जिल्ला प्रशासन कार्यालय दाङमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि प्रशासनले अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरेको छ। जिल्ला प्रशासनमा कार्यरत एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले एक सूचना जारी गर्दै शान्ति सुरक्षा र मुद्धा लगाएतका अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरिएको जानकारी दिएका छन्। बुधबारदेखि अनिश्चितकालका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको प्रजिअ रिजालले जानकारी दिए।