकडाउन भएपछि घर फर्केका उनी पुनः काठमाडौं जान नसक्ने गरी थला परे। योगेन्द्रले काठमाडौंस्थित डाक्टरसँग फोनमा समस्या साझा गरे। डाक्टरले नजिकको जनकपुर अस्पतालमा तत्काल डायलासिस गराउन सुझाव दिएका थिए।  

पीडाले छटपटाइरहेका छोरा काँधमा बोकेका बृद्ध आमाबुवा डाक्टरलाई जती बिन्ती बिसाए पनि डायलासिसका लागि भर्ना लिन मानेनन्। ‘छिटो डायलासिस नभए छोरा छटपटाएर दम तोड्छ’ भन्दै डाक्टरलाई जती बिन्ती गरेपनि सुनेनन्। योगेन्द्र भक्कानिँदै नागरिकसँग भने,‘प्रादेशिक अस्पतालले डायलासिस गर्न इन्कार गर्दा जवान छोरा आकालमै गुमाउनुपर्यो।’  

सुरुमा अस्पतालको गेटमै रोकेर गार्डले कोरोनाका बेला जटिल विरामी भर्ना नलिने भन्दै फर्काउन खोजेका थिए। योगेन्द्रले भने,‘धेरैबेर गेटमै रोकिएपछि छोराको छटपटि बढेर बान्ता गर्न थाल्यो। शरीर पनि सुनिन थालेको थियो। छोराको ज्यान बचाइदिन डाक्टरको खुट्टा समेत ढोग्यौ तर डायलासिस गर्न राजी भएनन्।’

एक वर्षअघि काठमाडौँमै पढ्दै गर्दा प्रमोदले रतmदान गरेका थिए। रतmदानपछि त्यहाँका स्वास्थ्यकर्मीले उनलाई किड्नी जाँच गराउन सल्ला दिए। जाँच गराउँदा उनको दुबै किड्नीमा खराबी आइसकेको रहेछ। त्यसपछि उनी शिक्षण अस्पतालमा थप परीक्षण गराई उपचारमा गएका थिए। उनी  शिक्षण अस्पतालबाट किड्नीको डायलासिस गराउँदै औषधि सेवन गर्दै आएको परिवारजनले बताए।

उनी काठमाडौंबाट फर्केको दश दिन मात्र भएको थियो।  स्वास्थ्यमा सुधार भएपछि उनी घर फर्केका थिए। उनको अवस्था सुधारात्मक भएको र केहि समय अझ डायलासिस गराएपछि बिसेक हुने डाक्टरले बताउँदै आएका थिए, योगेन्द्रले भने। डाक्टरले केहीदिन काठमाडौंमै बसेर उपचार गराउन पनि सल्लाह दिएका थिए। तर, स्वास्थ्यमा सुधार भएको र डायलासिसको सेवा जनकपुरमै पनि उपलब्ध भएको भन्दै उनी घर फर्केका थिए।

मंगलबार प्रादेशिक अस्पतालले भर्ना नगरेपछि बुधबार एम्बुलेन्समा बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजादै गर्दा सिरहाको मिर्चैया नजिक प्रमोदको निधन भएको आफन्त रामप्रकाश महतोले बताए।  

प्रादेशिक अस्पताल जनकपुरले प्रेस विज्ञप्ती जारी गरेर प्रमोदको मृत्युमा अस्पतालको कुनै दोष नरहेको प्रष्टिकरण दिएको छ। अस्पताल प्रशासनले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘ मंगलबार साँझ ५ बजे अस्पतालको इमरजेन्सी विभागमा मिर्गौला सम्बन्धी रोग भएको भन्दै बिना कुनै कगजात आएकोले विभिन्न जाँच गराउन भनिएको थियो। 

तर अस्पताललाई जानकारी नदिई गएको विज्ञप्तीमा उल्लेख छ। यस अस्पतालमा उनको कहिल्यै डायलासिस नभएको समेत विज्ञप्तीमा उल्लेख छ। यस अस्पतालमा डायलासिस बेडको सीमितताका कारण ४० जना भन्दा बढी विरामी प्रतिक्षा सूचीमा रहेको समेत विज्ञप्तीमा उल्लेख छ।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
५४ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस