'भारतबाट आएकालाई सिधै घर पठाउँदा समुदायमा कोरोना देखियो'
१६ भदौ २०७७
•
५ मिनेट पाठ
'भारतबाट आएकालाई सिधै घर पठाउँदा समुदायमा कोरोना देखियो'
कैलालीको त्रिनगर र कंचनपुरको गड्डाचौकी नाकाबाट अहिले पनि प्रवेश गरिरहेका नेपालीहरुलाई सिधै घर घर पठाइदैछ। विज्ञहरुले भारतबाट पठाएकालाई सिधै घर घर नपठाउन दिएको सुझाव लागू हुन सकेन। भारतबाट घर फर्केकालाई सिधै घर घर पठाइदा सुदूरपश्चिममा कोरोनाको संक्रमण समुदायमा देखिन थालेको छ।




यसअघि भारत लगायत बाहिरबाट आएका र उनीहरुको सम्पर्कमा आएकालाई मात्र कोरोनाको संक्रमण देखिदै आएकोमा पछिल्ला दिनहरुमा समुदायका कोरोनाको संक्रमण देखा परेको छ। धनगढी उपमहानगरपालिकामा मात्र २ सय ३० जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये ६३ जना ट्राभल हिस्ट्री नभएका संक्रमित रहेको धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायले बताए।  

धनगढीमा ट्राभल हिस्ट्री नभएका एउटै परिवारका ५ जनासम्म संक्रमित भएका छन्। ट्राभल हिस्ट्री नभएका शिक्षक, बैंकका कर्मचारी, प्रहरी, नेपाली सेना, स्वास्थ्यकर्मीहरु, सरसफाईमा संलग्न व्यक्ति तथा सर्वसधारणमा कोरोनाको संक्रमण देखा परेको छ। यसैगरि कैलाली, डोटी, अछाम, बझाङ, बैतडी, डडेल्धुरा लगायतका जिल्लामा ट्राभल हिस्ट्री नभएकाहरुमा धमाधम कोरोनाको संक्रमण देखा परिरहेको छ।

‘समुदायमा कोरोना देखा परिसक्यो, ट्राभल हिस्ट्रि नभएका केशहरु बढ्दै गएका छन्’ सेती प्रादेशिक अस्पताल कोरोना रोग उपचार बिभाग प्रमुख बरिष्ठ फिजिसियन शेरबहादुर कमर भन्छन्,‘भारतबाट आएकालाई सिधै घर घर पठाएकाले समुदायमा संक्रमण गएको देखिन्छ।’ परीक्षण बढाएर समुदायमा रहेका संक्रमितलाई आइसोलेसन गर्नुपर्ने उनी बताउँछन्।

परीक्षणको दायरा व्यापक रुपमा बढाएर संक्रमितहरुलाई आइसोलेसन गर्न सकेमा अझैपनि समुदायमा महामारीको चरणमा प्रवेश गर्नबाट रोक्न सकिने विज्ञहरु बताउँछन्। तर सरकार र सरोकारवालाहरुले त्यस किसिमको तयारी गरेको देखिदैन।

सुदूरपश्चिममा सरकार र सरोकारवाला निकायको चरम लापरवाहीका कारण कोरोनाको संक्रमण समुदायमा पुगेको स्थानीय बताउँछन्। तर अहिले पनि कोरोनाको संक्रमणको जटिलता हुन नदिनमा अपनाउन पर्ने सावधानी, क्वारेन्टिनको व्यवस्थापन, परीक्षणको दायरा वृद्धि, भेन्टिलेटर उपकरण लगायत थप पूर्वाधार जस्ता कुरामा आवश्यकता अनुसार तयारी र काम हुन सकेको देखिदैन।

भारतबाट आएकालाई क्वारेन्टिनमा राखेर जाँच गरेपछि मात्र घर पठाइनु पर्ने विज्ञ तथा वरिष्ठ फिजिसियन डा. शुभेस राज कायस्थ बताउँछन्। ‘धेरै संक्रमण फैलिएको भारतबाट आएकालाई सिधै घर पठाइनु हुँदैन, भारतिय नागरिक समेत आउन दिएर समुदायमा मिसिन दिइराखिएको छ’ उनी भन्छन्,‘यसले समुदायमा कोरोको महामारी फैलिएर ठूलो संकट ल्याउने भएको छ।’

परीक्षणको दयरा बढाएर समुदायमा जनरल रुपमा जाँच गरिनुपर्ने उनी बताउँछन्। ‘अहिले सम्म कोरोना संक्रमण भएको सम्पर्कमा आएकालाई मात्र जाँच गरिएको छ, समुदायमा रहेका व्यक्तिको जनरल रुपमा जाँच गरिनुपर्छ,’ उनी भन्छन्, ‘परीक्षणको दायरा बढाएर समुदायमा कोरोनाको महामारी फैलिन नदिन सरकारले ध्यान सकेको देखिदैन।’ समुदायमा महामारीको रुपमा कोरोना फैलिएमा जटिल लक्षण भएका बिरामीको संख्या र मृत्युदर हवात्तै बढ्ने उनको भनाई छ। जटिल लक्षणको बिरामी बढेमा भयावह अवस्था हुने उल्लेख गर्दे सरकार र सरोकारवालाबाट परीक्षण बढाउने लगायतका गर्नुपर्ने काममा लापरवाही हुन नहुने उनी बताउँछन्।

प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. गुणराज अवस्थीले सुदूरपश्चिममा संकट निम्तिने गरि सरोकारवाला निकायबाट चरम लापरवाही र कमजोरी भैरहेको स्विकारे। भारतबाट फर्केकालाई क्वारेन्टिनमा राख्ने जिम्मा स्थानीय तहको भएको तर्क गर्छन्। तर तीन तहका सरकारको समन्वयको अभावका कारण भारतबाट आएकालाई क्वारेन्टिनमा नराखी घर पठाउने अवस्था बनेको हो।

जनशक्तिको अभावले परीक्षणको दायरा बढ्न सकेन

सुदूरपश्चिममा प्रत्येक दिन भारतबाट औसत रुपमा ३,४ सय प्रवेश गरिरहेका छन्। भारतबाट फर्केकाहरुको परीक्षण गर्ने गरिएको छैन।

समुदायमा मास रुपमा परीक्षण गरिनुपर्ने विज्ञहरुले भनिरहेका वेला यहाँ परीक्षणको दायरा अझै बढाउन सकिएको छैन। संक्रमितहरुको कन्ट्रयाक्ट ट्रेसिङ गरेर सम्पर्कमा आएका सवै व्यक्तिहरुको पनि समयमा परीक्षण हुन सकेको छैन। सुदूरपश्चिममा २ हजार भन्दा बढी नमुना परीक्षण हुन नसकेर थुप्रिएका छन्। एक मेशिनबाट बढाएर ४ वटा मेशिन संचालन भएपनि जनशक्तिको अभावले परीक्षणको दायरा भने बढ्न नसकेको हो। धनगढीमा २, डोटी र डडेल्धुरामा १,१ गरेर ४ मेशिन संचालनमा छन्।  

जनशक्तिको अभावले मेशिनको क्षमता अनुसार परीक्षण हुन नसकेकको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. गुणराज अवस्थी स्विकार्छन्। ४ वटा मेशिनबाट २४ घण्टामा ४ हजार नमुना जाँच गर्न सकिने भएपनि जनशक्तिको अभावमा १ हजार ११ सय मात्र जाँच हुने गरेको उनी बताउँछन्।

चैत १४ गते दुवईबाट फर्केका युवकमा सुदूरपश्चिममा पहिलो संक्रमण देखा परेको थियो। त्यसपछि चैत २२ मा ३ जना र बैशाख १ गते १ गरेर ५ जना संक्रमित निको भएर घर फर्कदा सुदूरपश्चिममा कोरोना संक्रमण नयाँ केस देखा परेको थिएन। जेठको शुरुदेखि सीमा नाकामा प्रवेश शुरु भएपछि भारतबाट नेपालीहरु घर फर्कन थाले। ४० दिनपछि जेठ ९ गते दोश्रो चरणमा नयाँ संक्रमित केस देखा पर्यो।  

निशेधाज्ञामा पनि भारतबाट आउनेलाई स्थानीय तहसँग समन्वय गरेर गाडीमा उनीहरुलाई पठाउने गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर वोहराले बताए। ‘दिनमा २, ३ सय आइरहेका छन, उनीहरुको सवै बिवरण लिएर स्थानीय तहसम्म पठाउने गरेका छौं’उनले भने। सीमा नाकामा प्रवेश खुला गरेसँगै गत जेठबाट भित्रिन थालेकोमा अझै जारी छ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बोहराले कोरानाको संक्रमण ब्रेक गर्न निषेधाज्ञा जारी गरिएको बताएका छन्। परीक्षणको दायरा बढाउने, संक्रमित भएका घरको परिवारका सदस्यको स्वाब संकलन गरेर जाँच गर्ने, पुनः क्वारेन्टिन संचालन गर्ने, आइसोलेसन शुरु गर्ने लगायतका विषयमा छलफल भैरहेको उनले बताए। यसैगरि समुदायमा जनरल जाँच गर्ने विषयमा पनि तयारी भैरहेको उनले बताए।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुुदूरपश्चिममा अहिले सम्म ५ हजार ७ सय ६१ जनामा कोरोनाको संक्रमण देखिएको छ भने १४ जनाको ज्यान गएको छ। यिमध्ये ४ हजार ९ सय २९ जना निको भएर घर फर्किसकेका छन्।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
५५ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस