काठमाडौं, भदौ २८ (नागरिक)- चितवन राष्ट्रिय निकुञ्जभित्र संचालनमा रहेका ७ होटलहरुको संचालन रोक्न सर्वोच्चले अन्तरिम आदेश जारी गरेको छ। असार मसान्तबाट अनुमति सकिएका होटलहरु सर्वोच्चको यो आदेशसँगै संचालन हुन नपाउने भएका छन्।
अधिवक्ता विजयकुमार बस्नेतले अघिल्लो साता दर्ता गरेको रिटमा बुधबार न्यायाधीशद्वय ताहिर अलि अन्सारी र भरतराज उप्रेतीको संयुक्त इजलासले प्रक्रिया नपुर्याई संचालनमा रहेका होटलहरुसमेतलाई संचालन नगर्न आदेश जारी गरेको हो।
'ऐन नियमका प्रक्रिया नपुर्याई प्रतिकुल हुने गरी होटल संचालन नगरी यथास्थितिमा राख्नु,' आदेशमा भनिएको छ। चितवन राष्ट्रिय निकुञ्जभित्र होटल बनाउँदा वातावरणमा प्रतिकुल असर पर्ने र त्यहाँ रहेका वन्यजन्तु समेतलाई असर गर्ने भन्दै परेको रिटमा बुधबार सर्वोच्चले यस्तो आदेश दिएको हो।
रिटमा प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, वन तथा भू-संरक्षण, वातावरण विज्ञान तथा प्रविधि, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, चितवन राष्ट्रिय निकुञ्ज, निकुञ्ज भित्र भएका आईल्याण्ड जंगल रिसोर्ट, टेम्पल टाईगर्स, टाईगर टप्स, सफारी नारायणी, मचान वाईल्ड लाईफ, गैँडा वाईल्ड लाईफ र चितवन जंगल लजलाई विपक्षी बनाइएको छ।
यी होटलहरुलाई हचुवाको भरमा २०६६ सालमा तीन वर्षका लागि भनेर संचालन गर्न दिए पनि उनीहरु अझै संचालन गरिरहेको रिटमा दाबी गरिएको थियो। सर्वोच्चले त्यही रिटको सुनुवाईमा अब संचालन नगर्न र यथास्थितिमा राख्न विपक्षीलाई आदेश दिएको हो।