दसैंमा पनि मेलम्ची नआउने
१५ भदौ २०७७
•
४ मिनेट पाठ
दसैंमा पनि मेलम्ची नआउने
मुख्य संरचना सुरुङमार्गमा डिजाइनसहित पुनः गेट जडान गर्नुपर्ने भएपछि काठमाडौं उपत्यकावासीले आउँदो दसैंमा पनि मेलम्चीको पानी नपाउने निश्चित भएको छ। बहुप्रतीक्षित तथा बहुचर्चित मेलम्चीको पानी काठमाडौं पु¥याउन अझै कम्तीमा पाँच महिना लाग्ने देखिएको छ। पटकपटक भाका सार्दै आएको सरकारले पछिल्लोपल्ट आउँदो दसैंसम्म उपत्यकावासीलाई मेलम्चीको पानी खुवाउने वाचा गरेको थियो।




डिजाइन र जडानमै त्रुटि भेटिएको हालको गेट झिकेर नयाँ स्वरूपमा राख्नुपर्ने भएकाले मेलम्ची आयोजना पछाडि धकेलिन लागेको आयोजनाका उपकार्यकारी निर्देशक कमलराज श्रेष्ठले बताए।  

‘नयाँ डिजाइनअनुसार गेट मात्र राख्न तीन महिना लाग्छ,’ उनले भने, ‘दसैंसम्म मेलम्चीको पानी राजधानी पु-याउन अब सम्भव रहेन।’ परीक्षणमा रहेको सुरुङमार्गको अम्बाथानस्थित अडिट टनेलको १७ नम्बर गेट असार ३० गते खुलेर दुर्घटना भएपछि त्यसको डिजाइन र जडानमै त्रुटि भएको फेला परेको थियो। गेट खुल्दा निरीक्षणमा रहेका चार कर्मचारीलाई सुरुङबाट बाहिरिएको पानीले बगाएको थियो। तीमध्ये दुईलाई तत्काल घाइते अवस्थामा उद्धार गरिएको थियो। घटनाको तीन दिनपछि इन्द्रावती नदीमा बेपत्ता एक इन्जिनियरको शव फेला परे पनि एक कर्मचारी अझै बेपत्ता छन्।

खानेपानी मन्त्रालयद्वारा सहसचिव रमाकान्त दुवाडीको संयोजकत्वमा गठित विज्ञ सम्मिलित छानबिन प्राविधिक समितिले गेट डिजाइन र जडानमा त्रुटि औंल्याएको थियो। ६ सदस्यीय समितिले घटनास्थलसहितको अध्ययन गरी साउन दोस्रो साता सुझावसहित प्रतिवेदन मन्त्रालयलाई बुझाएको थियो। समितिको सुझावअनुसार गेटमा भएको त्रुटि सच्याउने काम थालिएको उपकार्यकारी निर्देशक श्रेष्ठले बताए। उनका अनुसार अहिले गेट निकाल्ने काम भइरहेको छ। साढे २६ किलोमिटर लामो सुरुङको अम्बाथान, ग्याल्थुम, सिन्धु र सुन्दरीजल अडिटमा गरी चारवटा गेट छन्। सुझावअनुसार चारैवटा गेट निकालेर नयाँ स्वरूपमा जडान गरिनेछ। खुलेको अम्बाथानस्थित १७ नम्बर गेट र ग्याल्थुम अडिटको गेट निकालिसकिएको छ। ‘गेट निकाल्न विस्फोट नै गर्नुपर्ने हुन्छ,’ उनले भने।

आयोजनाका अनुसार हालको गेट बाहिरबाट खोल्न मिल्नेगरी जडान गरिएको छ। छानबिन समितिले यसैमा त्रुटि औंल्याएको हो। समितिको सुझावअनुसार अब बाहिरबाट भित्र (सुरुङतिर) खोल्न मिल्नेगरी जडान गरिने उपकार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए।

जसरी हामी बाहिरबाट भित्रतिर ढोका खोलेर घरमा पस्छौं। अब राखिने गेटको नयाँ स्वरूप भनेको घरको ढोकाजस्तै हो,’ उनले भने। पुरानो गेटबाहिरबाटै बाहिरै खोलेर नटबोल्ट कसिने डिजाइन हो। परीक्षण क्रममा पानी चापले नटबोल्ट स्लिप भएर खुस्किएपछि गेट सुरुङ बाहिर खुलेको थियो। बाहिरबाट भित्र खोल्नेगरी डिजाइन गरिएको भए दुर्घटना नहुने छानबिन समितिको ठहर थियो। सुरुङमार्गको काम चिनियाँ कम्पनी सिनो हाइड्रोले गरेको हो। उसले हेडवक्र्सको पनि काम गरिरहेको छ।  

पटकपटक भाका सार्दै आएको सरकारले पछिल्लोपल्ट आउँदो दसैंसम्म उपत्यकावासीलाई मेलम्चीको पानी खुवाउने वाचा गरेको थियो। बहुप्रतीक्षित तथा बहुचर्चित मेलम्चीको पानी काठमाडौं पु-याउन अझै कम्तीमा पाँच महिना लाग्नेछ।
इप्टिसा नामक परामर्शदाता कम्पनीको निगरानी र सुपरीवेक्षणमा गेट डिजाइन, निर्माण, जडान गरिएको थियो। त्यस्तै गेट निर्माण र जडानको काम भारतीय प्रिसिजन इन्फाट्रिक कम्पनीले गरेको थियो।

नयाँ डिजाइनमा फलामे गेट (ढोका) पुरानै प्रयोगमा ल्याउन मिल्ने भए पनि चौकोस भारतबाट मगाउनुपर्ने श्रेष्ठले बताए। उनका अनुसार ढलान फ्रेम भएको चौकोसमा फलामे गेट झुन्ड्याइन्छ। ‘कोरोना र सीमा नाका बन्द भएको अवस्थामा भारतबाट फ्रेम झिकाउन त्यति सहज छैन,’ उनले भने। उनका अनुसार समयमै फ्रेम झिकाउन सके तीन महिनामै गेट जडान सकिन्छ, अन्यथा यो समय अझै धेरै लाग्न सक्छ।

असार २१ गते सुरुङमार्गको परीक्षण गर्न पानी प्रवेश गराइएको थियो। परीक्षणको १० दिनमै गेट खुल्दा सबै काम व्यर्थ भयो। सुरुङ परीक्षण गर्न दुई महिना लाग्ने अनुमानसहित पानी पथान्तरण गरिएको थियो। सुरुङ भरिन २० दिन लाग्ने र भरिएको पानीलाई थप १० दिन भित्रै होल्ड गरेर फेरि दुई साता लगाएर सुरुङ खाली गराउँदै परीक्षण पूरा गर्ने आयोजनाको तयारी थियो।  

आयोजनाका अनुसार सुरुङमा प्रतिसेकेन्ड ६ हजार लिटर पानी पठाउन सकिने भए पनि ५ प्रतिशत मात्र छिराइएको थियो। तर सुरुङको गेटले ५ प्रतिशत पानीको चाप पनि थेग्न सकेन। आयोजनाकै अनुमानमा गेट जडान तीन महिनामा सकिए पुनः सुरुदेखि नै सुरुङ परीक्षण गर्न थप दुई महिना समय लाग्नेछ। चाँडोमा मेलम्चीको पानी काठमाडौं पु-याउन अझै पाँच महिना लाग्ने आयोजनाका अधिकारी नै स्विकार्छन्।
अर्को समाचार
सुरुङ गेट दुर्घटना प्रकरण : दसैंमा पनि मेलम्ची नआउने निश्चित
१४ भदौ २०७७
•
४ मिनेट पाठ
सुरुङ गेट दुर्घटना प्रकरण : दसैंमा पनि मेलम्ची नआउने निश्चित
मुख्य संरचना सुरुङमार्गमा नयाँ डिजाइनसहित पुनः गेट जडान गर्नुपर्ने भएपछि काठमाडौं उपत्यकावासीले आउँदो दसैंमा पनि मेलम्ची पानी नपाउने निश्चित भएको छ । योसँगै बहुप्रतिक्षित तथा बहुचर्चित मेलम्ची खानेपानी आयोजना अझै कम्तिमा तीन महिना पछाडि धकेलिने पक्कापक्की जस्तै छ ।  




डिजाइन र जडानमा नै त्रुटी भेटिएको हालको गेट झिकेर नयाँ स्वरुपमा राख्नु पर्ने भएकाले मेलम्ची पछाडि धकेलिन लागेको आयोजनाका उपकार्यकारी निर्देशक कमलराज श्रेष्ठले बताए । ‘नयाँ डिजाइन अनुसार गेट राख्न तीन महिना लाग्छ,’ उनले नागरिकसँग भने, ‘दसैंसम्म मेलम्ची पानी राजधानी ल्याउन अब सम्भव रहेन ।’ पटक–पटक भाखा सार्दै आएको सरकारले पछिल्लो पल्ट आउँदो दसैंसम्म उपत्यकावासीलाई मेलम्ची पानी खुवाउने बाचा गरेको थियो ।  

गत असार ३० गते परीक्षणमा रहेको सुरुङमार्गको अम्बाथानस्थित अडिट टनेलको १७ नम्बर गेट खुलेर दुर्घटना भएपछि गेटको डिजाइन र जडानमै त्रुटी भएको फेला परेको थियो । गेट खुल्दा निरीक्षणमा रहेका चार कर्मचारीलाई सुरुङबाट बाहिरिएको पानीले बगाएको थियो । तीमध्ये दुईलाई तत्काल घाइते अवस्थामा उद्धार गरिएको थियो । घटनाको तीन दिनपछि इन्द्रावती नदीमा बेपत्ता एक इन्जिनियरको शव फेला पारे पनि एक कर्मचारी अझै बेपत्ता छन् ।

घटनापछि खानेपानी मन्त्रालयद्धारा सहसचिव रमाकान्त दुवाडीको संयोजकत्वमा गठित बिज्ञ सम्मिलित छानविन प्राविधिक समितिले गेट डिजाइन र जडानमा त्रुटी औँल्याएको हो । १५ दिनभन्दा बढी गेटको अध्ययन गरेर ६ सदस्यीय समितिले साउन दोस्रो साता सुझावसहित छानविन प्रतिवेदन मन्त्रालयलाई बुझाएको थियो । समितिको सुझावअनुसार नै गेटमा भएको त्रुटी सच्याउँने काम थालिएको उपकार्यकारी निर्देशक श्रेष्ठले बताए ।  

उनका अनुसार अहिले गेट निकाल्ने काम भइरहेको छ । साढे २६ किलोमिटर लामो सुरुङको अम्बाथान, ग्याल्थुम, सिन्धु र सुन्दरीजल अडिटमा चार गेट छन् । सुझावअनुसार चारै गेट निकालेर नयाँ स्वरुपमा जडान गरिने श्रेष्ठले जानकारी दिए । खुलेको अम्बाथानस्थित १७ नम्बर गेट र ग्याल्थुम अडिटको गेट निकाली सकिएको छ । ‘गेट फुकाल्न विष्फोट नै गर्नुपर्ने हुन्छ । यसले गेट अडिने ढलान फ्रेम नै बिगार्छ,’ उनले भने ।

आयोजनाका अनुसार हालको गेट बाहिरबाट बाहिरै खोल्न मिल्ने गरी जडान गरिएको छ । छानविन समितिले यसैमा त्रुटी औँल्याएको हो । समितिको सुझावअनुसार अब बाहिरबाट भित्र (सुरुङतिर) खोल्न मिल्ने गरी गेट जडान गरिने उपकार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए ।
आयोजनाका अनुसार हालको गेट बाहिरबाट बाहिरै खोल्न मिल्ने गरी जडान गरिएको छ । छानविन समितिले यसैमा त्रुटी औँल्याएको हो । समितिको सुझावअनुसार अब बाहिरबाट भित्र (सुरुङतिर) खोल्न मिल्ने गरी गेट जडान गरिने उपकार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए । ‘जसरी हामी बाहिरबाट भित्रतिर ढोका खोलेर घरमा पस्छौँ । अब राखिने गेटको नयाँ स्वरुप भनेको घरको ढोका जस्तै हो,’ उनले भने ।  

पूरानो गेट बाहिरबाटै बाहिरै खोलेर नटबोल्ट कसिने डिजाइन हो । परीक्षणको क्रममा पानी चापले नटबोल्ट स्लिप भएर खुस्किएपछि गेट सुरुङ बाहिर खुलेको थियो । बाहिरबाट भित्र खोल्ने गरी डिजाइन गरिएको भए दुर्घटना नहुने छानविन समितिको ठहर थियो । सुरुङमार्गको काम चिनियाँ कम्पनी सिनो हाइड्रोले गरेको हो । उसले हेडवक्र्सको पनि काम गरिरहेको छ । इप्टिसा नामक परामर्शदाता कम्पनीको निगरानी र सुपरीवेक्षणमा गेट डिजाइन, निर्माण, जडान गरिएको थियो । त्यस्तै गेट निर्माण र जडानको काम भारतीय प्रिसिजन इन्फाट्रिक कम्पनीले गरेको थियो ।

नयाँ डिजाइनमा फलामे गेट (ढोका) पुरानै प्रयोगमा ल्याउन मिल्ने भए पनि चौकोस भारतबाट मगाउनु पर्ने उपकार्यकारी निर्देशक श्रेष्ठले बताए । उनका अनुसार ढलान फ्रेम भएको चौकोसमा फलामे गेट झुण्डाइन्छ । पुरानो फ्रेम गेट निकाल्दा नष्ट हुने भएकाले नयाँ झिकाउनु परेको छ । ‘कोरोना र सीमा नाका बन्द भएको अवस्थामा भारतबाट फ्रेम झिकाउन त्यति सहज छैन,’ उनले भने । उनका अनुसार समयमै फे्रम झिकाउन सकेको खण्डमा तीन महिनामै गेट जडान सकिन्छ, अन्यथा यो समय अझै धेरै लाग्न सक्छ ।

गत असार २१ गते सुरुङमार्गको परीक्षण गर्न पानी प्रवेश गराइएको थियो । परीक्षणको १० दिनमै गेट खुल्दा सबै काम व्यर्थ भयो । सुरुङ परीक्षण गर्न दुई महिना लाग्ने अनुमानसहित पानी पथान्तरण गरिएको थियो । सुरुङ भरिन २० दिन लाग्ने र भरिएको पानीलाई थप १० दिन भित्रै होल्ड गरेर फेरि दुई साता लगाएर सुरुङ खाली गराउँदै परीक्षण पूरा गर्ने आयोजनाको तयारी थियो ।

आयोजनाका अनुसार सुरुङमा प्रतिसेकेण्ड ६ हजार लिटर पानी पठाउन सकिने भए पनि पाँच प्रतिशत मात्र छिराइएको थियो । तर सुरुङको गेटले त्यति पाँच प्रतिशत पानीको चाप पनि थेग्न सकेन । आयोजनाकै अनुमानमा गेट जडान तीन महिनामा सकिए पुनः सुरुदेखि नै सुरुङ परीक्षण गर्न थप दुई महिना समय लाग्छ । चाँडोमा अझै पाँच महिना मेलम्ची उपत्यका नपुग्ने आयोजनाका अधिकारीहरु नै स्वीकार्छन् ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस