धरानमा एक वृद्धको मृत्युपछि स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको छ। धरान ११ का करिब ६५ वर्षीय वृद्धलाई आज संक्रमण पुष्टि भएको हो।
यसअघि पनि धरानमा संक्रमण पुष्टि भएका ५ जनाको उपचारको क्रममा निधन भइसकेको छ। हिजो मृत्यु भएका व्यक्तिलाई भने मृत्युपछि संक्रमण पुष्टि भएको हो। धरान ११ भानु पथका ती वृद्ध आफ्नो भाईको परिवारसँग डेरामा बस्ने गरेका थिए।
ज्वरो र निमोनिया भएका ती वृद्धको हिजो साँझ करिब साढे ६ बजे घरमा नै मृत्यु भएको थियो। उनलाई संक्रमणको आशंकामा स्वास्थ्य महाशाखाको टोलीले आज बिहान स्वाब संकलन गरेको थियो। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर जाँचमा रिपोर्ट पोजेटिभ आएको वडाध्यक्ष बाबुलाल लामाले जानकारी दिए।
‘निमोनिया भएर हिजो साँझ मृत्यु भएको थियो, सबैले कोरोना शंका गरेर आज स्वाब परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आयो,’उनले भने।
उनको मृत्यु हुनुअघि स्थानीय एक मेडिकल सञ्चालकले घरमा नै पुगेर रगतको नमुना लिएको पनि खुलेको छ। ती मेडिकल सञ्चालकले आज बिहान पसल खोलेर धेरैलाई औषधि बिक्री गरेको पाइएको पनि अध्यक्ष लामाले बताए।
मृतकको शव व्यवस्थापन र कन्ट्याक ट्रेसिङ गर्ने काम शुरु गरिएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए।