समुन्द्र पौडेल, तनहुँ, असोज १ - अबिरल वर्षासंगै आएको बाढीले पृथ्वी राजमार्ग अर्न्तगत तनहुँको आँबुखैरेनी-डुम्रे सडक खण्ड अवरुद्ध भएको छ। आँबुखैरेनी गाविसको खहरे खोला बढेर सवारी साधन ओहोरदोहोर हुन नसकेपछि आज बिहानैदेखि पृथ्वी राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।
बाढीका कारण सवारी साधन खोला तर्न नसकेपछि दुवैतर्फका सवारी साधनमा यात्रारत यात्रु अलपत्र परेका छन्। त्यसैगरी पहिरोका कारण डुम्रे बेशीसहर सडक खण्ड समेत अवरुद्ध बनेको छ। वर्षायाममा हरेक वर्ष खहरे खोलाले दुःख दिने गरेपनि सडक विभागले वास्ता नदेखाउँदा यात्रुहरुले सास्ती खेप्नु परेको स्थानीय बासिन्दाको भनाइ छ।
तनहुँको भन्सार नजिकै गएको पहिरोका कारण सडक अवरुद्ध बनेको हो। पहिरो हटाएर सडक सुचारु गर्नका लागि पहल भइरहेको इलाका प्रहरी कार्यालय डुम्रेका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले बताए।
राजमार्गको पुल भाँचिदा यातायात ठप्प
यसैबीच राससले जनाए अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको प्रगतिनगरमा रहेको लोकाहा खोलाको पुल भाँचिएको छ।
जीर्ण रहेको सो पुलमा एक वर्षअगाडिदेखि एकतर्फीरुपमा मात्र सवारीसाधन चलेका थिए। पुल भाँचिएपछि तीन दिनदेखि लगातार परेको झरीका कारण खोला बढेकाले सवारीसाधन वारपार हुन सकेका छैनन्। पूर्वबाट आएका सवारी पूर्वतिर र पश्चिमबाट आएका सवारीसाधन पूर्वतिर रहेका छन्। सवारीको व्यवस्थापन गर्न कठिनाइ भएको प्रहरी जनाएको छ।
तीजका बेलामा दर खान हिँडेका चेलीहरु अलपत्र परेका छन्। डाइभर्सन गरेर यातायात चलाउन पनि खोला बढेकाले समस्या भएको छ। राजमार्ग रहेको जीर्ण पुलको समयमा मर्मत नहुँदा यस्तो समस्या आएको हो। नारायणगढबाट ३० किलोमिटर पश्चिममा रहेको पुल भाँचिएपछि पश्चिम आउने सवारीसाधनलाई गैँडाकोटमै रोक्न लगाइएको प्रहरीले जनाएको छ। बिहानै पुल भाँचिए पनि मानवीय क्षति भएको भएको छैन।
यसैगरी केही दिनदेखि लगातार रुपमा परेको अविरल वर्षाका कारण राप्ती राजमार्गअर्न्तगत तुलसीपुर–सल्यान–रुकुम सडकखण्ड पहिरोका कारण गए रातिदेखि अवरुद्ध भएको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार सो सडकखण्डको तुलसीपुर नगरपालिका– १को लाहुरेचौर भन्ने ठाउँमा ठूलो पहिरो खसेपछि गए राति ९ बजेदेखि बाटो अवरुद्ध हुँदा यात्रु बीच बाटामा नै अलपत्र परेका छन्। बाटो अवरुद्ध भएपछि रुकुम एवम् सल्यान जिल्लाबाट आएका यात्रु लाहुरेचौर र राजधानीलगायत अन्य ठाउँबाट ती जिल्लामा हिँडेका यात्रु तुलसीपुरमा रोकिएका छन्।
बाटो सञ्चालन गर्ने सम्बन्धमा सडक डिभिजन कार्यालय दाङबाट डोजर माग गरिएको जनाइएको छ। गएराति प्रहरी, यातायात व्यवसायीका प्रतिनिधि र स्थानीयवासीले पहिरो हटाउन सुरु गरे पनि वर्षा नरोकिँदा समस्या परेको जनाइएको छ। पहिरो धेरै खसेका कारण यातायात सञ्चालन हुन समय लाग्न सक्ने जनाइएको छ। विशेषगरी तीज मनाउन माइत हिँडेका महिला अलपत्र परेका छन्।
यता वर्षाका कारण दाङका एक दर्जनभन्दा बढी खोलामा बाढी आउँदा यातायात सञ्चालनमा कठिनाइ परेको राप्ती अञ्चल बस व्यवसायी समितिले जनाएको छ। बाढीका कारण तुलसीपुर–घोराही सडकखण्डमा पर्ने खोलामा भेल आएका कारण न्यून सङ्ख्यामा ठूला मात्र सवारीसाधन सञ्चालनमा आएका छन्।
बाढीका कारण तुलसीपुरबाट पश्चिमतर्फ जाने सबै सवारीसाधन सञ्चालनमा आउन सकेका छैन। रासस