तास खेलिरहेको अवस्थामा १२ जुवाडे पक्राउ
१८ भदौ २०७७
•
२ मिनेट पाठ
तास खेलिरहेको अवस्थामा १२ जुवाडे पक्राउ
मोरङको कानेपोखरीबाट प्रहरीले बुधबार साँझ तास खेलिरहेका १२ जना जुवाडेलाई पक्राउ गरेको छ।  




कानेपोखरी गाउँपालिका–७ स्थित चालिस बिघेमा तास खेलिरहेको १२ जनालाई पक्राउ गर्नुका साथै २ लाख ८९ हजार ५ सय ३१ रुपैयाँ, तास चार बुक र मोबाइल बरामद गरेको प्रहरीले जनाएको छ।  

प्रहरीका अनुसार झापा, मोरङ र सुनसरीमा व्यापार, व्यवसायीमा संलग्न भएकाहरू भेला भई कानेपोखरीमा तास खेलिरहेको थाहा पाएर इलाका प्रहरी कार्यालय पथरीका डिएसपी दीलिप गिरीको नेतृत्वको टोलीले बुधबार साँझ खालमा छापा हानेको जनाएको छ।  

कनेपोखरी–७ का चाम्लिङ क्षेत्री भनिने किशोर लुइँटेलको घरमा विभिन्न सहरका ‘व्यापारीहरू जम्मा भएर तास खेलिरहेको गोप्य सूचना पाएपछि प्रहरीले छापा हान्दा १२ जना पक्राउ पर्नुका साथै खालबाट रकमसमेत बरामद भएको छ,’ मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले भने, ‘पक्राउ परेकाहरू विर्तामोड, धरान, इटहरीलगायतका स्थानमा कवाडी, ग्रील, पेन्टिङ र कपडाको होलसेल व्यापारी हुन्।’  

‘सबैलाई झुक्याउने उद्देश्यले उनीहरूले आफ्नो सवारीसाधन कानेपोखरी बजारमै छाडेर तीन/चार किलोमिटर तल एकान्त ठाउँको एक घरमा तास खेल्न जाने गरेका रहेछन्,’ एसपी खड्काले भने, ‘तास खेलाउने घरधनी लुइँटेल फरार भएकाले खोजी भइरहेको छ।’ पक्राउ परेकाहरू स्थान परिवर्तन गरी तास खेल्ने गरेको र प्रहरी आएको थाहा पाएर केही भागेकाले लिएर गएका कारण रकम भने करिब तीन लाख मात्रै नियन्त्रणमा लिन सकिएको प्रहरीले जनाएको छ। चार/पाँच दिनदेखि नियमित रूपमा लुइँटेलको घरमा तासको खाल सञ्चालन भएको थियो।  

मोरङको बेलबारी–१ का ३६ वर्षीय विमल गुरुङ, बेलबारी–३ का ३७ वर्षीय कृष्ण लिम्बू, बेलबारी–११ का २८ वर्षीय श्याम लिम्बू, ५२ वर्र्षीय चन्द्र लिम्बू, लेटाङ–५ का ३१ वर्षीय समिर तामाङ पक्राउ परेका छन्। त्यस्तै झापाको विर्तामोड–३ का ३२ वर्षीय लक्ष्मीकुमार तामाङ, विर्तामोड–५ का २७ वर्षीय सञ्जीव घतानी, हल्दीबारी–५ का ३६ वर्षीय ताराकुमार जोगी, बुद्धशान्ति–४ का ३८ वर्षीय मनिष लिम्बू, सुनसरीको धरान–१६ का ३९ वर्षीय रूपजंग लिम्बू, धरान–३ का २९ वर्षीय किरण उदास र इटहरी–२० का राजन पौडेललाई प्रहरीले पक्राउ गरेको छ।  

इलाका प्रहरी कार्यालय पथरीले पक्राउ परेकाहरू विरुद्ध जुवा ऐनअन्तर्गत मुद्दा चलाउन बिहीबार म्याद थप गरेर थप अनुसन्धान अघि बढाएको जनाएको छ। 
अर्को समाचार
१३ जुवाडे पक्राउ, ८७ हजार बढी बरामद
०१ मंसिर २०८३
•
१ मिनेट पाठ
१३ जुवाडे पक्राउ, ८७ हजार बढी बरामद
काठमाडौं र कैलालीमा जुवातास खेलिरहेको अवस्थामा सोमबार १३ जना पक्राउ परेका छन्।प्रहरीले उनीहरूको साथबाट कुल ८७ हजार १ सय २० रुपैयाँ नगद र ४ बुक तास बरामद गरेको छ।




काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-१० कपन मिलनचोकबाट सोमबार दिउँसो सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-४ घर भई हाल सोही ठाउँ बस्ने ४३ वर्षीय दिनेश राउतसमेत ७ जना पक्राउ परेका छन्।

प्रहरी प्रभाग कपनबाट खटिएको टोलीले उनीहरूलाई नगद २९ हजार २ सय रुपैयाँ र ३ बुक ताससहित नियन्त्रणमा लिएको हो।

त्यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका-७ जोखरतालस्थित उमेश चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा उमेशसमेत ६ जना सोमबार साँझ पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद ५७ हजार ९ सय २० रुपैयाँ र १ बुक तास बरामद गरेको छ। दुवै घटनामा पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४८ सेकेन्ड अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस