रुपन्देहीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
१७ भदौ २०७७
•
१ मिनेट पाठ
रुपन्देहीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
बुटवलका एक जना कोरोना संक्रमितको आज (बृधबार)मृत्यु भएको छ। भैरहवास्थित भिम अस्पतालमा उपचारकै क्रममा बुटवल ६ का ५७ वर्षे पुरुषको मृत्यु भएको हो। दुई दिनअघि लुम्बिनी प्रादेशिक अस्पतालबाट रेफर गरेर भिममा पठाइएका ती पुरुषको दिउँसो मृत्यु भएको अस्पतलाका कोरोना फोकल पर्सन डा. सुमित प्रजापतीले बताए।




डा. प्रजापतीका अनुसार संक्रमितलाइ मुटुको रोग थियो। २०६६ सालमा मुटु सम्बन्धी अप्रेशन समेत गरीएको थियो। मुटुको समस्या भएका बिरामीलाइ कोरोनाले पनि आक्रमण गर्दा संक्रमितको अवस्था एकदमै छिटो बिग्रेको डा. प्रजापतीले बताए। ती संक्रमित तरकारी व्यापारी भएको बताइएको छ।  

उनको ट्राभल हिष्ट्रि नभेटिएपनि सब्जी मण्डीको भिडभाड र भारतबाट तरकारी लिएर आउने गाडीका चालक सहचालकबाट सरेको हुन सक्ने बताइएको छ। मृतककी श्रीमतीलाई पनि संक्रमण रहेको र उनको पनि भिममै आइसीयुमै उपचार भइरहेको डा. प्रजापतीले बताए।  

बुधबारै बिहान बुटवलको कोरोना अस्पतालमा उपचारकै क्रममा कपिलबस्तुकी एक ६० वर्षे महिलाको पनि मृत्यु भएको थियो। मंगलबार राती भिम अस्पतालमा उपचारकै क्रममा पश्चिम नवलपरासीकी एक महिलाको पनि मृत्यु भएको थियो।
अर्को समाचार
कोरोना संक्रमणबाट रूपन्देहीमा तीन जनाको मृत्यु
२२ असोज २०७७
•
१ मिनेट पाठ
कोरोना संक्रमणबाट रूपन्देहीमा तीन जनाको मृत्यु
रुपन्देहीमा पछिल्लो २४ घन्टामा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना बिशेष अस्पतालमा २ जना र भैरहवास्थित यूनिभर्सल मेडिकल कलेजमा एक जना गरि तीन संक्रमितको मृत्यु भएको हो।  




बुटवल कोरोना अस्पतालमा बिहीबार थप एक जना संक्रमितको मृत्यु भएको छ। ज्वरो, दम, मधुमेह र प्रेसरका बिरामी गुल्मी स्थायी घर तथा हाल बुटवल ६ का ८० वर्षीय पुरुषको बिहीबार दिउँसो १ बजेर २५ मिनेटमा मृत्यु भएको  हो।  

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार बुधबार कोरोना बिशेष अस्पतालमा कोरोना पुष्टि भएको थियो। श्वासप्रश्वासमा समस्या आएपछि सघन उपचार कक्षमा राखेर वृद्धको उपचार गरिएको थियो।  

कोरोना विशेष अस्पतालमै बुधबार बेलुका बुटवल ६ का ४७ वर्षीय पुरुषको पनि मृत्यु भएको छ। असोज १५ गते कोरोना पोजेटिभ देखिएका पुरुषको स्वास्थ्यमा थप समस्या आएपछि संघन उपचार कक्षमा राखिएको थियो। ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि कोरोना विशेष अस्पतालमा उपचार गरिएको थियो।

लुम्बिनी प्रादेशिक अस्पताल र कोरोना बिशेषमा गरि हालसम्म ३४ जना संक्रमितको मृत्यु भएको सूचना अधिकारी डा. गौतमले बताए। यसैगरि रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडा सदस्यको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचारत सदस्यको मृत्यु भएको हो। उनी इञ्जियिनर समेत हुन्।
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस