दसैंका लागि 'अग्रिम टिकट बुकिङ' असोज १० बाट खुल्ने
०८ असोज २०६९
•
३ मिनेट पाठ
दसैंका लागि 'अग्रिम टिकट बुकिङ' असोज १० बाट खुल्ने
काठमाडौं, असोज ९- दसैं-तिहारजस्ता महत्वपूर्ण चाडवाडलाई ध्यानमा राखेर यातायात व्यवसायीहरूबाट यही असोज १० गतेदेखि अग्रिम टिकट सुरक्षित गरिने भएका छन्। व्यवसायीहरूबाट यात्रुहरूको चापलाई ध्यानमा राखेर टिकट बिक्री कक्ष सञ्चालन गरिने भएका हुन्।




यातायात व्यवसायी राष्ट्रिय महासङ्घका कोषाध्यक्ष सरोज सिटौलाका अनुसार यही असोज १० गतेदेखि काठमाडौंको नयाँ बसपार्क, सुन्धारा, कलङ्कीलगायतका स्थानमा अग्रिम टिकट लिनका लागि कक्षहरू थप गरिने भएको छ।

यातायात व्यवसायसँग सम्बन्धित अरु सङ्घसंस्थासँग पनि महासङ्घले छलफल गरिरहेको र दसैं, तिहार जस्ता चाडबाडलाई ध्यान दिएर यात्रुहरूलाई सहज सेवा प्रदान गर्नका लागि अग्रिम टिकट बिक्री कक्षको व्यवस्था गरिने सिटौलाको भनाइ छ।

राजधानी बाहिर जाने यात्रुहरूको चापलाई हेरेर नियमितभन्दा ५० प्रतिशतभन्दा बढी सवारी साधन सञ्चालनको तयारी पनि गरिएको उनले जानकारी दिए। यातायात व्यवसायीहरूले पाँचसयभन्दा बढी नयाँ बस पनि थपेकाले सुविधा सम्पन्न सवारी साधनमा यात्रा गर्न पाउने समेत उनले दाबी गरे।

उपत्यका बाहिर सञ्चालनमा रहेका लामो तथा छोटो दूरीका सवारी साधन पनि काठमाडौं ल्याइने जानकारी दिँदै उनले सवारी साधनको अभाव हुन नदिने र त्यसका लागि सरकारसँग पनि सहयोग मागिने बताए।

उनले भने, 'सबै गाडीलाई काठमाडौंमा नै ल्याएर राख्न सम्बन्धित समितिलाई पत्राचार गरिसकिएको छ, यसो हुँदा कुनै पनि खालको समस्या आउँदैन भन्ने हामीले विश्वास लिएका छौं।'

टिकटको अग्रिम बिक्रीलाई हरेक वर्ष व्यवस्थित बनाउने प्रयास गरे पनि यात्रुहरूकै बेवास्ताका कारण ठगिएको गुनासो आउने गरेको भन्दै यातायात व्यवसायीहरूले टिकट कुन दिन खुल्छ, कहाँबाट र कसरी पाउन सकिन्छ भन्ने बारेमा सत्यतथ्य नबुझिकन हतारिएर अनधिकृतरुपमा टिक नलिनसमेत आग्रह गरेको छ।

यसअघि प्रधानमन्त्री बाबुराम भट्टराईले भौतिक योजना, निर्माण तथा यातायात व्यवस्थामन्त्री हृदयेश त्रिपाठी र सचिव तुलसी सिटौलालगायत सरोकारवालासँगको छलफलमा सार्वजनिक यातायातलाई व्यवस्थित पार्न निर्देशन दिइसकेका छन्। रासस
अर्को समाचार
टिकट बुकिङ भोलिदेखि खुल्ने
०८ असोज २०७५
•
१ मिनेट पाठ
टिकट बुकिङ भोलिदेखि खुल्ने
फाइल तस्बिर
काठमाडौ– यातायात व्यवसायीहरुले दसैंका लागि भोलि ९ गतेदेखि अग्रिम टिकट बुकिङ खोल्ने भएका छन्। नेपाल यातायात व्यवसायी राष्टिय महासंघले माग गरेअनुरुप सरकारले यातायात भाडा बृद्धि गरेपछि टिकट बुकिङ खोलिएको हो।




महासंघको आज बसेको बैठकले दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको  महासंघका महासचिव सरोज सिटौलाले जानकारी गराए।

यसअघि असोज ५ देखि बुकिङ खुला गर्ने भनिएकामा पेट्रोलिम पदार्थमा मूल्य वृद्धि भएको भन्दै रोकिएको थियो। सरकारले यातायात भाडा १० प्रतिशत बढाउने निर्णय गरेको थियो। भाडा बृद्धिको अनुमति पत्र महासंघसमक्ष आइसकेकाले त्यसलाई स्वीकार गर्दै अग्रिम टिकट बुकिङ भोलिदेखि खोल्ने निर्णय गरेका हौ,’ सिटौलाले भने।

महासंघले यस अघि बन्द रहेका यातायात समितिका खाता खुलाउन माग राख्दै आए पनि यस विषयमा सहमति भने जुटेको छैन। ‘ भाडाको विषय संबोधन भयो, खाताको विषयलाई थाति राखेर देशैभर भोलिदेखि क्रमश टिकट बुकिङ खोल्दैछौ,’ उनले भने। सरकारले यातायात क्षेत्रकाे अनुगमनका लागि गठन गरेका संयन्त्रहरूसंग सहकार्य गरेर चाड पर्वकाे यातायात अावागमनलार्इ व्यवस्थित बनाउने उनले बताए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस