गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पोखरा–३३ भरतपोखरीस्थित प्रहरी चौकबाट खटिएको टोलीले दुईजनालाई ठूलो परिमाणको लागुऔषधसहित पक्राउ गरिएको हो।
पक्राउ परेकामा तनहुँ शुक्लागण्डकी १२ घर भई पोखरा १७ विरौटा बस्ने २३ वर्षीय सरोज विक र पोखरा–१७ विरौटा बस्ने २० वर्षीय शिलास विकलाई ६ केजी १०० ग्राम गाजाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
उनीहरुको साथबाट लागुऔषध गाजाँसहित तौल जोख्ने मेशिन एक थान समेत फेला पारिएको छ। उनीहरु ग ९ प ६०२८ नम्बरको पल्सर मोटरसाईकलमा सवाररत रहेको अवस्थामा पक्राउ गरिएको हो। लागूऔषध नियन्त्रण ऐन,२०३३ विपरितको कसूर अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।