कर्णाली प्रदेश सरकारले क्रसर उद्योगको अनुगमनका लागि पहिलो पटक समिति गठन गरेको छ। नदीजन्य पदार्थको अत्याधिक दोहन भएको गुनासो आइरहेका बेला प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो।
अनुमतिविनै नदी, खोला र वन क्षेत्रमा क्रसर राखेर नदीजन्य पदार्थको दोहन भइरहेको गुनासो आएपछि समिति गठन गरिएको संयोजक भण्डारीले जानकारी दिए। समितिले १५ दिनभित्र अनुगन गरेर मुख्यमन्त्रीलाई प्रतिवेदन बुझाउने छ। ‘अनुमतिविनै क्रसर उद्योग सञ्जालनमा रहेका, स्वीकृत मापदण्डबढी नदीजन्य पदार्थहरुको संकलन र बिक्री–वितरण भइरहेको गुनासो आएको छ,’ संयोजक भण्डारीले भने, ‘१५ दिनभित्र अनुगमन गरेर प्रतिवेदन बुझाउँछौं।’
उनले अनुमति नलिएर र उद्देश्य विपरित सञ्चालित क्रसर उद्योग तत्कालै बन्द गरिने बताए। मन्त्री भण्डारीको संयोजकत्वमा रहेको समितिमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव र प्रदेशका प्रहरी प्रमुख सदस्य छन्। समितिको सदस्य–सचिवका रुपमा वन तथा वातावरण निर्देशनालयका निर्देशक छन्।
समितिका अध्यक्ष भण्डारीले आइतबारभित्र पहिलो बैठक बसेर अनुगमनको काम सुरु गर्ने बताए। समितिलाई पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिवेदन बुझाउने म्याद दिइएको छ।