बिहिबार सशस्त्र प्रहरी टोलीले २ लाख बढिको अवैध सामान बरामद गर्यो । बुधबार राती निस्केको गस्ती टोलीले बिहिबार बिहान सम्म ८३ किलोमिटर खुला सीमाबाट बिभिन्न नाकाबाट चोरी पैठारी गरिहरको अवस्थामा दुई लाख १९ हजार बराबरको अवैध सामान बरामद गरेको हो । पछिल्लो समय सीमामा पूर्ण रुपमा बन्दा बन्दी अवस्थामा रहेपनि प्रतिनिधि मूलक घटनाले सशस्त्र प्रहरी सक्रिय रहेको पुष्टि भएको छ । साउँनमा मात्र सीमा क्षेत्र अवैध रुपमा नेपाल तर्फ भित्राउँने अवैध सामान सहित साउन यता ३० वटा मुद्दा भन्सार कार्यालय बुझाएको रेकर्डमा देखिन्छ ।
जिल्लाको बिभिन्न नाकाहरुमा भारतबाट अवैध रुपमा चोरी पैठारी गरी नेपाल तर्फ ल्याउदै गरेको बिभिन्न किसिमका कपडा, सुर्तिजन्य पदार्थ, मेसिनरी अवैध सामान नियन्त्रणमा लिन सफल भएको रकर्डले पुष्टि गर्छ । जिल्लाको सदरमुकाम गुलरियामा रहेको सशस्त्र प्रहरी बल नेपालको नंम्बर ३१ गण हेडक्वाटरले सीमामा थप ८ सय जनशत्ती सीमा क्षेत्रमा परिचालित गरेको छ । जसले गर्दा नेपाल भारतको सीमा क्षेत्र २४ औं घण्टा सशस्त्र प्रहरीको काबुमा छ ।
८२ किलोमिटर खुला सीमानामा सशस्त्र प्रहरी सशक्त रुपमा परिचालन भएसँगै सीमा क्षेत्रका सर्वसाधरणले सुरक्षित महशुश गर्न थालेका छन् । सीमामा २४ सै घण्टा सशस्त्र प्रहरीको पहराले सीमावासी सुरक्षित बन्दै गएको अनभुती गरेको सीमावासीले सुनाए ।
‘सीमामा हुने गतिबिधि पूर्ण रुपमा रोकिएको छ’ सीमावर्तीका गाउँका एक सर्बसाधरण भन्छन्,‘सीमावर्तीमा बसेको बर्षो वितिसकेपछि वल्ल शान्तीको आभास भएको हो ।’ उनका अनुसार दशगजा क्षेत्रमा अवैध गतिबिधि अहिले ठप्प छ । सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीको उनले खुलेर प्रशंसा गरे ।
सीमा क्षेत्रमा सशस्त्र आवागमन पूर्ण रुपमा बन्देज लगाइएको प्रहरी उपरीक्षक नवराज रावतले बताए । ‘शान्ती सुरक्षाका दृष्टिकोणले दशगजा क्षेत्र संवेदशिल मानिन्छ,’ उनले भने, ‘खुला सीमाका संवेदनशिल ठाउँमा २४ औ घन्टा हामीले पहरा दिएका छौं ।’
कोरोना संक्रमणको बिषम परिस्थितिमा स्थानीयको सीमा सुरक्षा खटिएका प्रहरीले सकारात्मक सहयोग पाएकोे उनको भनाई छ । सीमा अति संबेदशिल भनेर पहिचान भएका र खुला सीमामा सुरक्षा सर्तकता अपनाईएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए । ‘सीमा पूर्ण रुपमा बन्द छ,’ उनले भने, ‘अवैध निकासीमा पनि पूर्ण बिराम लागेको छ ।’ लाखौंको सामान प्रहरीले बरामद गरेर सीमामा दरोे उपस्थिति रहेको पुष्टि गर्न प्रहरी सफल भएको उनी दाबी गर्छन ।
लागु औषध, अवैध पैठारी र मानववेचविखन नियन्त्रणका लागि भारतीय पक्षको पनि सहयोग लिईरहेको उनले जानकारी दिए । सशस्त्र प्रहरीको प्रशंसनिय कामलाई स्थानीय तहले सहयोग गरिरहेको पाईएको छ । प्रत्येक तहले सशस्त्र प्रहरीका पोष्ट स्थापना गर्न थालेका छन् । स्थानीय तहले सीमा क्षेत्रमा निर्माण गरिदिने पोष्टमा १५ जना बस्न सक्छन् । स्थानीय तहले सीमाक्षेत्रमा ८ वटा पोेष्ट निर्माण गर्देछ ।
देश बन्दाबन्दी अवस्थामा रहेका बेला अवैध घुस पैठ हुन सक्ने सूचनाको आधारमा थप बलका लागि ‘क्विक रेस्पोन्स टिम’ समेत परिचालित गर्ने प्रबन्ध मिलाएको प्रहरी उपरीक्षक रावतले दाबी गरे ।
भन्सार छलेर अवैध रुपमा ल्याएको सामान प्रहरीले बरामद गरेको छ।
भन्सार छलेर ठूलो मात्रामा विभिन्न किसिमको कपडा आउँदै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले नेपालगन्ज १६ जयसपुरमा बेवारिसे अवस्थमा रहेको लत्ताकपडा, मोटरसाईकलको पार्टपुर्जा लगायतका सामान बरामद गरेको हो।
उक्त सामानको अन्दाजी मुल्य १ लाख ४८ हजार ६ सय ९० रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डिएसपी मधुसुधन न्यौपानेले जानकारी दिए। बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...