पोखरा बसपार्कमा डोजर चल्दा ढले ३२० सटर
०६ असार २०८३
•
४ मिनेट पाठ
पोखरा बसपार्कमा डोजर चल्दा ढले ३२० सटर
पोखरा बसपार्कको बास्तोला कम्प्लेक्समा पनि अन्ततः डोजर चलेको छ । बसपार्क भित्रका अन्य घर, टहरामा डोजर चल्दा पनि बास्तोला कम्प्लेक्समा डोजर चलेको थिएन । जसले गर्दा स्थानीयले बास्तोला कम्प्लेक्समा डोजर नचल्ने हो कि भन्ने शंकाको दृष्टिकोणले हेर्ने गरेका थिए । तर शनिबार अन्ततः बास्तोला कम्प्लेक्समा पनि डोजर चलेको छ ।




बसपार्क भित्रको पूर्वोत्तर क्षेत्रमा रहेको बास्तोला कम्प्लेक्समा शनिबार अपराह्न ३ वटा डोजर चलेको थियो । सो क्रममा त्यहाँ रहेका ३२० वटा सटरसहित सहकारीका संरचनाहरु ढलेका छन् । पोखरा महानगरपालिका वडा नम्बर–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बसपार्क क्षेत्र क्लियर गर्ने क्रम जारी रहेको बताए । बिहीबार हामीले उत्तरी र दक्षिण पूर्वका संरचनाहरु भत्कायौं,उनले भने,‘आज पूर्वोत्तर क्षेत्रमा रहेका बास्तोला कम्प्लेक्स र त्यस भित्र रहेका सटरहरु भत्कायौं ।’ उनले सम्वाद र सहमतिबाटै बसपार्कका संरचना हटाउने प्रयास भइरहेको पनि स्पष्ट पारे ।  

‘हामी हतारमा भत्काएर स्थानीयलाई अप्ठेरो पार्ने पक्षमा छैनौं, उनले थपे,‘हामी मानवियता बुझ्छौं, त्यसैले त उहाँहरुसँग सम्वाद र सहमती गरेर हटाईरहेका छौं ।’

बास्तोला कम्प्लेक्समा डोजर चल्दा केहि व्यवसायीहरु विरोधमा उत्रिएका थिए । डोजरले एकाएक संरचना भत्काउन थालेपछि विरोधमा उत्रिएका उनीहरु आक्रोसित त थिए तर अवरोध गर्न भने गएनन् । बरु आफुहरुलाई पूर्व सूचना नदिइएको र सामान सार्ने पर्याप्त समय पनि नदिएकोमा आक्रोष पोखे । स्थानीय एकल महिला कमला पुनले आफूलाई सामान सार्ने समय पनि नदिएर महानगरले ज्यादती गरेको गुनासो गरिन् । गरिबमारा सरकार रहेछ,उनले भनिन्,‘हामी एकल महिला र असहायको पक्षमा कोहि पनि छैन । सरकार हाम्रै झुप्रो भत्काउन डोजर लिएर आएको छ, एकछि सामान सार्न समय माग्दा पनि दिएनन् पापीहरुले ।’ उनले आफ्नो झुप्रो भत्काउने महानगरलाई बास्तोला कम्प्लेक्स भित्रको सहकारी भवन भत्काउन चुनौति दिईन् । ‘मेयर र वडाध्यक्ष ज्यू मेरो झुप्रो भत्काउने तपाईंहरुसँग त्यो भवन भत्काउने तागत छ ? छ भने भत्काउनूस्’–उनले चुनौति दिदै भनिन् ।

उनले त्यसो भनिरहँदा सो कम्प्लेक्सका सञ्चालकहरु बाबुराम आचार्य, उमराज आचार्यलगायतका व्यवसायीहरु टाढाबाट घटना नियालीरहेका थिए । उनीहरुमध्ये दिशाबोध कृषि सहकारी संस्था लिमिटेडका सञ्चालक समिति अध्यक्ष बाबुराम आचार्यले भने,‘यो महानगरको ज्यादती मात्र हो । यसले कसैलाई फाइदा गर्दैन ।’

दोहोरो मारमा व्यवसायी

पोखरा पृथ्वीचोकस्थित पोखरा बसपार्कमा रहेको बास्तोला कम्प्लेक्समा महानगरले डोजर चलाएर सटरहरु फालिदिएपछि स्थानीय व्यवसायी दोहोरो मारमा परेका छन् । महानगरले एकाएक डोजर चलाएपछि आफूहरु महानगर र बास्तोला कम्प्लेक्स सञ्चालकको दोहोरो मारमा परेको उनीहरुको गुनासो छ । एकातिर महानगरले छोटो समय दिदा सामान सार्न नपाएको तथा अर्कोतिर कम्प्लेक्स सञ्चालकले लिएको धरौटीसमेत फिर्ता नगर्दा आफूहरु दोहोरो मारमा परेको उनीहरुले बताएका छन् ।

स्थानीय व्यवसायी सरस्वती केसीले महानगरले दिएको ३५ दिने सूचना आफूहरुलाई जानकारी नदिदा आफूहरु बिचल्लीमा परेको बताईन् । १५ दिनअघि हामीलाई सर्नुभन्ने आदेश आयो,उनले भनिन्,‘हामीलाई कसैले पनि ३५ दिने सूचनाबारे जानकारी दिएनन्, अहिले एक्कासी सर भन्दा घर न घाटको भईयो ।’ अर्कोतर्फ कम्प्लेक्स सञ्चालकले १० वर्षअघि एकलाख धरौटी लगेको तर अहिले नदिएको उनले बताईन् । हामी सबैले धरौटी बुझाएका थियौं,उनले प्रश्न गर्दै भनिन्,‘तर अहिले साहुले दिन्न भन्छन् । हामीलाई कसले दिने हो न्याय ? ।’

अर्का व्यवसायी कमला पुनले महानगर र कम्प्लेक्स सञ्चालकको दोहोरो मारमा आफूहरु परेको बताईन् । उनले भनिन्,‘एकातिर महानगरले सर्नलाई पर्याप्त समय दिएन, अर्कातिर धरौटी पनि नदिदा म एकल महिला बिचल्लीमा परेकी छु ।’

अर्का भारतीय व्यवसायी तिलकप्रसाद बानियाले आफूहरुसँग सञ्चालकले ३ लाख धरौटी लिएको तर फिर्ता नदिने भनेको बताए । हामीले धरौटी बुझाउँदा गरेको कागज पनि उसैले राख्यो,उनले भने,‘अहिले कागज माग्छ, उसले राखेको कागज अहिले हामीसँग खोजेर कहाँ पाईन्छ ? अब हामी लड्न पनि सक्दैन, हाम्रो आँसु कसले देख्ने ? ।’ उनले महानगरले सटर खाली गर्न भनेको कुरा आफूहरुले दुई दिन अघिमात्र थाहा पाएको बताए । सञ्चालकलाई हामीलाई थाहा नै दिएनन्,उनले थपे,‘खाली गर्नु दुई दिनअघि भोलिदेखि डोजर लाग्छ भन्छ, हामीले सामान कसरी सार्नु ? ।’

अर्का व्यवसायी सागर भट्टराईले पनि आफूहरु महानगर र सञ्चालक दुबैले गुमराहमा राखेर दुःख दिएको बताए । सञ्चालकले आफूहरुलाई समयमै जानकारी नदिदा समान सार्न नपाउनुका साथै धरौटी पनि नपाउँदा दोहोरो मारमा परेको बताए । उनले भने,‘समयमै जानकारी दिएको भए सामान त सार्न पाउँथ्यौं, तर न सामान सार्न पायौं नत धरौटी नै फिर्ता भयो ।

सञ्चालक बाबुराम आचार्यले आफूहरुलाई हटाईहाल्ने विश्वास नलागेकाले व्यवसायीलाई जानकारी नदिएको बताए । हामीलाई तत्काल हटाउँछ भन्ने नै लागेन,उनले भने,‘तर डोजर नै चल्छ भनेपछि बाध्य भएर व्यवसायीलाई जानकारी दियौं । उनले व्यवसायीहरुसँग धरौटी लिएको स्वीकार गरे । तर त्यसको प्रमाण लिएर आउनुपर्ने उनले बताए । जोजोसँग धरौटी लिएका थियौं, उनीहरुको धरौटी फिर्ता गर्छौं,उनले भने,‘तर त्यसको प्रमाण लिएर आउनुपर्छ ।’

भारतीय व्यवसायी तिलकप्रसाद बानियाले आफूहरुको प्रमाण सञ्चालकसँगै रहेको बताए । त्यतिखेर विश्वासमा उनीहरुलाई नै कागज राख्न दियौं,उनले भने,‘अहिले हामीले त्यो कागज कसरी ल्याउने ? उसैसँग छ ।’
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१ घण्टा अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ४८ सेकेन्ड अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस