कलेन्द्र सेजुवाल, सुर्खेत, असोज ९- सुर्खेत जिल्ला प्रशासन कार्यालयले जिल्लास्थित बैंकहरुलाई सुरक्षा सतर्कता अपनाउन ६ बुँदे निर्देशन दिएको छ। आइतबार राष्ट्रिय वाणिज्य बैंकभित्रैबाट एक ग्राहकको १० तोला सुन चोरी भएको घटनापछि प्रशासनले यस्तो निर्देशन दिएको हो।
बैंकिङ काउन्टरलगायत ग्राहक कारोबार हुने स्थानमा यथाशक्य सिसी क्यामेरा जडान गर्ने, ग्राहकलाई सतर्क गराइ रहने विद्युतीय वा मधुर स्वरमा सुचना प्रवाह गर्नुपर्ने, शंकास्पद व्यक्ति देखिए तुरुन्त प्रहरीलाई खबर गर्नुपर्ने, बैंकमा मेटल डिटेक्टरबाट चेकजाँच गर्नुपर्ने लगायत निर्देशन दिइएका छन्।
सहायक प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माद्धारा जारी निर्देशनमा बैंकको सुरक्षा व्यवस्था कायम गर्न पटकपटक बैंक अधिकारीसँग बैठक बस्दा पनि बैंकबाटै सुन चोरी हुनु दुःखद घटना भनिएको छ। 'बैंक हाताभित्र आफ्नै ग्राहकको धन सम्पत्ति जोगाउन नसक्नु सम्वन्धित बैंककै शाख गिर्ने काम हो,' शर्माले भनेका छन्।