जिल्ला कारागार ताप्लेजुङले कारागारमा रहेका कैदीबन्दीलाई बिगतमा जस्तो सहज ढंगले भेट्न नपाउने निर्णय लिएको छ। अति आवश्यकीय काममा समेत जेलरसंग समन्वय र अनुमति लिएर मात्र ताप्लेजुङ कारागारका कैदीबन्दीलाई भेट्न पाइने निर्णय कार्यान्वयनमा ल्याइएको जेलर कुलेन्द्र खवासले जानकारी दिए।
कारागार विभागले कोभिड–१९ को सन्त्रासका कारण कैदीबन्दीलाई पहिलाको जस्तो भेट्न पाउने वातावरण नभएको भन्दै भेटघाटको कार्य तत्काललाई स्थगित गर्न परिपत्र गरेपछि जिल्ला कारागार यस्तो निश्कर्षमा पुगेको हो। विभागबाट प्राप्त पत्र र कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिको सुझावका आधारमा अति आवश्यकीय काममा जेलरसंग पूर्व सहमति लिएर मात्र कैदी/बन्दीलाई भेट्न पाउने जेलर खवासले जानकारी दिए।
यसअघि कैदीबन्दीसंग करिव ३ महिनासम्म भेटघाट बन्द गरिएको थियो। अवस्था केहि सहज भएको भन्दै केहि समय अघि खुलाइएको भेटघाट गर्ने वातावरण तत्काललाई फेरी स्थगित गरिएको खवासले जानकारी दिए। ‘कस्तो अत्यावश्यकीय काम हो, त्यसको बिवरण र अवस्था हेरेर मात्र अब कैदीबन्दीसंग भेटघाट गर्न दिइने नीति तय भएको छ’ खवासले भने। उनले त्यो अवस्थामा पनि भौतिक दूरी कायमसहितका व्यक्तिगत स्वास्थ्य सुरक्षाका सबै उपाय अवलम्बन गरेर मात्र भेटघाट हुने वातावरण मिलाइने उनले जानकारी दिए।
उनले सामान्य अवस्थामा यसै भेटघाट र खबर मात्र बुझ्ने गरिएको तयारी हो भने तत्काल कैदीबन्दीलाई भेट्न नआउन उनीहरुका आफन्तसहितका सरोकारवालालाई आग्रह गरेका छन्। ‘अत्यावश्यक काम बाहेक भेट्ने समय निर्धारण गर्न नसकिने भएकोले अत्यावश्कीय अवस्था बाहेक कैदीबन्दीसंग भेटघाटको मिति तय नगर्न पनि उनले सुझाएका छन्।
डेढ रोपनी क्षेत्रफलमा फैलिएको र २५ जनाको क्षमताको रहेको कारागारमा अहिले १ सय ३६ जना रहेका छन्। १ सय ११ जना कैदी र २५ जना बन्दी रहेको कारागार पुरानो र जीर्ण हुनुका साथै थोरै क्षमताले धेरै जनशक्ति धानिरहेकोले महामारी फैलिए व्यवस्थापन थप असहज हुने कारागार प्रशासनको बुझाई छ।
यो अवस्थामा पूर्व सावधानी अपनाउनुपर्ने भएकोले अत्यावश्कीय बाहेक कैदीबन्दीसंगको भेटघाट कार्य तत्काललाई स्थगित गर्नु परेको जेलर खवासले बताए। अहिले कारागार चलान हुनेहरुलाई समेत कोरोना परीक्षण मात्र पछि मात्र चलान गर्ने गरिएको छ।