हुँदै नभएको 'टिकट बुकिङ' देखाएर ठगी
११ असोज २०६९
•
७ मिनेट पाठ
हुँदै नभएको 'टिकट बुकिङ' देखाएर ठगी
ऋचा अर्याल, काठमाडौं, असोज १२ - सुन्धारास्थित न्यु सौदागर ट्राभल्सले यातायात व्यवस्था विभागको अनुगमन टोलीलाई बिहीबार एउटा बसको ३० वटा टिकट बुक भइसकेको जानकारी दियो।
न्यु सौदागरका कर्मचारी ओम शर्माले जस्दिन खान नामका व्यक्तिले आफ्नो कालीगढका लागि वीरगन्जका ३० वटै टिकट बुक गरेको बताएपछि अनुगमन टोलीले जस्दिनको नम्बरमा फोन गरी यसबारे सोधपुछ गर्‍यो। 
जस्दिनले छ वटामात्र टिकट बुक गरेको र त्यसमध्ये ४ वटा आफ्ना परिवार र दुइटा खाली बुक गरेको जानकारी दिए। त्यसपछि फोनमै खानलाई बाँकी दुइटा टिकट रद्द गर्न र नगरे कारबाही गर्ने चतावनी दियो। अनुगमन टोलीले सौदागर ट्राभल्सलाई उक्त टिकट रद्द गर्न चेतावनी दियो।
सौदागरका कर्मचारी ओम शर्माले भने, 'उक्त व्यक्तिले टिपटपको नाममा पाँच दिन पहिले टिकट बुक गरेकाले मैले त्यही देखाएको हुँ। यसमा हामीले कुनै चलखेल गरेका छैनौं।' उनले ट्राभल्सको जाने र फर्कने जम्मा दुइटा बस रहेकाले टिपटपले ती टिकट पहिले नै बुक गराएको बताए।
यातायात व्यवस्था विभागको अगवाइमा अनुगमन टोलीले बुधबार र बिहीबार काठमाडौंका विभिन्न टिकट काउन्टरमा अनुगमन गरेको थियो।
अनुगमनक्रममा टोलीले अधिकांश टिकट काउन्टरका कर्मचारीले समितिकै नाममा बुक गरेको तथा केही हुँदै नभएको व्यक्तिका नाममा बुक गरी उपभोक्ताबाट चर्को रकम असुल्न खोजेको पाएको थियो।
'अनुगमनक्रममा बसपार्कमा भन्दा सुन्धाराका काउन्टरले विद्यार्थीलाई छुट नदिने, हुँदै नभएको व्यक्तिका नाममा टिकट बुक गरेको पाइयो,' अनुगमन टोलीमा सामेल यातायात व्यवस्था कार्यालय, बाग्मती अञ्चल, साना ठूला यातायातका प्रमुख तुलसी गौतमले नागरिकसित भने, 'हामीले टिकट काटेको व्यक्तिको विवरण काउन्टर कर्मचारीलाई दिन भनेका छौं।'
'काठमाडौंको हकमा अग्रिम बुकिङलाई लिएर ठूलै समस्या देखिएकाले यसबारे मन्त्रीसित बसेर छलफल गर्ने तयारी गरेका छौं,' गौतमले भने, 'छलफलमा व्यवसायीलाई समेत राख्दा त्यसबाट केही निचोड आउला।'
अग्रिम बुकिङ क्रममा विभागले व्यवसायीबाट व्यक्तिको सम्पूर्ण विवरणका साथै उसले कति गते कुन दिनका लागि कुन ठाउँको टिकट बुक गरेको भन्ने विवरण राखी बिदामा पनि नागढुंगा, नौबिसे लगायत नाकामा समेत जाँच गर्ने बताएको छ।
दसैंलाई लक्ष्य गरी यातायात व्यवसायीले कलंकी, गौशाला, कोटेश्वर, सातदोबाटो, बसपार्क, सुन्धारा लगायत क्षेत्रमा टिकट बुकिङ खुला भएको दिन सकियो भनेर यात्रुबाट चर्को शुल्क लिन खोजेपछि अनुगमन थालिएको हो।
पाँच जनाको समूह बनाई गौश्ााला, कलंकी, सुन्धारा लगायत राजधानीका विभिन्न काउन्टर अनुगमनमा गएका उनीहरूले वीरगन्ज, गौर तथा राजविराजमा १ गतेदेखि नै टिकट बुकिङ खुला गरेको तथा पूर्वका बसमा पछाडिको मात्र सिट छ भन्ने तथा विद्यार्थी छुट नदिने गरेको पाए। त्यसैगरी यात्रुको भीड हेरेर गाडी थप गर्ने भनेकोमा त्यो सम्भावना पनि न्युन देखिएको टोलीले पाएको छ।
'महासंघले सुरुबाटै गाडी थप्ने भने पनि सिट प्याक भयो भन्दै रिजर्भमा यात्रु हाल्ने नियत देखियो,' यातायात व्यवस्था कार्यालयका प्रमुख तुलसी गौतमले भने, 'त्यसैले यो रोक्न हामी खटिनेछौं।'
यात्रीलाई सास्ती
दसैंका लागि घर जाने क्रममा टिकट बुक गर्न आएका धनगढीका शैलेस ढुंगानाले आफूले भनेअनुसार टिकट नपाएको गुनासो गरे। बुधबार बिहान छ बजे नै टिकट बुक गर्न सुन्धारा पुगेकामा नपाएपछि बिहीबार फेरि आएको बताए। भने, '१/२ गतेतिर घर जाऊँ भनेर टिकट लिन आएको, २४ गते पछाडि टिकट नै छैन भन्छन्।'
विशेषगरी २४ गते पछाडिको लास्ट सिट मात्र खाली छ जवाफ पाइरहेको बताउने उनले १ देखि ३ नम्बरसम्मको भने सिट नै नभएको जानकारी पाएको उल्लेख गरे।
उनले जस्तै सप्तरीका लक्ष्मण चौधरीले पनि धेरै प्रयास गरेपछि ६ गते बिहानको टिकट त पाए। तर सात सय पर्ने टिकटलाई १२ सय ७० रुपैयाँ हाल्नुपर्‍यो। सुर्खेतका हर्कबहादुर बोहराले पनि बडो मेहनत गरेपछि शुक्रबारका लागि घर जाने टिकट त पाए तर विद्यार्थी छुटबिना।
'अरू बेला जाँदा पाइन्थ्यो,' बोहराले भने, 'अहिले त छुट लिन बसपार्क नै जानुपर्ने भन्छन्।'
महाकाली यातायातका कर्मचारी बद्री भण्डारीले सरकारसित सहमति गर्दा व्यवसायीले प्रत्येक बसमा ६ वटा सिटमा मात्र छुट व्यवस्था गरेकाले आफूहरूले सुन्धाराबाट छुट नदिएको बताए।
अग्रिम बुकिङका क्रममा यात्रुले भोगेका समस्याबारे नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पनि शुक्रबारदेखि अनुगमन गर्ने जनाएको छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस